- विश्वराज अधिकारी
आर्थिक समृद्धिलाई हामी केवल धन सम्पत्तिसँग मात्र जोडेर हेर्छौं । तर आर्थिक समृद्धिको आधार धन–सम्पत्ति मात्र होइन । धन सम्पत्तिलाई मात्र आर्थिक समृद्धिको आधार मान्ने हो भने हामी परम्परागत मान्यताको पछाडि लागेको ठहर्ने छौं । हाम्रो विश्लेषण सतही हुनेछ । तर यसको अर्थ यो होइन कि धन सम्पत्तिको कुनै अर्थ छैन । धन–सम्पत्तिको आर्थिक समृद्धिसँग गहिरो सम्बन्ध छ तर केही हदसम्म मात्र ।
धन–सम्पत्तिले व्यक्ति र समाजलाई आर्थिक समृद्धि प्रदान गर्दछ, यो सत्य हो, तर यो सतहमा देखिने सत्य वा तत्त्व मात्र हो । सतहमुनि पनि यस्ता धेरै तत्त्वहरू छन्, जसले व्यक्ति र समाजलाई आर्थिकरूपमा समृद्ध पार्न ठोस योगदान पुर्याएको हुन्छ । ती तत्त्वहरूको सम्बन्ध धन–सम्पत्तिसँग हुँदैन तर यी तत्त्वहरूले व्यक्ति एवं परिवारलाई धनी वा गरिब बनाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । धन सम्पत्तिको सट्टा यी तत्त्वहरूको सम्बन्ध भावना, विचार, प्रथा, चलन आदि कुरासँग हुन्छ । व्यक्ति एवं परिवारलाई आर्थिकरूपमा समृद्ध वा गरिब पार्ने तर सतह मुनि रहेर कार्य गर्ने त्यस्ता तत्त्वहरूमध्ये एउटा तत्त्व हो जातिप्रथा । समाजमा बलियोगरी जरो गाडेको जातिप्रथाले व्यक्ति एवं परिवारलाई आर्थिकरूपमा सक्षम हुन बाधा पुर्याउने मात्र होइन, गरिब बनाउनसमेत महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।
व्यवहारमा त्यो समाजले द्रुततर गतिमा आर्थिक प्रगति हासिल गरेको देखिएको छ, जुन समाज जातिविहीन छ । युरोपेली समाज जातिको आधारमा विभाजित छैन, त्यसैले तुलनात्मकरूपमा एसियाली राष्ट्रहरूभन्दा बढी आर्थिक समृद्धि हासिल गरेको छ । एसियाली राष्ट्रहरू र मुख्यगरी नेपाल र भारत, जातिको आधारमा अनेक चिरामा विभाजित भएको हुनाले आर्थिक विकासको गति यी मुलुकहरूमा तुलनात्मकरूपमा तीव्र हुन सकेको छैन, ज्यादै सुस्त छ । नेपाल, भारतमा समाज जातिको आधारमा यति नराम्ररी विभाजित छ कि तथाकथित ठूलो जातिको मान्छेले तथाकथित सानो जातिको मान्छेको हातको पानीसम्म खाँदैन । सानो जातले छोएको खण्डमा खानेकुरा अपवित्र हुन्छ भन्ने अन्धविश्वास ठूलो जातले पालेको छ । पश्चिमी राष्ट्रका नागरिकहरूलाई यो पत्याउन पनि गार्हो हुन्छ कि एउटा जातिले छोएको खाने कुरा अर्को जातिले अपवित्र मान्दछ र खाँदैन । सानो जातिको व्यक्तिले ठूलो जातिको व्यक्तिसँग सजिलै बिहेबारी गर्न नपाउनु अर्को ठूलो समस्या देखिएको छ । यो समस्याले गर्दा समाजमा अन्तर्घुलन हुन सकेको छैन । त्यति मात्र होइन, जाति वा छुआछूतको परम्पराले गर्दा दहेजप्रथाले झनै बढी प्रश्रय पाएर यो अति पीडादायी समस्या उन्मूलन हुन सकेको छैन । तल्लो जातिको व्यक्तिले माथिल्लो जातिको व्यक्तिसँग बिहे गर्न नपाउने र केवल आफ्नै जातिको व्यक्तिसँग बिहे गर्नुपर्ने सामाजिक बाध्यताले गर्दा कुनै एक जातिको वर वा बधूले आफ्नो लागि बधू वा वर पाउने सम्भावना खुम्चिन पुगेको छ । केवल आफ्नै जातिबाट वर वा बधू रोज्नुपर्ने बाध्यता सृजना भएको छ । र यसरी सीमित सङ्ख्यामा रहेका उपलब्ध वरहरूमध्ये कन्याको लागि वर खोज्नुपर्ने अनिवार्यताले गर्दा दहेज प्रथालाई मलजल पुगेको छ । दहेज प्रथाको जरा समाजमा झनै तलतल पुग्न थालेको छ, उखेलिएर फालिनुको सट्टा ।
सभ्यता विकासको क्रममा कुनै कालखण्डमा, श्रम गरेको आधारमा सृजना भएको जातिप्रथाले अहिलेको यो उन्नत समयमा पनि प्रश्रय पाउनु आफैंमा अनौठो छ नै, साथै यो आधुनिक समाजमा पनि कलड्ढको रूपमा रहेको जातिप्रथा टिकाइराख्न खोज्नेहरूको यस्तो व्यवहार झनै उदेकलाग्दो छ । जातिप्रथा धर्मले सृजना गरेको होइन । जातिप्रथा सभ्यता विकासको क्रममा आफ्नो आर्थिक एवं सामाजिक फाइदाका लागि तत्कालीन शासकहरूले समाजमा थोपरेको एक अति पीडादायी मानवीय समस्या हो । त्यस कारण जाति विभाजनको धर्मसँग कुनै किसिमको सम्बन्ध छैन । तत्कालीन शासकहरूले आफ्नो पुख्र्यौली शासन व्यवस्था टिकाउनका लागि पनि समाजमा जातीयता सृजना गरेका हुन् ।
तल्लो र उपल्लो जातिले गर्दा तल्लो जाति भनिएकाहरूका लागि देशभित्र रोजगारको अवसरसमेत साँघुरिन पुगेको छ । तल्लो जातिकाहरूले केही तोकिएका काम मात्र गर्न पाउने बाध्यताले गर्दा उनीहरूले विभिन्न लाभदायक रोजगार गरेर आफ्नो आर्थिक स्थितिमा सुधार ल्याउन गार्हो परिरहेको छ । अर्कोतिर उनीहरूले आफ्ना सन्तानलाई राम्रो शिक्षादीक्षा दिएर मानसिक र आर्थिक दुवैरूपमा सक्षम नागरिक बनाउन निरन्तर परिस्थितिसँग अन्तहीन सङ्घर्ष गरिरहनुपरेको छ ।
नेपालमा विद्यमान जातीय प्रथालाई सन् १९८९ मा बर्लिनको पर्खाल बलपूर्वक भत्क्याएझैं भत्क्याउन त सकिंदैन, त्यसो गर्नु पनि हुँदैन । बलपूर्वक ल्याइएको परिवर्तन दिगो हुँदैन । बरु मानसिक परिवर्तन गरेर वा समाजलाई शिक्षित पारेर स्वेच्छापूर्वक ल्याएको परिवर्तन दिगो हुन्छ । तर यो परिवर्तन ल्याउन अति आवश्यक छ, नेपाली समाजलाई आर्थिक समृद्धिको दिशातर्फ डोर्याउने हो भने । नेपली समाजमा कष्टदायी पर्खालको रूपमा खडा रहेको जातिप्रथा भत्काउन आवश्यक छ । यो कार्य गर्नका लागि युवाहरूलाई प्रेरित गर्न आवश्यक छ । जातिप्रथा अन्त्य गर्न सर्वप्रथम छुवाछूतको चलन हटाउन जरुरी छ र अन्तर्जातीय विवाहलाई प्रोत्साहित गर्नु आवश्यक छ । यस्तो गर्न सकिए जातिप्रथा अन्त भएर नेपाली समाज आर्थिक समृद्धिको पथमा दौड्न थाल्नेछ ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm