$type=ticker$count=12$cols=4$cate=0

देवसेनासपति–कात्र्तिकेय–३

SHARE:

- उमाशङ्कर द्विवेदी
    ऋषिहरूले स्कन्दसित भने– देवश्रेष्ठ, तपार्ईंंको कल्याण होस्, तपार्ईंंले सम्पूर्ण लोकको म·ल गर्नुहोस् । तपाईं जन्मेको अहिले छ रात्रि बितेको छ, तैपनि तपाईंले सम्पूर्ण लोकलाई आफ्नो वशमा पारिसक्नुभएको छ तथा तपाईंले नै यिनीहरूलाई अभयदान पनि दिइसक्नु भएको छ । अत: अब तपाईंले नै इन्द्र बनेर तीनै लोकलाई अभय दिनुहोस् । कात्र्तिकेयजीले सोधे–मुनिगण, इन्द्रले त्रिलोकको के काम गर्दछन् तथा कसरी देउताहरूको रक्षा गर्दछन् ? ऋषिहरूले भने–इन्द्रले समस्त प्रणीलाई बल, तेज, प्रज्ञा तथा सुख प्रदान गर्दछन् तथा प्रसन्न भएमा सम्पूर्ण इच्छा पूर्ण गरिदिन्छन् । उनी दुराचारीहरूको नाश तथा सदाचारीहरूको रक्षा गर्दछन् । प्राणीहरूको प्रत्येक कामको अनुशासन निर्धारण गर्दछन् । सूर्यको अभाव भएमा उनी नै सूर्य, चन्द्रमाको अभाव भएमा उनी नै चन्द्र बनिदिन्छन् । यस्तै प्रकारले उनी नै भिन्नभिन्न कारणले अग्नि, वायु, पृथ्वी र जल बन्दछन् । इन्द्रले यस्ता कामहरू गरिरहनुपर्दछ, किनकि इन्द्रमा धेरै बल हुन्छ । वीरवर १ तपाईंमा पनि धेरै बल छ, त्यसैले तपाईं नै हाम्रो इन्द्र बन्नुहोस् । इन्द्रले पनि भने–महाबाहो १ तपाईं इन्द्र बनेर हामीहरूलाइ सुखी पार्नुहोस् । तपाईं वास्तवमा यस योग्य हुनुहुन्छ, त्यसैले आज नै तपाईं इन्द्रपदमा आफ्नो अभिषेक गराउनुहोस् । कात्र्तिकेयजीले भने–शक्र, तपाई नै निश्चिन्त भएर त्रिलोकीको शासन चलाउनुहोस् । म तपाईंको सेवक हुँ, मलाई इन्द्रपदको चाहना छैन । इन्द्रले भने–वीर, तपाईंको बल अद्भूत छ । तपाईंको पराक्रमले चकित भएका प्राणीहरू मलाई हेयदृष्टिले हेर्नेछन् । यति मात्र होइन, उनीहरूले हामीबीच भेद पनि गराउने छन् । यस प्रकार हामीबीच मतभेद उत्पन्न हुने हुँदा परस्पर युद्ध पनि हुन सक्दछ, जसमा निस्सन्देह विजय तपाईंको नै हुनेछ । त्यसै कारण तपाईं इन्द्र बन्नुहोस्, यस विषयमा कुनै प्रकारको सोच–विचार नगर्नुहोस् । कात्र्तिकेयजीले भने–शक्र, तपाईं नै यस त्रिलोक र मेरो पनि राजा हुनुहुन्छ, म तपाईंको आज्ञा पालन गर्न सदैव तयार रहनेछु । इन्द्रले भने–त्यसो हो भने ठीक छ, तपाईंले भने बमोजिम इन्द्रपदमा म नै रहिरहनेछु, तर साँच्चिकै तपाई मेरो आज्ञा मान्न तत्पर हुनुहुन्छ भने देवसेनापतिको पदमा आफ्नो अभिषेक गराउनुहोस् । कात्र्तिकेयजीले भने–बेस, दानवहरूको विनाश, देउताहरूको अर्थसिद्धि तथा गाई र ब्राह्मणहरूको हितको लागि तपाईंले देवसेनापति पदमा मेरो अभिषेक खुशीपूर्वक गराउनुहोस् ।
    कात्र्तिकेयजीको यस प्रकारको कुरा सुनेर इन्द्रले समस्त देउताहरूको उपस्थितिमा उनलाई देउताहरूको सेनापति नियुक्त गरे । त्यस बेला महर्षिहरूबाट पुजित भएर उनी बडो सुशोभित भए ।उनको टाउकोमा सुनको श्रीपेंच लगाइयो । यतिकैमा त्यहाँ पार्वतीजीका साथ महादेव पाल्नुभयो । महादेवले विश्वकर्माले बनाएको एउटा माला उनको गलामा पहिराइदिनुभयो । अग्निदेवले उनलाई एउटा भाले कुखुरा दिए, जसको कालाग्नि समान रातो र·को ध्वजा उनको रथमाथि फर्रफराइ रहन्छ । समस्त प्राणीहरूको चेष्टा, प्रभा, शान्ति र बल तथा देउताहरूको विजय बढाउने शक्ति स्वयं उनका अगाडि उपस्थित भइन् । उनको शरीरमा जन्मको बेला उत्पन्न कवच प्रवेश गर्‍यो । त्यो कवच युद्धको बेला स्वयं प्रकट हुँदछ । शक्ति, धर्म, बल, तेज, कान्ति, सत्य, उन्नति, ब्रह्मण्यता, असम्मोह,भक्तहरूको रक्षा, शत्रुहरूको संहार र लोकको रक्षा गर्ने आदि गुणहरू कात्र्तिकेयजीमा जन्मजात नै छ । यस प्रकार देवगणले उनलाई आफ्नो सेनापति बनाए ।
    यसपश्चात् कात्र्तिकेयजीको सामु सहस्रौंं देवसेना उपस्थित भएर ‘तपाईं हाम्रो पति हुनुहुन्छ’ भन्न थाले । उनीहरूको यस प्रकारको आग्रह सुनेर काक्र्तिकेयजीले ती जम्मैलाई स्वीकार गरे तथा उनीहरूबाट सम्मानित भएर सान्त्वना दिए । त्यस अवसरमा इन्द्रलाई केशी दैत्यबाट छुटाइएकी देवसेनाको स्मरण भएर आयो र उनी सोच्न थाले–यसमा सन्देह छैन यिनैलाई ब्रह्माजीले देवसेनाको पति नियत गर्नुभएको थियो । अत: उनले वस्त्रालड्ढारले सुसज्जित पारी देवसेनालाइ कात्र्तिकेय समक्ष ल्याएर भने–देवश्रेष्ठ, ब्रह्माजीले तपाईंको जन्मभन्दा पहिले नै यिनलाई तपाईंकी पत्नि निश्चित गरिदिनुभएको हो, त्यसैले तपाईंले विधिवत् मन्त्रोच्चारपूर्वक यिनको पाणीग्रहण गर्नुहोस् । इन्द्रको यस प्रकारको आग्रह सुनेर कात्र्तिकेयजीले विधिपूर्वक पाणीग्रहण गरे । त्यस बेला मन्त्रवेत्ता बृहस्पतिजीले मन्त्रोच्चारण र हवनादि गरे । यस प्रकार देवसेना कात्र्तिकेयजीकी पटरानी भएर प्रसिद्ध भइन् । उनलाई नै ब्राह्मणहरूले षष्ठी (भोजपुरी र हिन्दी भाषामा छठ वा छठी माता जसको कार्तिक शुक्ल षष्ठी तिथिको दिन धुमधामसित व्रत, पूजन, अर्चन हुने गर्दछ), लक्ष्मी, आशा, सुखप्रदा, सिनीदेवी, कुहू, सद्वृत्ति र अपराजिता पनि भन्ने गर्दछन् ।
    यसपश्चात् कात्र्तिकेयजीलाई श्रीसम्पन्न र देउताहरूको सेनापति भएको देखेर सप्तर्षिहरूकी छवटी पत्निहरू आए । उनीहरू धर्मयुक्ता र व्रतशीला थिए तापनि उनीहरूका ऋषिपतिहरूले उनीहरूलाई त्यागी दिएका थिए । उनीहरूले देवसेनाका पति स्वामी कात्र्तिकेयसित भने–बाबू, हाम्रा देवतुल्य पतिहरूले हामीहरूलाई अकारण त्यागी दिएका छन् जसका कारण हामीहरू पुण्यलोकबाट च्युत भएका छौं । उनीहरूलाई कसैले भ्रमित पारी दिएको छ कि तिमी हाम्रो कोखबाट जन्मेका हौ । अत: हाम्रो सही कुरा सुनेर तिमीले हाम्रो रक्षा गर । तिम्रो कृपाले हामीलाई अक्षय स्वर्गको प्राप्ति हुन सक्दछ । यसबाहेक हामी तिमीलाई आफ्नो पुत्र पनि बनाउन चाहन्छौं, बाबू १ उनीहरूको करुणाद्र बिन्ती सुनेर कात्र्तिकेयजीले भने–निर्दोष देवीहरू १ तपाईंहरू मेरी माता हुनुहुन्छ र म तपाईंहरूको पुत्र हुँ । यसबाहेक तपाईंहरूको यदि अन्य पनि कुनै इच्छा रहेछ भने त्यो पनि पूर्ण हुनेछ ।
    कात्र्तिकेयजीले आफ्नी आमाहरूको यस प्रकारको प्रिय काम गरेपछि अनि आफ्नी साख्खे आमा स्वाहा पनि उपस्थित भएर कात्र्तिकेयसित भनिन्–बाबू, छोरा, तिमी मेरा औरस पुत्र हौ । म चाहन्छु तिमी मेरो एउटा अत्यन्त दुर्लभ र प्रिय काम गर । कात्र्तिकेयले सोधे– माता, तपाईंहरूको कुरा सुनेर म त सार्‍है अल्मलिएँ, तपाईंको के इच्छा छ ? मैले आफ्नो सामथ्र्य अनुसार अवश्य पूरा गर्नेछु । स्वाहाले भनिन्–बाबू, म दक्ष प्रजापतिकी अत्यन्त लाडे छोरी हुँ । केटाकेटीदेखि नै म अग्निदेवमाथि अनुरक्त थिएँ तर अग्निदेवले मेरो माया बुझेनन्, म अझै पनि निरंतर उनकै साथ रहन चाहन्छु । स्वामी कात्र्तिकेयले भने–माता, अब आइन्दा यज्ञकत्र्ता ब्राह्मणहरूले हव्य–कव्यादि मन्त्रशुद्ध पदार्थहरू ‘स्वाहा’ शब्दको उच्चारण गरेर नै हवन गरेमा मात्र यज्ञको सफलता हुनेछ र यस प्रकार अग्निदेव सदैव तपाईंको सानिध्य हव्य–कव्य भुक्त गर्नुहुनेछ र तपाईंको साथमा रहनुहुनेछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : देवसेनासपति–कात्र्तिकेय–३
देवसेनासपति–कात्र्तिकेय–३
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/09/blog-post_185.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/09/blog-post_185.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy