प्रस, परवानीपुर, १३ जेठ/
आइतवारदेखि परेको मुसलधारे पानीको कारण बारा, छातापिपरा गाविसको दलित बस्ती प्रभावित भएको छ । वडा नम्बर १ मा रहेको २२ घरपरिवारसहितको सो बस्ती डुबानमा पर्ने खतरा बढेको छ । वर्षात्को शुरुमैं उक्त बस्ती अहिले कटानमा परेको समस्या झेलिरहेको देखिन्छ ।
सिर्सिया खोलामा नयाँ पुल बन्दा डाइभर्सनका कारण उनीहरू ६ महिना पहिले खोलाको २० मिटर उत्तर विस्थापित हुन पुगेका थिए ।
बस्तीको सुरक्षाका लागि पुलको ठेकेदारले खोलाको पश्चिमपट्टि गुणस्तरहीन बाँध निर्माण गरेको थियो ।
नितनपुर गाउँबाट निस्कने पानी सहजै खोलामा जाओस् भन्ने उद्देश्यले बाँधमुनि ह्युमपाइप जडान गरिएको थियो । तर नितनपुर गाउँको पानीले सोमवार बाँध भत्काएको छ भने बस्ती वरपरको माटो
कटान गरेको छ । उक्त दलित बस्ती खाल्डो ठाउँमा विस्थापित गराइएको कारण यस्तो समस्या आएको उनीहरूको गुनासो छ ।
जिविस बारा र छातापिपरा गाविसले उनीहरूको समस्या प्रति बेवास्ता गरेको पाइन्छ । दलित बस्ती डुबानमा पर्ने निश्चित भएको र घर कटान हुने स्थिति सृजना भएको छ ।
वर्षात् र गाउँको पानीले अधिकांशको घर अगाडिको माटो कटान गरेको मेघराज हजराले बताए । अबको वर्षात्ले घरै बगाएर लान्छ भन्ने भय त्यो बस्तीमा व्याप्त छ । स्थानीय निकायले यथाशीघ्र सो बस्तीको समस्या हल गर्न पहल गरिदिन जिविससँग उनीहरूले माग गरेका छन् ।