प्रस, वीरगंज, १५ असार/
गम्हरिया गाउँको चोकमा एकापसमा झगडा गरिरहेका कुकुरहरूका कारण आज दिनभरि गाउँ तनावग्रस्त भएको छ ।
समाचार विवरण अनुसार आज बिहान चिया खाने बेला चोकमा दुई टोलका कुकुरहरू लड्न थाले ।
कुकुरसँगै चिया खाँदै गरेका नेकपा एमाले तथा काङ्ग्रेसका कार्यकर्ता पनि कुकुरको पक्ष विपक्षमा पुगेर आपसमा लड्न थाले ।
त्यसपछि घटनाले उग्ररूप लिंएको स्थानीय बासिन्दाले जनाएका छन् । एकथरी कुकुर एमाले टोलको र अर्कोथरी काङ्ग्रेस टोलका थिए । लडाइँ चर्कंदै जाँदा एमालेको कुकुर कमजोर परेपछि एमाले पक्षधरले काङ्ग्रेस पक्षधरको कुकुरलाई कुट्न थाले । काङ्ग्रेस पक्षधर पनि के कम, उनीहरूले एमाले पक्षधरको कुकुरलाई लखेटेर पिटे । दुवैतर्फका कुकुर घाइते भए ।
एमालेको कुकुरले बढी चोट खाएपछि उसलाई कुट्ने काङ्ग्रेस पक्षधर अवधकिशोर साहलाई एमाले पक्षधर युवाहरूले कुट्न जाँदा विवाद उत्पन्न भयो जसमा एमाले पक्षधर रामेश्वर राउत अहिर घाइते भए । सामान्य घाइते रामेश्वरको नाउक्षेमा उपचार भयो र अस्पतालले उनलाई डिस्चार्ज गर्न खोज्दा डिस्चार्ज होइन रेफर गर्न दबाब दिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । घटना सम्बन्धमा पर्सा प्रहरीले अवधकिशोर साहलाई पक्राउ गरेपछि आज बेलुका ८ वटा टयाक्टरमा लगभग दुई सयजना गाउँले घाइते दुईवटा कुकुरलाई लिएर जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।
घाइते व्यक्तिको अवस्था सामान्य रहेकोले कसैलाई पक्राउ गर्ने औचित्य नरहेको भन्दै गाउँले जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।