अहिले तीजको मौसम छ । तीजको विभिन्न पक्षसहित यसका विशेषता र विकृतिबारे तमाम तर्कवितर्क चलि नै रहेका छन् । एकथरी तीजलाई पुरातन किसिमले चलाइराख्नु अभीष्ट र आजको तडकभडक र लामो तीज परम्पराको विरोध गर्दछन् भने अर्काथरी समय परिवर्तनसँग तीज मनाउने क्रममा आएको परिवर्तनलाई ग्राहय ठान्दछन् । यस परिप्रेक्ष्यमा विवेकशील महिला–पुरुषले भने दुवैथरीको अतिवादको विरोध गर्दै संस्कृतिको संरक्षण परिवर्तित युग सुहाउँदो र सबै तहतप्काले धान्ने किसिमले गर्न सक्ने वातावरण बनाउन सुझाव दिन्छन् । हिजोको सामाजिक परिपाटीमा, आज अर्थ–राजनीतिमा आएको परिवर्तनसँगै थुप्रै फेरबदल भइसकेको छ । हिजो महिला अधिकार शून्य थियो भने अहिले महिलाहरू अधिकारसम्पन्न र आर्थिक गतिविधिमा सहभागी बन्दै गएका छन् । कम्तिमा महिला अधिकारको लिखित दस्तावेज तयार भएको छ र अधिकार हननको मामिला सरकारको चासोको विषय बनेको छ । हो, सबै ठाउँमा यो अधिकार कार्यान्वयन हुन सकेको छैन, यत्ति मात्र । आज घरमा सासूले दिएको दु:खको रोदन गर्न माइत पुग्नुपर्ने बाध्यता छैन । अनि किन सासू र नन्दको खैरो खन्नेगरी तीजको गीत घन्काउनु । आजको तीजको गीत र परिवर्तित परिवेशमैं गाइनुपर्छ ।
कुनै पनि चाडपर्व भनेको संस्कृतिको संरक्षण हो र मनोरञ्जन तथा हाँसीखुशी दिन बिताउने माध्यम हो । हिजो महिलाले एक दिन तीज मनाउँथे भने आज महिना दिन मनाइरहेका छन्, यसमा दु:खेसो गर्नुपर्ने आवश्यकता पनि केही छ जस्तो लाग्दैन । हिजोको सामाजिक परिवेशमा महिना दिन तीज मनाउन सम्भव थिएन । आज चुलोभान्सामा हिजोजस्तो घोटिनुपर्ने आवश्यकता छैन । न लुगाहरू उमालेर नदीमा गई मुङ्ग्रोले पिट्ने बाध्यता छ । आफ्नो हैसियतभन्दा माथि गएर खर्च गर्नु चाहिं मनासिब होइन । न धनीको देखासिकी गरीबले महँगा होटलमा गएर रवाफ देखाउनु आवश्यक छ । आज त समाज नै यति सहिष्णु भइसकेको छ कि विभिन्न क्लब, समितिहरूले दिनहुँ तीजको कार्यक्रम आयोजना गरिरहेका छन् । धर्मइतर कार्यक्रममा त आजको समाज सरिक भइरहेको छ–के हिन्दूहरूले मुसलमानहरूको इद पर्वमा मुसलमान साथीभाइ, छिमेकीहरूलाई बोलाएर भोज ख्वाउँदैनन् ? समाजमा नयाँ नयाँ प्रचलन आइरहेको छ, संस्कृति र चाडपर्वको बहानाले लोकसंस्कृतिले प्रश्रय पाइरहेको छ । यसलाई कुन अर्थमा नराम्रो मान्ने ?
जहाँसम्म उच्छृङ्खलताको कुरो छ, त्यो त सङ्क्रमणको बेला जुन क्षेत्रमा पनि देखिन्छ नै । के राजनीतिक परिवर्तनको बेला लामो सङ्क्रमण विद्यमान थिएन ? हिजो चेलीबेटीको गुनासो सासू–ससुरा, नन्द–आमाजूले दु:ख दिए भन्ने थियो, दु:ख सुनाउन माइती पुग्नुपर्ने बाध्यता थियो । आज त महिलाको दु:खेसो सुन्न महिला सेल नै गठन भएको छ भने आज पूर्ण महिला अधिकार, महिलामैत्री संविधान बनोस् भन्ने आग्रहलाई कुन रूपमा अनावश्यक मान्ने ? यस्ता कुराको विरोध गर्नुको साटो बरु देखिएका विकृतिहरू औंल्याएर सुधारात्मक पक्षमा ध्यान दिंदा समाजले गति लिने थियो, महिलामैत्री वातावरण बन्ने थियो, जसका लागि आज आर्थिक, सामाजिक र राजनीतिक मुद्दाहरू उठिरहेका छन् । महिलाले एक दिनको साटो एक महिना तीज मनाए, सजिए, नाचगान गरे भनेर पिरलो किन गर्नु ? यो सड्ढीर्ण मानसिकताको द्योतक हो । यसबाट जोगिनुपर्छ ।