प्रस, वीरगंज, १३ भदौ/
वीरगंजको घडीअर्वा पोखरीको मुख्य गेटअगाडि आजदेखि गणेश महोत्सव शुरू भएको छ ।
जय गणेश झड्ढार मण्डलले आयोजना गरेको गणेश चतुर्थी महोत्सवमा भगवान् गणेशको लागि २ सय ५१ किलोको लड्डु बनाइएको छ । भव्य पण्डालमा करिब १५ फिट अग्लो मूर्ति तल राखिएको दुई सय ५१ किलोको लड्डु श्रद्धालु भक्तजनहरूका लागि आकर्षणको केन्द्र बनेको छ ।
आजदेखि शुरू भएको महोत्सव पाँच दिनसम्म चल्ने आयोजक जय गणेश झड्ढार मण्डलका अध्यक्ष मदनप्रसाद कलवारले बताए ।
प्रस, परवानीपुर/
परवानीपुरमा गणेश चतुर्थी महोत्सव शुरू भएको छ । गणेश पूजा समिति लिपनी–परवानीपुरद्वारा आयोजित महोत्सव ५ दिनसम्म चल्नेछ । प्रत्येक वर्षझैं यसपालि पनि परवानीपुर बजारमा भव्य पण्डाल निर्माण गरी भगवान् गणेशको मूर्ति स्थापित गरी पूजा आराधना शुरू गरिएको आयोजक समितिले जनाएको छ ।
यसैबीच आज जलयात्रा सम्पन्न भएको छ । बाजागाजाका साथ निस्केको महिलाहरू सम्मिलित र्याली ताजपुरस्थित श्रीसिया खोलाको ड्यामबाट जल भरेर पुन: पूजास्थलमा आएर सम्पन्न भएको थियो । जलयात्रामा लिपनी, परवानीपुर, ताजपुर, चैनपुर, रामपुर मुसहरी, कोइरिया टोलालगायतका करिब ५ सयजना श्रद्धालु महिला तथा युवतीहरूको सहभागिता थियो ।
त्यस्तै गण्डक बहुअरी चोकमा पनि गणेश चतुर्थी महोत्सव मनाउन समितिले जलयात्रा सम्पन्न गरेको छ।
श्री गणेश जन्मोत्सव शोभायात्रा
प्रस, जीतपुर/
सिद्धिविनायक पूजा समिति जीतपुरले शिवपार्वती पुत्र भगवान् गणेशको जन्मोत्सवको रूपमा आजदेखि ५ दिने गणेश महोत्सवको शुरू गरेको छ । महोत्सवको पहिलो दिन आज भव्य
शोभायात्रा निकालेर जीतपुर बजारपरिक्रमा गरिएको छ ।
शोभायात्रामा हात्ती, घोडा, बाजागाजासहित स्थानीय व्यवसायी, बासिन्दा, सशस्त्र प्रहरी, जनपद प्रहरीहरू सहभागी थिए ।
बजारपरिक्रमापछि यात्रा पूजास्थलमा पुगेर पूजापाठ शुरू गरिएको पूजा समितिका अध्यक्ष शिवजी साह सोनारले बताए ।
आजको दिन विभिन्न ठाउँमा रहेका गणेश मन्दिरसहित बजार बस्तीमा गणेशको विशेष पूजाअर्चना गरिन्छ भने आजकै रात नेवार समुदायले चन्द्रमालाई “चथा द्य” (चोर देवता)का रूपमा पूजा गर्ने चलन रहेको जीतपुरका नेवार समुदायका व्यक्तिले बताए ।
आजको रात चन्द्रमालाई हेरेमा चोरीको मिथ्या दोष लाग्छ भन्ने भनाइ रहेको स्थानीय बासिन्दाहरूले बताए ।