प्रस, निजगढ, १३ असार/
बाराको निजगढ नगरपालिका भरतगंजसिगौलस्थित बीच ज·लको सुके पोखरीको सरसफाइ कार्य शुरू गरिएको छ । चुरे संरक्षण कार्यक्रममार्फत् रकम निकासा भएपछि स्थानीयले समिति गठन गरी पोखरी संरक्षण गर्न थालेका हुन् ।
मर्मतसम्भार र सफाइ नहुँदा सड्ढटमा परेको सो पोखरी संरक्षण कार्यले वरपरका वनज·ल क्षेत्र अझै हराभरा हुने, चुरे संरक्षणमा टेवा पुग्ने सुके पोखरी संरक्षण समितिका अध्यक्ष निर्मल केसीले बताए । पोखरी संरक्षणले वनमा रहेका विभिन्न ज·ली जनावर, जीवजन्तुले सुक्खायाममा समेत पानी पाई राहत पाउने अध्यक्ष केसीले बताए ।
ज·लबीचको पोखरी संरक्षणले रैथाने ज·ली हात्तीको आवागमनसमेत बढ्ने समितिका सचिव केशव ढोडारीले बताए । विगतका वर्षमा पोखरी संरक्षणका निम्ति रकम आउने गरे पनि पूर्ण सदुपयोग नभएको स्थानीयवासी बताउँछन् । “पोखरी देखाउँछन्, पैसा कुम्ल्याउँछन्,” एक स्थानीयले नाम नछाप्न आग्रह गर्दै भने । यसपटक पोखरीमा एक साताअघिदेखि स्काभेटर लागिरहेको समितिका अध्यक्ष निर्मल केसीले जानकारी दिए ।
“पाँच लाख रकम आउने भनिए पनि हालसम्म दुई लाख मात्र निकासा भएको छ,” उनले भने । प्राप्त रकम सदुपयोग गर्न समिति लागिपर्ने अध्यक्ष केसीले भने । पोखरीलाई संरक्षण गर्दै आकर्षक बनाउन सके पर्यटकसमेत बढ्न सक्ने स्थानीय अमिरलाल चौधरीले बताए । पोखरी आसपासको ज·लमा बाघ, चितुवा, हात्ती, हरिण, मृग, बँदेल, मयुरलगायतका जीवजन्तु रहेको स्थानीय गणेश कार्कीले जानकारी दिए । चोरी शिकारी बन्द गरी संरक्षण गर्न सके केही वर्षमा नै जीवजन्तुको स·मस्थल यो पोखरी बन्ने कार्कीले दाबी गरे ।
पोखरी संरक्षण कार्यले निरन्तर गति लिए, आन्तरिक वा बाह्य पर्यटकको आकर्षण बढ्नेछ, जसले गर्दा निजगढ नगरको नै शान बढ्ने निमित्त नगरपालिका प्रमुख वीरबहादुर नेपालीले बताए । “पोखरी संरक्षणमा इमानदारिताका साथ सबै एक हुनुपर्छ,” उनले भने ।