सुन्दर स्वस्थ नगरको महत्त्वपूर्ण पूर्वाधारमध्ये उद्यान पनि एक हो । वातावरणीय दृष्टिले पनि घनाबस्तीको बीचमा पार्क तथा उद्यान अनिवार्य छ । भूकम्पीय जोखिमबाट बच्न वा अन्य कुनै प्रकोपको बेला जोखिममा परेकाहरूलाई तत्काल उद्धार गर्नका लागि यस्ता खुला स्थानहरूलाई सेल्टर प्वाइन्टको रूपमा प्रयोग गर्न सकिन्छ । आपत्विपत्को बेला मात्रै होइन, दैनिक जीवनबाट दिक्क भएको बेला मानसिक पुनर्ताजगीका लागि पनि उद्यान अति आवश्यक छ । कुनै नगरमा बाहिरबाट आउने पर्यटकहरूले समेत त्यहाँ पार्क वा खुला स्थल छ कि छैन जानकारी लिने गर्छन् । पार्क तथा उद्यान एकमात्र त्यस्तो स्थल हो, जहाँ खुशी हुँदा, दु:ख पर्दा बालक, वयस्क, वृद्ध, नर हुन् या नारी, धनी या गरिब सबैका लागि आपद्विपद् होस् या मनोरञ्जन जुनसुकै अवस्थामा पनि महत्त्वपूर्ण हुन्छ ।
वीरगंज उपमहानगरपालिकाको जनघनत्व र शहरीकरणको अवस्थालाई हेर्ने हो भने हरेक वडामा एउटा ठुलो पार्क र टोलटोलमा ससाना पार्कहरू हुन जरुरी छ । अव्यवस्थित शहरीकरण, मापदण्डविपरीतका निर्माणहरू, औद्योगिक एवं व्यापारिक चाप र सामाजिक एवं धरातलीय र भौगोलिक अवस्थाले पनि यहाँ प्रदूषण र विपद्जन्य जोखिम बढी छ । यसर्थ पनि अन्य नगरहरूमा भन्दा यस नगरमा उद्यान तथा पार्कको बढी आवश्यकता छ । तर वीरगंज नगरवासी, नगरका अगुवा र सम्बन्धित निकायहरूसमेत पार्क निर्माण होइन कि पार्क विनाशतर्फ लागेका छन् । आदर्शनगर फूटबल मैदान कुरूप बन्दै गइरहेको छ । आसपासको फोहोर पानीले बर्सेनि चार महिना पोखरी बन्ने गरेको छ । त्यसैगरी लक्ष्मणवा पार्क र भिस्वा स्तुप क्षेत्रको दुराअवस्था पनि त्यस्तै छ । नगरको मुटुमा रहेको वीपी उद्यान डम्पिङ साइटमा परिणत भएको छ ।
कीर्तिपुर नगरपालिका–१६ स्थित ढल्पा डम्पिङ साइटलाई त्यहाँका बासिन्दाहरूले बाल उद्यानमा परिणत गरेका छन् । वर्षौदेखि आसपासका बासिन्दाले फोहोर फयाँक्ने गरेको उक्त स्थलमा गाह्रो अप्ठ्यारो पर्दा नगरपालिकाले समेत फोहोर फयाँक्ने गरेको थियो । झन्डै दुई रोपनी क्षेत्रफलमा फैलिएको उक्त सार्वजनिक जग्गालाई त्यहाँका बासिन्दाले नगरको सहभागिताबिना नै बाल उद्यान बनाएका छन् । अब उक्त क्षेत्रमा कसैले पनि फोहोर नफ्याँक्ने निर्णय गरेपछि कीर्तिपुर नगरपालिकालगायत बालबालिकाको क्षेत्रमा काम गरिरहेका अन्य सङ्घसंस्थाहरूले पनि लगानीमा चासो देखाएका छन् । डम्पिङ साइटलाई उद्यानमा परिणत गर्ने कीर्तिपुरका बासिन्दा र सार्वजनिक उद्यानको जग्गालाई डम्पिङ साइटमा परिणत गर्ने हामी वीरगंजका बासिन्दाको सोचलाई कदापि दाँज्न सकिंदैन । भएको सार्वजनिक जग्गा एवं पोखरीसमेत व्यक्तिगत बनाउने होड चलेको वीरगंजमा सार्वजनिक जग्गा खोजी गर्न जनता आपैंm जाग्ने सद्बुद्धि कहिले आउँला ? यद्यपि यो भने असम्भव छैन । नगरवासीको चेतना अभिवृद्धि भयो र सदवुद्धि जाग्यो भने नगर निर्माणमा जनसहभागिताको दिन टाढा छैन ।