प्रस, वीरगंज, १२ असार/
दलित जनजाति पार्टीको दोस्रो राष्ट्रिय अधिवेशनको आज घण्टाघरमा खुला सत्र सम्पन्न भएको छ।
खुला सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष विश्वेन्द्र पासवानले कार्तिक ८ गतेभित्र संविधानको मस्यौदा जनताको घरघरमा पुग्नुपर्ने बताए। उनले माघ महिनामा संविधान जारी गर्नुपर्ने आफ्नो पार्टीको माग रहेको बताए।
पासवानले अन्य पार्टीको भूमिकाको कारण समयमा संविधान नआउने ठोकुवा गर्दै संविधान बनाउने कार्यमा सरकार र संसद्मा रहेका राजनीतिक दल, संसद् बाहिर रहेको राजनीतिक दल, अर्ध भूमिगत र भूमिगत दलहरू बाधक हुने उनले बताए।
यी दलहरूलाई गोलमेच सम्मेलनमार्फत् सहमतिमा नल्याए संविधान नबन्ने उनले बताए। उनले मधेसी पार्टीलाई इङिगत गर्दै उनीहरू रकमी खेलमा डुबेका कारण पहिचान गुमाउँदै गएको बताए। धर्म निरपेक्ष र सङ्घीयतासहितको गणतान्त्रिक संविधानभन्दा पछाडि हाम्रो पार्टी कुनै पनि हालतमा नहट्ने पासवानले बताएका थिए।
नेपालका दलित, जनजाति, मधेसी, आदिवासीलगायत अन्य पिछडावर्गको समान सहभागिता हुने गरी संविधानमा सहभागिता नगराए सशक्त सङ्घर्षमा ओर्लने उनले बताए। प्रदेशको कुरामा आफ्नो पार्टीले विवाद नगर्ने तर अधिकारको लागि लड्ने उनले बताए। विगत लामो समयदेखि नेपालमा पहिचान गुमाएका मधेसी, दलित, जनजाति, आदिवासीहरूलाई जल, जङगल, जग्गा, शासन, अधिकारमा समान सहभागिताको उनले माग गरेका थिए।
केन्द्रीय उपाध्यक्ष सीताराम महराको सभापतित्वमा शुरु भएको कार्यक्रममा केन्द्रीय सदस्य राधेश्याम पासवान, रामसेवक हरिजन, मेघा परियार, गोविन्द परियार, सोमलाल गोले, सञ्जय अग्रवाल, महम्मद अकबर, कौशल्या देवी, कुसुम कारी, चन्द्रबहादुर विक, शर्मिला विक, गोविन्द नेपाली, नेपाल पत्रकार महासङ्घका सचिव कृष्णउदास खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य दलित जनजाति पार्टीका पर्सा जिल्ला अध्यक्ष महम्मद नूर आलमले गरेका थिए। दोस्रो अधिवेशनमा विभिन्न जिल्लाबाट ५ सयको हाराहारीमा प्रतिनिधिहरू सहभागी छन्।
अधिवेशनको भोलि र पर्सी बन्द सत्र हुने आयोजक पार्टीले जनाएको छ।