- डा. रमेश मिश्र
अनुचित खानपान र रहनसहनले शरीरमा विभिन्न रोगहरू हुन्छन्, तीमध्ये मलद्वारमा हुने रोगहरू पनि हुन् । लामो समयसम्म उत्पन्न हुने असमान्य पुरिष गति अर्थात् कहिले कब्जियत हुनु, कहिले दिसा जानुले मलद्वारका रोगहरू उत्पन्न हुन्छन् । यसको अतिरिक्त मलद्वारमा हुने रोगहरू वंशाणुगत पनि हुन्छन् । भगन्दर (ाष्कतगबि), अर्श–बवासिर (एष्भिक) र परिकर्तिका (ाष्ककगचभ) सामान्यत: मलद्वारमा हुने रोगहरू हुन् । आयुर्वेदमा भगन्दर, अर्शलाई महागुद अन्तर्गत वर्गीकरण गरिएको छ । यी रोगहरूको जीर्णता एवं पुनरावृत्ति भइरहने भएकोले रोगी शारीरिक एवं मानसिकरूपमा दु:ख सहन बाध्य हुन्छ।
भगन्दर (ाष्कतगबि) एउटा व्रजमार्ग हो, जसको भित्रको प्वाल गुदा अथवा मलाशयमा खुल्दछ एवं बाह्य प्वाल मलद्वारनिर खुल्दछ । यसमा एउटा प्वाल मात्र हुन्छ, जसलाई नाडी (क्ष्लगक) भनिन्छ । सामान्यत: यो भगन्दर पीडिका अकस्मात् विदीर्ण भएर हुन्छ अथवा अकुशल व्यक्तिबाट उपचार गरेर भेदन गर्दा हुन्छ । बीचबीचमा पीडायुक्त शोध वंक्षण प्रदेशमा असुविधा एवं रगतस्राव यसको लक्षण हो । मलद्वार सङ्क्रमण, अस्वस्थ तान्तव धातुको उपस्थिति एवं व्रजयुक्त अ·लाई विश्राम नमिल्नाले यो रोग चाँडै निको हुँदैन । भगन्दर शल्यक्रियाबाट ठीक हुन्छ तर यसका अनेक उपद्रव छन् र रोग फेरि पलाउँछ ।
अर्श (एष्भिक) गुदाका रोगहरूमध्ये अर्श (बवासिर) प्रमुख रूपमा पाइन्छ । यो स्थानीय रक्तवाहिनीहरू विस्फारित हुनाले उत्पन्न हुन्छ । अर्श वाह्य एवं आभ्यान्तर भेदबाट दुई प्रकारको हुन्छ । गुदाबाट रक्तस्राव एवं मांसाकुरहरू बाहिर निस्किनु यसको सामान्य लक्षण हो । कहिलेकाहीं अर्श वाहिनीहरूमा रतम्मन र सङ्क्रमण हुनाले मांसाकुर बाहिर आउँछ, जसले रोगीलाई असुविधा र पीडा हुन्छ । अर्श प्रमुखरूपमा विबद्धको कारण हुन्छ ।
परिकर्तिका (ाष्ककगचभ) गुदाका रोगहरूमा परिकर्तिका सबैभन्दा कष्टदायक रोग हो । यो गुदा मार्गको तल्लो भागमा हुने एउटा लामो व्रज हो । कठिन मल अथवा जीर्ण अतिसार यसका प्रमुख कारण हुन् । मलद्वार लगातार सङ्क्रमित हुनाको कारण यो व्रज चाँडै निको हुँदैन । व्रज लामो समयसम्म हुने भएकोले मांसाकुर
(क्भलतष्लभ ित्बन) बन्न पुग्छ, जसले व्रज चाँडै ठीक हुँदैन । मल त्यागको बेला अथवा पछि सरक्त अथवा बिनारक्तस्रावको पीडा हुनु यसको मुख्य कारण हुन् ।
गुदा मार्गमा हुने भगन्दर (फिस्टुला), अर्श (पाइल्स) र परिकर्तिका (फिसर)को उपचार आयुर्वेदमा सफलतापूर्वक गरिन्छ । यस्ता रोग लागेमा कुशल आयुर्वेद चिकित्सकको सल्लाह अनुसार आयुर्वेदिक औषधि एवं तेलहरूको प्रयोगका साथसाथै क्षारसूत्र विधिबाट उपचार हुन्छ । क्षारसूत्र एउटा विभिष्ट प्रक्रिया हो । यस प्रक्रियामा व्रज मार्गमा औषधीय सूत्रलाई प्रवेश गराइन्छ । आधुनिक शल्यचिकित्साको तुलनामा क्षारसूत्रको अनेकौं लाभ छन् । क्षारसूत्र एउटा बहिर· क्रिया हो, जसमा रोगीलाई अस्पतालमा भर्ती हुनुपर्दैन, न बढी औषधि खानुपर्छ । यो प्रक्रिया पूर्णरूपले सुरक्षित छ । व्रज मार्गमा उत्तक नाश धेरै कम हुनाले सङक्रमणको सम्भावना कम हुन्छ । यसको कुनै हानिकारक प्रभाव हुँदैन । क्षारसूत्र प्रयोगपछि रोग फेरि पलाउँदैन । यो चिकित्सा पद्धति सस्तो छ र रोगीले घुम्दाघुम्दै आफ्नो दैनिक कार्य गर्न सक्छ ।
जथाभावी विज्ञापन हुने यस प्रकारका गुदाका रोगहरूको जथाभावी उपचार गराउनुहुँदैन । उपचार राम्ररी नभएमा क्यान्सर पनि हुन सक्छ । साथै खानपानमा ध्यान दिनुपर्छ । बढी चिल्लो, पिरो, अदुवा, माछा खानुहुँदैन । रेसादार खानेकुरा र पानी बढी पिउनुपर्छ ।