प्रस, वीरगंज, ११ भदौ/
लामो समयदेखि चल्दै आएको नारायणी उपक्षेत्रीय अस्पतालको विवाद आज सुल्झिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्सामा आज कर्मचारी युनियन, अस्पताल विकास समितिबीच ९ बुँदे सहमति भएपछि विवाद साम्य भएको हो । १३ बुँदे माग राखेर अस्पताल विकास समिति कर्मचारी युनियनले दुई सातादेखि जारी राखेको आन्दोलन आज प्रहरी हस्तक्षेपपछि वार्ताद्वारा सहमतिमा टु·िएको हो । कर्मचारी युनियनले आज आन्दोलन गर्दै माग पूरा गर्न दबाब दिंदा अस्पतालका मेसु र अर्को कर्मचारी पक्षसँग विवाद भएको थियो । प्रहरीले विवादित तीनै पक्षलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा वार्ता गराएको थियो ।
वार्तामा ९ बुँदे सहमति भएको मेसु डा. रामशड्ढर ठाकुरले बताए । करारमा रहेका कर्मचारीहरूको म्याद सकिएपछि प्रतिस्पर्धाबाट छनोट गर्ने, स्थायी कर्मचारीहरूलाई तालिम प्रदान गर्ने, दरबन्दी कायम गर्नको लागि मन्त्रालयमा पत्राचार गर्ने, अनुदान कोषमा आम्दानी बढे अनुसार रकम जम्मा गर्ने, आर्थिक ऐन अनुसार सामान खरिद गर्ने, साना दर्जाका कर्मचारीको तलब वृद्धिमा आयव्ययले धान्ने गरी वृद्धि गर्ने, कर्मचारीहरूको तलबबाट कट्टा गरी जीवन बिमा गर्ने र अस्पतालमा खटेका सुरक्षाकर्मीहरूलाई दैनिक रु ५० खाजा भत्ता दिने निर्णय गरेको हो ।
निर्णयमा कामु प्रजिअ योगराज पाण्डे, निमित्त स्थानीय विकास अधिकारी, श्यामसुन्दर मिश्रा, मेसु डा. रामशड्ढर ठाकुर, डा. रवीन्द्र ठाकुर, डा. सुरेन्द्र चौधरी, डा. चित्तरञ्जन साह, डा. मनोज गुप्ता, डा. नीरज सिंह, कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसादलगायतको उपस्थिति थियो ।