- डा. रमेश मिश्र
आधुनिक रहनसहन र खानपानले व्यक्तिको जीवनस्तर एकातिर राम्रो भइरहेको छ भने अर्कोतिर यस्ता रहनसहन र खानपानले विभिन्न रोगहरू उत्पन्न भई प्रभावित रहेको छ । तीमध्ये आजभोलि व्यापकरूपमा दु:ख दिने रोग हो अम्लपित्त । अम्लपित्तलाई हाइपर एसिडिटी, एसिड डिस्पेप्सिया, गैस्ट्रोविया आदि नामहरूले बुझिन्छ । आयुर्वेद अनुसार जब विदाही जाति पदार्थहरूको सेवनबाट पित्तमा अम्लगुणको वृद्धि हुन्छ तब उसलाई अम्लपित्त भनिन्छ ।
बढी चिल्लो, पिरो, बासी, विरुद्ध आहार, पित्त प्रकोपक आहार, वर्षा ऋतु, आनुपदेय जलार्द वातावरणमा वास, वेगावरोध आदि यस रोगका कारण हुन् ।
खाना राम्रोसँग नपच्नु, परिश्रमबिना नै थकावट, वान्ता हुने, अमिलो डकार, शरीरमा भारीपन, हृदय प्रदेश र गलामा जलन, अरुचि, अध्यामान, अन्नकुजन, कुक्षिशूल, टाउको दुख्नु आदि अम्लपित्तका लक्षण हुन् ।
अम्लपित्त लक्षण र कारणको आधारमा विभिन्न प्रकारका हुन्छन् । जुन एउटा कुशल चिकित्सकले छुट्याउन सक्छ । आयुर्वेद अनुसार अम्लपित्त नयाँ छ भने अर्थात् तुरुन्त पत्ता लागेछ र त्यसको औषधि समयमा भएछ भने त्यो साध्य हुन्छ अर्थात् औषधि समयानुसार सेवन गरे ठीक भइहाल्छ । पुरानो अम्लपित्त भाप्य हुन्छ अर्थात् जबसम्म पथ्य, परहेज र औषधि सेवन गरिन्छ तबसम्म शान्त रहन्छ । पथ्य, परहेज र औषधि नगरे बल्झिन्छ । कहिलेकाहीं पुरानो अम्लपित्त पनि धेरै दिनसम्म पथ्य परहेज र औषधि सेवनपछि सधैंको लागि ठीक भइहाल्छ ।
आयुर्वेद अनुसार निदान परिवर्जन भएको प्रथम चिकित्सा हो अर्थात् यो रोग जुन कारणबाट हुन्छ ती कारणहरू अर्थात् त्यस्ता आहारविहार त्याग्नुपर्छ । हितकर आहारविहार गर्नुपर्छ । यो रोगमा सबभन्दा पहिले शरीरको शुद्धि अर्थात् पेटको शुद्धि गर्नुपर्छ । पञ्च कर्ममा रोगीलाई वमन विरेचन गराउनुपर्छ । वमन विरेचन गराइसकेपछि निम्न जडीबुटी र आयुर्वेदिक औषधिहरू चिकित्सक, कविराज वैद्यको प्रत्यक्ष निगरानीमा लिनुपर्छ । पिप्पलीचूर्ण, कुटकीचूर्ण, अमलाचूर्ण, भुगराजचूर्ण, भष्टीमधुचूर्ण, सडिखार, भूनिम्वादि कवाच, प्रवाल पञ्चामृत, अम्लपित्तानृक रस, सूर्तशेखर रस, मूक्ताशुक्ति, सितोपलादि, नारिकेल खण्ड, अविपतिकरचूर्ण, भवानीखाडव । माथि उल्लिखित जडीबुटी र औषधिको मात्रा रोगको अवस्था अनुसार चिकित्सक, कविराज वैद्यले निर्धारण गरेर सिफारिस गर्छन् । आयुर्वेदिक औषधिको नाममा जसले जे दिए जथाभावी औषधि सेवन गर्नुहुँदैन । पुरानो चामल, जौ रोटी, मुँग, सत्तु, जांगलपभु, धनिया, जिरा पथ्य हुन् ।
नयाँ चामल, विरोधी आहार पित्त प्रकोपक आहार, तिल, मासको दाल, भन्टा, माछा, दही, गरिष्ठ भोजन, मद्यपान, चुरोट, बिंडी, खैनी अपथ्य हुन् ।
–जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बारा, कलैया