$type=ticker$count=12$cols=4$cate=0

समृद्धिका लागि पर्यटन

SHARE:

- शीतल महतो
    नौलो अनुभवले धेरै कुरा सिक्न पाइने भएकोले यात्राको आनन्द बेग्लै हुन्छ । यात्रा गर्दा गन्तव्यमा नपुगुन्जेल मनै रमाएर आउँछ, उत्सुकता झन् बढ्दै जान्छ । स्वभावले नै मानिस नयाँ ठाउँ पुग्ने, त्यहाँबारे जान्ने, सिक्ने र बुझ्ने रुचि राख्छ । हिन्दू धर्मशास्त्रमा यात्रा अर्थात् पर्यटनलाई नौलो मानिदैन, किनभने तीर्थाटन (तीर्थस्थलको भ्रमण) र देशाटन (देशको भ्रमण)का थुप्रै प्रस· र दृष्टान्तहरू धर्मशास्त्रमा वर्णित छ । यही पद्धति एक्काइसौं शताब्दीमा पर्यटनको रूपमा विकसित भएको हो । आज पर्यटन विश्व अर्थतन्त्रको सबैभन्दा सशक्त र ठूलो योगकर्ता बन्ने तयारीमा जुटेको छ । यसका लागि यस क्षेत्रमा पर्यटकीय बजारीकरणका नवीन सूत्रहरू अ·ीकार गरिंदैछ । पर्यटन प्रवद्र्धनको माध्यमबाट मानव जीवनशैलीमा परिवर्तन ल्याउन र समाज एवं राष्ट्रलाई आर्थिकरूपले समृद्ध बनाउन सकिन्छ भन्ने यर्थाथलाई आज सबै वर्ग र क्षेत्रले स्वीकार गरिसकेको छ ।
    नवीन अनुभव र आनन्द लिने क्रममा वीरगन्जका केही सञ्चारकर्मीहरू सहितको टोली सोमवार प्राकृतिक सौन्दर्य तथा जैविक विविधताको दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्साको सुवर्णपुर गाविसमा पुग्यौं । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने विभिन्न योजनाका साथ अगाडि बढिरहेका गाउँलेले पर्यटकलाई खाना र बस्न सुविधा दिनका लागि होमस्टे सञ्चालनमा ल्याएका छन् । गाउँको संस्कृति र जैविक खानाको स्वादमा थकाई मेट्नका लागि सञ्चारकर्मीहरूसहितको टोलीले त्यहाँ सञ्चालनमा रहेका होमस्टेमा बस्ने अवसर प्राप्त गरे । होमस्टेमा पुग्नासाथ त्यसका सञ्चालक र गाउँलेहरू फूलमाला लिएर टोलीलाई स्वागत गर्न पुगे । गाउँमा आन्तरिक र बाहय पर्यटक आउँदा गाउँलेहरू यसरी नै नेपाली परम्परा अनुसार स्वागत र सम्मान गर्दा रहेछन् । एक छिनको बसाइपछि होमस्टे सञ्चालक शम्भुराम पौडेलले खान खानका लागि आग्रह गर्नुभयो । स्थानीय कुखुरा, हरियो तरकारी, टमाटरको आचार, सलाद र भातरोटीसहित स्वादिष्ट व्यजन थालमा सजाएर पौडेल दम्पतीले हामीले बसेको ठाउँमा ल्याए । खाना खाएपछि हामीले एक छिन ग्रामीण लोकसंस्कृतिको प्रत्यक्ष अनुभव लिने अवसर समेत प्राप्त गर्‍यौं । गाउँलेहरूको आग्रहपूर्ण सत्कार देखेपछि हामीले एक दुई दिन त्यही बस्ने विचार गर्‍यौं तर काम विशेषका कारण हामी वीरगन्जका लागि प्रस्थान गर्ने निधो गर्‍यौं । अर्कोचोटी कम्तिमा एक दिन बस्ने गरी आउने विश्वास दिलाउँदै बिदा हुन लाग्दा गाउँलेहरूले टीका लगाएर बिदा गरे । सधैं शहरको होहल्ला र काममा व्यस्त रहनुपर्ने बाध्यताका कारण एकान्त चाहने तथा गाउँले संस्कृतिमा रमाउन चाहनेहरूका लागि यात्रा गर्न पाउँदा बेग्लै आनन्द र रमाइलोको अनुभूति हुने गर्छ । त्यसमा पनि सूर्योदय, सूर्यास्त, आसपासका सुन्दर गाउँबेसी, हरियाली वनज·ल, फाँट र खोलानालाको दृश्यावलोकन गर्नुको मज्जा नै बेग्लै हुन्छ ।
    गाउँमा कहिल्यै विदेशी पर्यटक देखेका थिएनौं, अहिले फाटफुटरूपमा आउन थालेका छन्, होमस्टे सञ्चालक भीमबहादुर पाख्रिनले भन्नुभयो । गाउँमा पर्यटक आउन थालेपछि गाउँको मुहार फेरिएको छ । अहिले दुई तिन दिनसम्म पर्यटक गाउँमा बस्न थालेका छन् । यतिखेर सुवर्णपुर गाविस वार्ड नं. २, ६ र ९ मा १४ वटा होमस्टे सञ्चालनमा छ, अर्का होमस्टे सञ्चालक शम्भुराम पौडेलले भन्नुभयो । स्थानीय परिकार र तामाङ एंव थारू लोकसंस्कृति अवलोकन गर्न पाइने भएपछि आन्तरिक तथा बाहय पर्यटक पनि आकर्षित हुँदै आएका छन् । कुनै समयमा फोहर र सामाजिक विकृतिका कारण यस गाउँमा कोही आउन चाहँदैनथ्यो, अहिले गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेर सरसफाइमा विशेष ध्यान दिई होमस्टे सञ्चालन गरेर स्थानीय बासिन्दा आयआर्जन बढाउन कस्सिएका छन् । पर्यटकीय गन्तव्यका लागि सफा गाउँ र केही पूर्वाधार आवश्यक भएकोले त्यस अभियानमा गाउँलेहरू लागिरहेका छन्, होमस्टे सञ्चालक समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले भन्नुभयो–पहुना थपिदैं गए होमस्टे पनि बढाउँदै लगिने छ । 
    यस गाउँमा प्राकृतिक, भौगोलिक र सांस्कृतिक पर्यटनको प्रशस्तै सम्भावना भएकोले यहाँ पर्यटन  भित्र्याउन लागेका हौ–अध्यक्ष पाख्रिनले भन्नुभयो ( पर्यटकका लागि मौलिक संस्कृति र जैविक खानासहितको योजना ल्याउने उद्देश्य राखेका छौं । प्राकृतिक सौन्दर्य, मनमोहक वनस्पति र जैविक विविधताको दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेको यस गाउँबाट चारकोसे झाडी तथा ठोरी, चितवन र सीमावर्ती भारतीय गाउँको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । त्यस्तै सूर्योदय, सूर्यास्त, आसपासका सुन्दर गाउउँबेसी, हरियाली वनज·ल, फाँट र खोलानालाको दृश्यावलोकनसमेत यहाँबाट गर्न सकिन्छ । जैविक विविधताको धनी रहेको यो गाउँमा फाट्टफुट्ट आउने पर्यटक गाउँको सौन्दर्यबाट मोहित भएका छन्, स्थानीय कृष्ण लामाले भन्नुभयो ( यसको प्रचारप्रसारमा पर्यटन सँग सम्बद्ध निकाय र स्वयं सरकारले सघाउनुपर्दछ । पारिवारिक वातावरणमा जैविक खाना, स्वच्छ वातावरण र विभिन्न आदिवासी जनजातिको संस्कृति तथा तराई–मधेस र पहाडी समुदायका रहनसहन यहाँको थप आकर्षण हो ।
    यो गाउँबाट नजिकै रहेको पूर्वपश्चिम राजमार्गको आधाभारदेखि पश्चिम चुरिया पहाडको करिब ३० किमि लामो भूभाग ओगटेको र ४९९ वर्ग किमिमा फैलिएको पर्सा वन्यजन्तु आरक्षमा पाइने ज·ली रैथाने हात्ती, पाटेबाघ, चितुवा, गौरी गाई, ज·ली कुकुर, दुम्सी र साम्बरलगायत बहुमूल्य वन्यजन्तु र चराचुरु·ीहरूले पनि यो क्षेत्र पर्यटकहरूका लागि थप आकर्षकको केन्द्र बन्न सक्छ ।  यस आरक्षमा ६ प्रकारका वनज·ल, ३ सय ३३ प्रकारका वनस्पति, चार सय प्रजातिका चराचुरु·ी, १६ प्रजातिका घस्रने सरिसृप, ८ प्रकारका माछा, ३१ प्रजातिका पुतली र ३२ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छ । यो आरक्ष रैथाने हात्तीका लागि प्रख्यात छ, यसबाट पर्यटक आकर्षित गर्न सकिन्छ ।
    आरक्षको उत्तरी क्षेत्रमा अवस्थित पर्साको रामभौरी भाटा क्षेत्र प्राकृतिक सौन्दर्य, मनमोहक वनस्पति र जैविक विविधताको दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ । पानीको पर्याप्तताका कारण यो क्षेत्र वन्यजन्तु र चराचुरु·ीहरूको प्रमुख वासस्थानको रूपमा प्रयोग हुँदै आएको छ । विशेषत: चराचुरु·ीहरूका लागि प्रसिद्ध यो क्षेत्रमा साइबेरियालगायत ठाउँबाट प्रत्येक वर्ष चराचुरु·ी आई जाडो महिनामा बसोवास गर्ने र फूल पारी बच्चा हुर्काई पुन: फर्कने गरेको दाबी पर्यटनविद्हरूले गरेका छन् । यसैगरी वर्षभरि पानी रहेको बाराको हलखोरिया दहलाई पक्षी विहार, जलक्रीडा र नौका विहारको रूपमा विकास गर्ने स्थिति छ र त्यसो हुन सके चराचुरु·ी हेर्न चाहने व्यक्तिका साथै यसबारे अध्ययन अनुसन्धान गर्नेहरूका लागि यी दुवै क्षेत्र उपयुक्त स्थलको रूपमा स्थापित हुन सक्दछ । प्राकृतिक दृश्यावलोकन गर्न मन पराउने पर्यटकहरूका लागि सुरम्य प्राकृतिक स्थल मानिएको यस क्षेत्रमा गढीमाई, सिमरौनगढ, बौद्ध भिस्वा विहार, विन्ध्यवासिनी मन्दिर, पारसनाथ मठ, शड्ढराचार्य द्वार, सुख्खा बन्दरगाह, र चुरियामाईजस्ता थुप्रै ऐतिहासिक, पुरातात्त्विक र धार्मिकस्थलहरू पनि छन् । यस्ता पुरातात्त्विक, धार्मिक र दर्शनीय स्थलहरू भएकाले यस क्षेत्रमा धार्मिक पर्यटकहरू पनि उत्तिकै आकर्षित गराउन सकिन्छ तर यसका लागि आवश्यक वातावरणको सृजना, पर्यटकहरूका लागि आवश्यक पथप्रदर्शक, पर्यटन सूचना केन्द्र, प्राकृतिक र सास्कृतिक सङ्ग्रहालय, लगायतको उचित र व्यवस्थित प्रबन्ध मिलाउनुपर्दछ । पर्यटकहरूको बसाइ दुईचार दिन लम्बियाउनका लागि भए पनि यी ऐतिहासिक, प्राकृतिक र धार्मिक स्थलहरूको एकीकृत विकास र विस्तार गर्ने रणनीति लिनुपर्दछ।
    त्यस्तै, वीरगंजस्थित नारायणी र·शालालाई आधुनिक प्रविधियुक्त बनाउने हो भन्ने यस क्षेत्रमा खेल पर्यटक पनि भित्र्याउन सकिन्छ । सयौं उद्योगहरू सञ्चालित वीरगंज औद्योगिक कोरिडोर सबैका लागि चासोको विषय भएको छ  भने शिक्षा र कृषि पर्यटकको सम्भावना पनि यहाँ उत्तिकै रहेको छ । यसरी प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण हुँदाहुँदैं पनि यो क्षेत्र पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्न सकेको छैन । यस क्षेत्रमा पर्यटन विकासका लागि गुरुयोजना निर्माण भइसकेको छ, त्यसैले अब सोच्ने बेला होइन, त्यसको कार्यान्वयनमा अघि बढ्नुपर्दछ र तराईका गाउँगाउँमा पर्यटक पुर्‍याउनुपर्दछ । यसका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजका अगुवाहरूको साझा प्रतिबद्धता र सहकार्य हुनुपर्दछ । अनि मात्र सबैले कल्पना गरेको सुन्दर, शान्त र समृद्ध नेपाल वा तराईको विकास सम्भव हुन सक्दछ ।
    थुप्रै समस्या र चुनौतीहरूका बावजुद पनि यो लक्ष्य पूरा गर्न सकिन्छ तर यसका लागि आवश्यक छ–पर्याप्त सेवा, सुविधा र सुरक्षाको ।  अनि खाँचो छ–स्वस्थ पर्यटक वातावरण प्रवद्र्धन र बजारीकरणको, स्पष्ट दृष्टिकोण, सही प्रतिबद्धता, नीति र नियमको प्रभावकारी कार्यान्वयनको । मभन्दा मेरो जिल्ला, समाज र देश ठूलो र महत्त्वपूर्ण छ भन्ने मनोवृत्तिको विकास गर्न सकियो भने यी सबै सम्भव हुन सक्दछ ।             अन्त्यमा प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण हुँदाहुँदैं पनि यो क्षेत्र पर्यटकहरूका लागि प्रमुख आकर्षणको केन्द्र बन्न सकेको छैन । त्यसैले मुलुकको दिगो पर्यटकीय विकासका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजका अगुवाहरूको साझा प्रतिबद्धता र सहकार्य हुनुपर्दछ । अनि मात्र सबैले कल्पना गरेको सुन्दर, शान्त र समृद्ध जिल्ला, समाज र देशको विकास हुन सक्दछ ।
कजष्तबmिबजबतय२नmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : समृद्धिका लागि पर्यटन
समृद्धिका लागि पर्यटन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhnWYrg_17jWbKekl4EB7dhv522C1W2Z91sLTbnpiTd3YprJteIx9fdgVCZMTa_8Oi3OIwxj3qbP9fgFLVczeUWvXwH-DpkiwPC57Tr9ImpiSwPx0WbHZ8CYRgdqT3cfGGTxJxYvjvDdDcx/s1600/sheetal+mahto.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhnWYrg_17jWbKekl4EB7dhv522C1W2Z91sLTbnpiTd3YprJteIx9fdgVCZMTa_8Oi3OIwxj3qbP9fgFLVczeUWvXwH-DpkiwPC57Tr9ImpiSwPx0WbHZ8CYRgdqT3cfGGTxJxYvjvDdDcx/s72-c/sheetal+mahto.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/05/blog-post_9148.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/05/blog-post_9148.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy