$type=ticker$count=12$cols=4$cate=0

सन् १९५० को सन्धिको सान्दर्भिकता

SHARE:

- श्रीमन्नारायण मिश्र
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को गत महिना सम्पन्न नेपाल भ्रमण का बेला सन् १९५० को सन्धिलगायत अन्य सन्धिका विषयमा समेत संशोधन र परिमार्जन गर्ने सहमति भएको छ । नेपालका वामपन्थीहरूले यो माग लामो समयदेखि उठाउँदै आएका छन् । सत्ता बाहिर हुँदा र चुनावको समयमा यस मुद्दालाई चर्कोरूपमा उठाउने गरिन्छ तर तिनै दलका नेता सरकारमा पुग्दा यसको चर्चासमेत हुँदैन । सन् १९५० को सन्धिको सम्पूर्ण पक्षको सूक्ष्म विश्लेषण नगरी खारेजीको माग गर्नु भनेको भारतमा रहँदै आएका वा विभिन्न पेशामा संलग्न हजारौं नेपाली परिवारमा भोकमरीको समस्या उत्पन्न गराउनु हो । अब नेपालभन्दा बढी भारतमा नै यस सन्धिको समीक्षा हुनुपर्ने चर्चा चल्दैछ । क्षणिक राजनीतिक लाभका निम्ति दूरगामी महत्त्वको विषय उठाउनु दुर्भाग्यपूर्ण हो । सन् १९५० को सन्धि भारत होइन, नेपालको हितमा छ । सन्धि खारेजी, पुनरावलोकन वा संशोधनको मागमा गम्भीर छलफल आवश्यक छ । 
    सन्धिको धारा १० मा भनिएको छ– कुनै मुलुकले एक वर्षको सूचना दिई खारेज नगरेसम्म यो सन्धिको औचित्य कायम रहिरहनेछ । यसको मतलब हो– नेपाल सरकारले चाहेको भए एक वर्षको सूचना दिएर यसलाई कुनै पनि बेला खारेज गर्न सक्दथ्यो । सन्धि समग्रमा खारेज भएर अर्को सन्धिले यसलाई विस्थापित गर्न सक्थ्यो, विद्यमान सन्धिका एक वा दुई धारा परिमार्जन वा पुनरावलोकनको प्रावधान यसमा कहीं कतै छैन ?
    कानुनी पक्षलाई पन्छाएर नेपाल भारत दुवै सहमत भएको अवस्थामा पुरानो सन्धि तत्काल खारेज हुन सक्छ । यो राजनीतिक एवं कूटनीतिक सहमतिको विषय हो । यदि यसो मान्ने हो भने विद्यमान सन्धिका कुन–कुन प्रावधान हाम्रो पक्षमा भएन र यो सन्धि असमान भएको हो भने हामीलाई कस्तो चाहिएको हो, यसबारे राम्ररी केलाउनु नितान्त जरुरी छ । नेपाल–भारत १९५० सन्धि १० बुँदामा लिपिबद्ध छ र सन्धिको अभिन्न अ·का रूपमा शान्ति तथा मैत्री सन्धिसँग आदानप्रदान गरिएको पत्रमा ५ बुँदा छ ।
    मूल सन्धिको बुँदा १ मा भनिएको छ–नेपाल र भारत सरकारबीच स्थायी शान्ति र मित्रता रहिरहने छ । दुवै सरकार एक अर्काको पूर्ण सम्प्रभुता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति सम्मान र समर्थन गर्न स्वीकार गर्दछन् । यो बुँदामा लेखिएको प्रत्येक शब्द अल्पविराम, पूर्णविराम वा भावनासम्म पटक्कै आपत्तिजनक छैन, मात्र होइन, स्वीकारयोग्य र स्वागतयोग्य छ भन्दा फरक नपर्ला । बुँदा २ मा दुवै सरकार परस्परमा कायम रहेको मित्रतापूर्ण सम्बन्धमा खलल पर्न जाने सम्भावना नरहने गरी कुनै छिमेकीसँग गम्भीर खटपट वा विवाद उत्पन्न भएमा एक अर्कालाई जानकारी दिन प्रतिबद्ध छन् । यस बुँदाले नेपाल वा भारतको तेस्रो छिमेकीसँग गम्भीर खटपट वा विवाद उत्पन्न भएमा एक अर्कालाई जानकारी दिन प्रतिबद्ध छन् । यसमा पनि कुनै खराबी देखिंदैन । सन्धिको यो बुँदा कति कार्यान्वयन भयो भन्ने बेग्लै कुरो हो, तर सन्धि आफैमा चाहिं खराब छैन । सन्धिको धारा ३ र ४ प्रतिनिधि र कूटनीतिक सम्बन्ध र नियुक्तिबारे छ । जुन पूर्णतया समानताको आधारमा छ । धारा ३ र ४ का व्यवस्थाहरूले अन्तर्राष्ट्रिय कूटनीतिक मान्यतालाई कहिंकतै उल्लङ्घन गरेको छैन ।
    सन्धिको धारा ५ निश्चितरूपमा अलि उप्ठ्यारो लाग्न सक्छ । धारा ६ मा भनिएको छ–नेपाल सरकारलाई आफ्नो सुरक्षाको लागि आवश्यक पर्ने हातहतियार, विस्फोटक सामग्री वा गोलीगठ्ठा, पार्टपूर्जा आदि स्वतन्त्रतापूर्वक भारतीय भूमिबाट वा भारतीय भूमि भएर आयात गर्ने अधिकार रहने छ । यो प्रावधानलाई कार्यरूप दिन सरकारले परस्पर परामर्श गरी एउटा कार्यप्रणाली तय गर्नेछन् । यही धारालाई मात्र हेर्ने हो भने त नेपालको हक सुरक्षित नै गरिएको छ । यसैसँग सम्बन्धित आदानप्रदान पत्रको बुँदा २ मा भनिएको छ –नेपाल सरकारले नेपालको सुरक्षाको लागि आवश्यक पर्ने कुनै पनि हतियार, गोलाबारुद वा युद्ध सामग्री र उपकरणहरू भारत सरकारको सहायता र सहमति अनुसार भारतीय भू(भाग भएर आयात गर्न सक्नेछ । भारतीय भूभाग भएर ल्याउने यस्ता हातहतियार र गोलाबारुदहरू छिटोछरितो र निर्विघ्नतापूर्वक पारवहनको लागि भारत सरकारले उपयुक्त कदमहरू चाल्नेछ ।
    आदानप्रदान पक्षको यो बुँदाले तेस्रो मुलुकबाट हतियार आयात गर्न भारतको स्वीकृति चाहिनेजस्तो भान हुन सक्छ । तर ध्यान दिएर हेर्ने हो भने भारतको बाटो भएर ती सामानहरू ल्याउन मात्र त्यस्तो सहमति आवश्यक पर्ने हो । तेस्रो मुलुकको बाटो नेपालका लागि एक मात्र विकल्प चीन भएर वा हवाईमार्गबाट हतियार भित्र्याउँदा भारतलाई खबर गरिरहनुपर्दैन । भारतकै बाटो भएर ल्याउने हो भने उसले सूचना खोज्नु स्वाभाविक पनि हो, किनकि बाटोमैं त्यस्ता हतियार अवाञ्छित तत्त्वको हातमा पुग्यो भने उसको सुरक्षा खलबलिन सक्छ । धारा ६ मा दुवै सरकार नेपाल र भारतबीच विद्यमान असल छिमेकीपन र मित्रताको प्रतीकस्वरूप एक अर्को देशमा नागरिकलाई आफ्नो मुलुकमा औद्योगिक र आर्थिक विकासका मामिलाहरूमा सहभागी हुन तथा आर्थिक विकाससँग सम्बन्धित मामिलाहरूमा दिइने सहुलियत र ठेक्कापट्टाहरूमा राष्ट्रिय व्यवहार प्रदान गर्नेछन् । यो धारा समान भए पनि विशाल भारतको तुलनामा नेपालले यो थेग्न नसक्ने भन्ने तर्क हुन सक्छ । तर यसैसँग सम्बन्धित आदानप्रदान बुँदा ३ ले भनेको छ–शान्ति तथा मैत्री सन्धिको धारा ६ सम्बन्धी एकअर्को देशका नागरिकलाई राष्ट्रिय व्यवहार प्रदान गर्नेबारे भारत सरकारले नेपालमा रहेका नागरिकहरूलाई केही समयको लागि अनियन्त्रित प्रतिस्पर्धाबाट संरक्षण प्रदान गर्ने आवश्यकतामाथि भारत सरकार सहमत भएको छ । यस प्रकारको संरक्षणको प्रकृति र परिमाण दुवै सरकारबीच पारस्परिक सहमतिका आधारमा आवश्यकता अनुसार निर्धारण गरिनेछ । मूल सन्धिको धारा ६ ले जन्माएको शड्ढालाई पक्षको बुँदा नं. ३ ले निवारण गरेको छ । यसैको आधारमा नेपालले केही समय वाक्यांशको फाइदा लिई भारतीयहरूलाई व्यापार व्यवसाय गर्न अंकुश कायम गरेको छ । यस हिसाबले सन्धिका कारण नेपालले फाइदा पाएको छ ।
    धारा ७ ले भनेको छ–नेपाल र भारत दुवै देशका सरकारहरू समान आधारमा एकअर्को देशका नागरिकहरूलाई आआफ्नो भूभागमा बसोवास तथा सम्पत्ति भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोवारमा भाग लिने, डुलफिर गर्ने र यस्तै प्रकारका अन्य विशेषाधिकारहरू प्रदान गर्न स्वीकृति प्रदान गर्दछन् । तर व्यवहारमा सहमतिकै आधारमा नेपालले भारतीय नागरिकलाई डुलफिर गर्नेसम्म मात्र स्वतन्त्रता दिएको छ, व्यापार व्यवसाय, उद्योग सञ्चालन र सम्पत्ति भोगचलनको स्वतन्त्रता दिएको छैन । भारतले चाहिं नेपाली नागरिकलाई आफ्नो भूमिमा उल्लिखित सबै काम गर्न दिएको छ । व्यावहारिकरूपमा नेपाललाई भारतभन्दा तुलनात्मक फाइदा बढी छ ।
    धारा ८ ले भन्दछ(जहाासम्म यहाा उल्लेख गरिएका कुराहरूको सवाल छ । तिनको हकमा यो सन्धिले नेपाल सरकार र भारत सरकारको तर्फबाट ब्रिटिस सरकारले बीचमा भएको सबै सन्धिहरू सम्झौताहरू र प्रतिज्ञापनपत्रहरूलाई खारेज गरिएको छ । धारा ९ औपचारिक बुादा हो । जसमा भनिएको छ(यो सन्धिले दुबै सरकारले हस्ताक्षर गरेको मितिदेखि लागू हुनेछ ।
    आदानप्रदान पत्रका बुादा २ र ३ माथि उल्लेखित भइसकेका छन् । बुदा १ भन्दछ (दुबै सरकार कुनै विदेशी आक्रमणकर्ताद्वारा एकअर्काका सुरक्षामा खलल पार्ने स्थितिलाई सहन गर्ने छैनन । कुनै यस्तो धम्कीको सामना गर्न दुबै सरकार एकअर्काको बीचमा परामर्शद्वारा प्रभावकारी कदम उठाउनेछन् । दुबै सरकार एकअर्काका सुरक्षामा प्रतिकूल प्रभाव पार्नसक्ने गतिविधि भएका कुनै  विदेशी नागरिकहरूलाई नियुक्त नगर्न सहमत भएका छन् । दुबै सरकार ले आवश्यकताअनुसार यस मामिलालाई एकअर्को समक्ष प्रस्तुत गर्नेछन् । बुादा १ र ५ हरूका बारेमा औला उठाउने ठाउा नै छैन । बुादा ५ ले भने भारतले अग्राधिकार दिएको छ । तर त्यो अग्राधिकार अरू मुलुकका तुलनामा हो, नेपाललाइृ बेफाइदा हुने गरी होइन ।
    मूल सन्धि र आदानप्रदान दफाहरू केलाउादा नेपाललाई कहिाकतै घाटा छैन, फाइदै भएको छ । यदि सन्धि खारेज भयो भने निश्चितरूपमा अनौपचारिकरूपमै भएपनि नेपालमा कार्यरत केही  लाख विहारी वा उत्तर प्रदेशका मजदूरहरू फर्कनेछन् तर भारतबाट ५० लाखभन्दा बढी नेपालीहरू फर्किनुपर्नेछ । त्यस्तै, असंख्य नेपालहरूको भारतस्थित जायजेथा अवैध हुनेछ । स्वतन्त्र आवागमन रोकियो भने भारतलाई भन्दा नेपालीलाई नै घाटा हुनेछ ।
    सन्धिले नेपाललाई घाटाभन्दा फाइदा भएको र खारेज हुँदा बढी मर्कामा नेपाल नै पर्ने हुँदाहुँदै पनि यो सन्धिको उग्रविरोध किन भएको हो ? सन्धिको पाठसम्म नपढी, व्यावहारिकतालाई पटक्कै नबुझी झूटो कुराहरू भ्रामकरूपमा फैलाई राजनीतिक रोटी सेक्ने प्रवृत्ति मात्र त होइन ? यदि त्यसो नभए सन्धि खारेजीपश्चात् नेपाललाई अझ बढी फाइदा हुने गरी कस्तो सन्धि गर्ने हो, त्यसको खाका क्रान्तिकारीहरूसँग छ ? यी प्रश्नहरूको जवाफ नेपालीले खोजिरहेका छन् । यसबारे सीमावर्ती क्षेत्रका जनताको राय बुझ्नु उपयृुक्त नै होला ।
भ्mबष् िस्( बल)कजचष्mबल२थबजयय।अयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सन् १९५० को सन्धिको सान्दर्भिकता
सन् १९५० को सन्धिको सान्दर्भिकता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhKWUlbifuXfJvbQRfhRbUe9Y6YvMRdNd1C-IhZte8SKoX_9Dur_NM9Ggoityxx0pQ7czEa1dkifm9D_v63pFj2n40oIjaPKKNxqbm_GpIMsKqv8aNTDCkMVJNXJnzav44jyowju21XKTQM/s1600/sriman+narayan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhKWUlbifuXfJvbQRfhRbUe9Y6YvMRdNd1C-IhZte8SKoX_9Dur_NM9Ggoityxx0pQ7czEa1dkifm9D_v63pFj2n40oIjaPKKNxqbm_GpIMsKqv8aNTDCkMVJNXJnzav44jyowju21XKTQM/s72-c/sriman+narayan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/08/blog-post_397.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/08/blog-post_397.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy