$type=ticker$count=12$cols=4$cate=0

यश र लाभ दुवै कसरी प्राप्त गर्ने

SHARE:

    आफ्नो जिम्मारहेको कामलाई समग्र तत्परता एवं तन्मयताका साथ गर्नु यस्तो विधि हो, जसबाट काममा रस प्राप्त हुन थाल्दछ । झर्को र थकाइ नजिक आउनै सक्दैन । कार्य प्रतिष्ठाको प्रश्न बन्न पुग्दछ । त्यसलाई कर्मयोगको साधना ठानेर निष्ठापूर्वक गर्ने मनोयोग प्राप्त हुन्छ । यस्तो स्वभावले काम राम्ररी हुन थाल्दछस छिटो पनि हुन्छ, राम्रो पनि र उत्तम पनि । तन्मयता जोडिंदा काम मात्र परिश्रम रहँदैन त्यो एक प्रकारको कलाकृति बन्न पुग्छ ।  यस्तो कलाकृति जसको मूल्याड्ढन पनि हुन्छ र सम्मान पनि । कुनै पनि प्रामाणिकताको सुनिश्चित चिह्न के हो भने उसले आफ्नो कामलाई कति महत्त्वपूर्ण ठान्यो र कति उत्तरदायित्वपूर्ण ढ·ले त्यसको निर्वाह गर्‍यो ? कर्तृत्वले नै व्यक्तिको व्यक्तित्वलाई संरक्षण दिन्छ र यशस्वी बनाउँछ ।
    आउँदो दिनमा के गर्ने ? कुन दिशामा जाने ? यसको निर्णय विचारपूर्वक गर्नुपर्दछ, जसमा इमानदारीको  गहिरो छाप होस् । यसो त आफ्नो हितसाधनका लागि मानिसहरू विभिन्न काम गर्दछन् । परिस्थिति अनुसार जुन साधन अगाडि छ, तिनैमध्ये कुनैलाई छान्नुपर्छ, तर के हेर्नुपर्छ भने त्यो काम गर्दा इमानदारीको निर्वाह हुन सक्छ कि सक्दैन । त्यसबाट लोकहितमा बाधा त पुग्दैन ? सुनलाई आगोमा गलाएर अनि कसीमा घोटेर मात्र त्यसको शुद्धता प्रामाणिक हुन्छ र बजारमा त्यसले उचित मूल्य पाउँछ । कुनै काममा हात हाल्नुपूर्व जाँच गर्नुपर्दछ कि त्यसको पूर्णताका लागि कुनै बेइमानी त गर्नुपर्दैन ? र त्यस कामको परिणाम यस्तो त हुँदैन जसले समाजमा दुष्प्रवृत्ति बढोस् ।
    रक्सी–व्यवसाय यस्तै हो । यस व्यवसायमा संलग्न व्यक्तिले आफ्नो उन्नतिका लागि भलै समुचित प्रयत्न गरेको छ, तर त्यस उत्पादनबाट समाजको अहित नै हुन्छ । यस्तो काम रोज्नुपूर्व के सोच्नुपर्दछ भने त्यसले लोकहितमा कुनै बाधा त उत्पन्न हुँदैन । आफ्नो भलाई अथवा कमाईका लागि पाइला सार्दा के विचार पुर्‍याउनु आवश्यक छ भने त्यसबाट अरूलाई कुमार्गमा लाग्ने प्रेरणा त प्राप्त हुँदैन । इमानदारीको व्यवसाय  रोज्ने मानिसहरू प्राय: सज्जन मानिन्छन् । काम हेरेर नै मानिसको स्वरूप, चरित्र र दृष्टिकोण बुझ्न सकिन्छ । उपयोगी काम रोज्ने सन्दर्भमा आजीविका त्यति तडक–भडकपूर्ण नहोस्, जस्तो चालबाज, धूर्तहरूले गर्दछन् तर पनि यति निश्चित के छ भने इमानदारीपूर्ण थोरै आजीविकाले पनि आवश्यक कामहरू राम्ररी सम्पन्न गर्न सकिन्छ । उसलाई कुनै कुराको खाँचो महसुस हुँदैन ।
    जसले विचारपूर्वक कमाई गर्दछ, उसले विवेकपूर्वक खर्च पनि गर्दछ । जहाँ अनीतिको कमाई बढ्छ, त्यहाँ खर्चिलो बानी पनि स्वभावत: उत्पन्न हुन्छ । अनीतिपूर्वक कमाएको धन दुव्र्यसनमा खर्च हुन्छ । विलासिता, आत्मश्लाघामा त्यो कमाई अनायास बगिरहेको हुन्छ, जुन अनीतिपूर्वक कमाइएको हुन्छ । इमानदार व्यक्तिले जहाँ कमाउनका लागि न्यायोचित माध्यम अँगाल्छ, आफ्नो उपार्जनको अपव्यय नहोस् भन्ने कुराको पनि हेक्का राख्छ । बजट बनाएर नितान्त आवश्यक कार्यमा पैसा खर्च गर्नु स्थूल दृष्टिमा कृपणता अथवा दरिद्रता देखिन्छ मात्र, वस्तुत: त्यस्तो हुँदैन । विज्ञजनको दृष्टिमा व्यक्तिको जाँच उसको कमाई र खर्च गर्ने ढ· हेरेर मात्र ठम्याउनु उपयुक्त हुन्छ ।
    प्रामाणिक व्यक्ति आफ्नो लागि कामको चुनाव गर्नुपूर्व के कुरामा विचार पुर्‍याउँछन् भने त्यो घरीघरी परिवर्तन गरिरहनु त पर्दैन ? चञ्चल–चित्त व्यक्तिले कुनै पनि कामलाई महत्त्व दिंदैन । आज यो र भोलि त्यो गरिरहन्छ । यस्तो अवस्थामा प्रवीणता बढ्न सक्दैन । एउटा काम थाल्यो–छाडयो, अर्को सुरु गर्‍योस यस प्रवृत्तिले अनेक विषयको सामान्य जानकारी मात्र पाइन्छ, विशेषज्ञता प्राप्त हुन सक्दैन । सम्मान त जहिले पनि विशेषज्ञहरूको नै हुन्छ । समाजलाई सधैं विशेषज्ञको आवश्यकता हुन्छ । अनेक विषयमा सामान्य जानकारी राख्ने व्यक्ति कुनै पनि काममा पार·त हुन सक्दैन । फलत: उसलाई अभीष्ट श्रेय–सम्मान पनि प्राप्त हुन सक्दैन । चञ्चल–चित्त व्यक्ति न आफ्नो लागि कुनै गतिलो कार्य–लक्ष्य निर्धारित गर्न सक्छ  न त्यसमा तत्परतापूर्वक तल्लीन हुन सक्छ । फलत: आफ्नो काममा अकुशल भएको हुँदा सफलताको शिखरमा पुग्न सक्दैन । जबकि सामान्य काम गर्ने मालीजस्ता व्यक्तिहरू उद्यानलाई कलात्मक ढ·ले विकसित पार्छन् । राम्रो फसल उत्पादन गर्छन्, राम्रो तनखा पाउँछन् र लाभ उठाउँछन् ।
    कुनै काममा हात हाल्नुपूर्व त्यसको गुण–दोषबारे राम्ररी विचार गर्नुपर्छ । समय र क्षेत्रमा त्यस कार्यलाई सम्मान प्राप्त छ वा छैन ? लाभांश निर्वाहयोग्य हुन्छ कि हुँदैन ? यी सबै उँच–नीचबारे पहिले नै विचार पुर्‍याउनुपर्छ । हितैषी–विशेषज्ञहरूसँग परामर्श गर्नु उचित हुन्छ । परिभ्रमण गरेर वस्तुस्थिति बुझ्नुपर्छ ।  यसमा केही श्रम र समय खर्च त हुन्छ तर पछि पछुताउनुपर्दैन, जबकि उत्ताउला र अदूरदर्शी व्यक्तिहरू प्राय: यस्तै गर्दछन् ।
    व्यवसायमा आफ्नो लाभ प्रधान हुन्छ, तर त्यो त्यति मात्र हुनुपर्दछ कि  आफ्नो उत्पादन बजारअनुसार महँगो पनि नहोस् र कमसल पनि नहोस् । कमसल अथवा सस्तो चीज कसैगरी ग्राहकलाई बिक्री त गर्न सकिन्छ, तर खरिद गरेपछि ग्राहक पछुताउँछ र भविष्यमा त्यस बिक्रेतासँग व्यवहार गर्न रुचाउँदैन । उसले कि महँगोमा बेच्छ कि घटिया मालको आपूर्ति गर्छ ।
यसरी तत्काल केही धेरै नाफा कमाउने चक्करमा उसले एउटा ग्राहक गुमाउँछ । ग्राहक असन्तुष्ट भयो भने उसले अरूसँग पनि बिक्रेताको बदनामी गर्छ । विश्वास गुमाइसकेपछि बिक्रेताले त्यो व्यवसायबाट एक न एक दिन हात धुनै पर्छ । नितान्त नयाँ ग्राहक त मेला अथवा धर्मशालामा मात्र आउँछन्, अन्यथा स्थिर व्यापारीलाई त स्थिर ग्राहकमाथि नै निर्भर रहनुपर्छ । यस्तो सुयोग स्थापित हुन सक्यो भने धेरै ग्राहकबाट थोरै नाफा लिएर उसले स्थायीरूपमा व्यवसाय जमाउन सक्छ  र  आजीविका पनि स्थायी भई उन्नतिको ढोका उघ्रँदै जान्छ ।
    व्यवसाय होस् वा मजदुरी सबै कार्यमा इमानदारी र सज्जनता देखियो भने सम्बन्धित व्यक्तिको मन जित्न सकिन्छ । जुन मजदुरले परिश्रम, वफादारी तथा जिम्मेवारीका साथ काम गर्दछ, उसले घरी–घरी मालिक परिवर्तन गर्नुपर्दैन । इमानदार र वफादार कर्मचारी मालिकको दाहिने–देब्रे हातजस्ता हुन्छन् । उनीहरू यस वा उस बहानामा उचित पारिश्रमिक पनि पाइहाल्छन् ।
    छिटो र धेरै कमाउने लालसामा मानिसहरू अति मुनाफोरी गर्न थाल्छन् ।  यसका लागि उनीहरूले घटिया, नकली, कम तौलको सामान बिक्री गर्नुपर्छ । कुरा फुस्कियो भने ग्राहकले त्यस पसलको बाटो नै बिर्सन्छ । यो कार्य भनेको सधैं एउटा सुनको अन्डा दिने कुखुराको पेट चिरेर सबै अन्डा एकैपटक पाउने मूर्खतापूर्ण चेष्टाजस्तै हो । यस्तो लोभबाट जोगिएर जसले दूरदर्शितापूर्वक आफ्नो व्यवसायको चुनाव गर्छ, इमानदारी र तन्मयता समावेश गर्छ, उसले थोरै–थोरै गरेर पनि अन्तमा राम्रो नाफा कमाउँछ । बिक्रेताले आफ्नो स्वार्थजस्तै ग्राहकको स्वार्थलाई पनि ठान्यो भने यश पनि पाइन्छ र लाभ पनि ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : यश र लाभ दुवै कसरी प्राप्त गर्ने
यश र लाभ दुवै कसरी प्राप्त गर्ने
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/08/blog-post_935.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/08/blog-post_935.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy