- विश्वराज अधिकारी
दक्षिण एसियाको महाशक्ति राष्ट्र भारतमा हालै भएको राजनैतिक परिवर्तन (लोकसभाको निर्वाचनमा भाजपाको जित र प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको उदय) सँगसँगै भारतलगायत यस क्षेत्रमा नयाँनयाँ अवसर एवं चुनौती सृजना भएका छन् । यस क्षेत्रमा राजनैतिक मात्र होइन, आर्थिक महाशक्ति पनि हुन पुगेको भारतलाई यो निर्वाचनले यस क्षेत्रमा आर्थिक महाशक्ति हुन अब अझै शक्ति प्रदान गर्नेछ । भारतले सन् १९९० देखि समाजवादपथ परित्याग गर्न प्रारम्भ गरेदेखि नै यसको आर्थिक विकासको गति तीव्र हुन पुगेको थियो । आर्थिक विकासको गतिमा आएको त्यो तीव्रताले नै भारतलाई छोटो समयमा दक्षिण एसियाको महाशक्ति राष्ट्र हुने अवसर प्रदान गर्यो । आज स्थिति यस्तो भएको छ कि भारतमा हुने आर्थिक परिवर्तनहरूले यसका छिमेकी राष्ट्रहरू प्रभावित नभई रहन सक्तैनन् । यो कारणले पनि भारतका छिमेकी राष्ट्रहरूले भारतको राजनैतिक साथै आर्थिक नीति तथा कार्यक्रमहरूलाई अभिरुचिका साथ हेर्न थालेका छन् । र यही कारण हुनुपर्दछ, भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा, जुन गत सोमवार (मे २६, २०१४) भएको थियो, मा भाग लिन छिमेकी मुलुकका विशिष्ट व्यक्तिहरूको ठूलो सङ्ख्यामा भारत आगमन भयो । सो समारोहमा भाग लिन नेपालका प्रधानमन्त्री सुशील कोइराला, पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, ब·लादेशकी सभामुख डा सिरिन यस चौधरी, मरिससका प्रधानमन्त्री रविन रङगुलम, अफगानिस्तानका राष्ट्रपति हमीद करजयी, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन, श्रीलड्ढका राष्ट्रपति महिन्द्रा राजापाक्षे भारत पुगेको समाचारमा जनाइएको थियो । करिब चार हजार स्वदेशी एव विदेशी पाहुनाहरूको सो समारोहमा उपस्थिति थियो । र सबैभन्दा रोचक पक्ष त के छ भने सन् १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र भएदेखि अहिलेसम्म न भारत, न पाकिस्तानबाट एक अर्का मुलुकमा यस किसिमको (प्रधानमन्त्रीको शपथ ग्रहण) समारोहमा प्रधानमन्त्री स्तरमा कोही उपस्थित हुने गर्दथ्यो । तर त्यो क्रम अब भने तोडिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन आउनका लागि भारतबाट पठाइएको निमन्त्रण स्वीकार गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ भारत आए । जबकि अहिले पनि भारत र पाकिस्तानको सम्बन्ध समधुर हुन सकेको छैन । विगतमा भारत र पाकिस्तानबीच सन् १९४७, १९६५, १९७१ र १९९९ मा गरी चारपटक युद्ध भइसकेको छ । सन् १९७१ मा भने भारतले ब·लादेशको स्वतन्त्रता सङ्ग्राममा ब·लादेशलाई सहयोग गर्ने क्रममा भारतको पाकिस्तानसँग युद्ध हुन पुगेको थियो । भारत र पाकिस्तानबीच भएका युद्धहरूमा सबैभन्दा बढी मानिसको मृत्यु यसै युद्धमा भएको थियो । दोस्रो विश्वयुद्धपछि सर्वाधिक ठूलो सङ्ख्या युद्धबन्दी पनि यसै युद्धमा भएका थिए । भनिन्छ सेना र समान्य नागरिक गरी करिब ९० हजार पाकिस्तानीले भारत र ब·लादेशका संयुक्त सेना समक्ष आत्म समर्पण गरेका थिए । यस युद्धमा पाकिस्तानले ठूलो क्षति बेहोरेको थियो । यस युद्धमा पाकिस्तानले आधा जलसेना, एकचौथाई हवाई सेना र एकतिहाई सेना गुमाएको थियो । यसबाहेक भारत पाकिस्तान विभाजनको घाउ अहिले पनि यी दुवै राष्ट्रको स्मरणबाट हराउन सकेको छैन । भारत र पाकिस्तान विभाजनको समयमा हिन्दू–मुस्लिम र सिख–मुस्लिमबीच भएको जातीय हिंसामा करिब ५ देखि १० लाखले ज्यान गुमाएका वा घाइते भएको अनुमान गरिन्छ ।
विगतका घटनाहरूलाई केलाएर हेर्ने हो भने श्रीलड्ढामा तमिलहरूद्वारा गरिएको आन्दोलनमा श्रीलड्ढा र भारतबीच सम्बन्ध चिसो हुन पुगेको थियो । यसैगरी जनस्तरमा नेपाल र भारतबीच सम्बन्ध समधुर भए तापनि यी दुई देशबीच सरकारीस्तरमा भने सम्बन्ध सौहार्दपूर्ण हुन सकेन । गएको एक दशकमा भारतका प्रधानमन्त्रीबाट नेपालको भ्रमण भएन । मनमोहन सिंह दस वर्षसम्म भारतको प्रधानमन्त्री रहे तर उनले आफ्नो कार्यकालमा एकपटक पनि नेपाल भ्रमण गरेनन् । सिंहले धेरै छिमेकी मुलुकको भ्रमण गरे, विश्वका सयौं मुलुक पुगे तर नेपाल उनको महत्त्व एवं प्राथमिकताको सूचीमा पर्न सकेन । विगतको काङ्ग्रेस सरकारले नेपाललाई खासै महत्त्व नदिएको यसबाट पनि सड्ढेत मिल्छ । हालैको चुनावमा भारतीय राष्ट्रिय काङ्ग्रेसको ठूलो पराजय हुनुका विभिन्न कारणमध्ये एक उसको शासनकालमा छिमेकी राष्ट्रहहरूसँग राम्रो सम्बन्ध हुन नसक्नु पनि हो ।
नवनिर्वाचित प्रधानमन्त्री मोदीले भने अब पुराना कुराहरूलाई बिर्सेर, तत्कालमा समाधान हुन नसक्ने समस्याहरू (कश्मीर आदि) लाई हालका लागि थाती राखेर छिमेकी मुलुकहरूसँग राम्रो सम्बन्ध राख्न खोजेको देखिएको छ । मोदीको मनभित्र यथार्थमा, छिमेकी राष्ट्रहरूप्रति कस्तो किसिमको दृष्टिकोण छ भन्ने कुरा त थाहा पाउन सकिंदैन तर उनका व्यवहार एवं अभिव्यक्तिहरूको विश्लेषण एवं मूल्याड्ढन गर्ने हो भने मोदीले छिमेकी राष्ट्रहरूसँग राम्रो सम्बन्ध राख्न खोजेको प्रस्ट हुन्छ । र यसको प्रमाण हो भारतले प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा भाग लिन छिमेकी मुलुकहरूका राष्ट्र एवं सरकार प्रमुखहरूलाई महत्त्वका साथ निमन्त्रण पठाउनु । भारतले यसरी गरेको निमन्त्रणले मोदी सरकार आफ्ना छिमेकी सरकारहरूलाई महत्त्व दिन्छ, छिमेकी सरकारहरूसँग सौहार्दपूर्ण सम्बन्ध कायम गर्न खोज्छ र निरन्तर संवादमा रहन चाहन्छ भन्ने कुराको सड्ढेत मिल्छ । भारतले दिएको यस किसिमको निमन्त्रणले मूलरूपमा दिन खोजेको मुख्य सन्देश के हो भने अबको भारत यस क्षेत्रको आर्थिक विकासका लागि छिमेकी मुलुकहरूसँग मिलेर कार्य गर्न चाहन्छ । यस क्षेत्रको विकासले भारतको विकासमा प्रत्यक्ष वा परोक्षरूपमा असर पार्ने भएकोले भारत दक्षिण एसियाकै आर्थिक विकासमा योगदान पुर्याउन चाहेको देखिन्छ ।
मोदी एक कुशल आर्थिक नेता हुन् । उनलाई थाहा छ भारत धनी हुन छिमेकी मुलुकहरू पनि धनी हुनु जरुरी छ, छिमेकी मुलुकहरूमा पनि शान्ति हुन जरुरी छ । छिमेकी मुलुकहरू निर्धन भएमा भारत एक्लो धनी हुन सक्तैन । यसैगरी मोदीलाई यो पनि थाहा छ कुनै पनि मुलुक वा क्षेत्रको आर्थिक विकासका लागि त्यस मुलुक वा क्षेत्रमा शान्ति स्थापित हुनु पनि त्यतिकै जरुरी छ । निरन्तरको लडाइँ र झगडाले आर्थिक विकास सम्भव छैन । अर्बौं रुपियाँ हतियारमा खर्च गरेर, सेनाको सङ्ख्यामा भारी वृद्धि गरेर देशमा आर्थिक विकास होइन, उल्टो गरिबी वृद्धि हुन्छ । विकास त बरु मुलुकभित्र स्कूल, अस्पताल आदिको स्थापनामा गरिने वृद्धिले हुन्छ । यो यथार्थ मोदीले राम्ररी बुझेका छन् । त्यसैले भारतको आर्थिक विकासका लागि परम्परागतरूपमा शत्रुता रहेको पाकिस्तानसँग पनि मिलेर कार्य गर्न मित्रताको हात अघि अगाडि बढाएका छन् । मुलुकको आर्थिक विकासका लागि शत्रुतालाई बिर्सन वा विश्राम दिन खोजेका छन् ।
अहिलेको युग आर्थिक विकासको युग हो । परम्परगतरूपमा रहँदै आएको शत्रुता बिर्सेर वा केही समयका लागि विश्राम दिएर मुलुकको आर्थिक विकासमा केन्द्रित हुनुपर्ने युग हो । अहिले अमेरिका र युरोपका धेरै राष्ट्रले यस मान्यतामाथि विश्वास गरेका र यो मान्यता अनुसार कार्यसमेत पनि गरेको देख्न सकिन्छ । यही मान्यता अनुसार अमेरिकाले क्रिमिया सड्ढटमा कुनै किसिमको सैनिक हस्तक्षेप गरेन । यस यथार्थलाई पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले पनि राम्ररी बुझेका छन् । हालै मोदीसँग भएको भेटमा शरीफले हामीबीच रहिआएको अविश्वास हामीले त्यागेर शान्ति र स्थिरताका लागि मिलेर कार्य गर्नुपर्छ भने । शरीफले मोदीसँगको वार्ता असल र रचनात्मक रहेको पनि उल्लेख गरे । यसैगरी दुई देशबीच रहेको सम्बन्धको नयाँ पाना पल्टिएको पनि भने ।
तर भारत र पाकिस्तान, दुवैतिर यी दुई राष्ट्रहरूबीच असल सम्बन्ध कायम नहोस् भनी कामना र प्रयत्न गर्नेहरूको सङ्ख्या पनि कम छैन । यसैगरी भारतमा परम्परागत सोच बोक्नेहरूको एउटा सानो तर महत्त्वपूर्ण समूह छ । त्यो समूहले छिमेकी मुलुकहरूलाई भारतले निर्देशन र नियन्त्रणमा राख्नुपर्दछ भन्ने विश्वास राख्दछ । तर अबको यो आर्थिक युगमा परम्परागत सोच राख्नेहरूको शक्ति कमजोर भएर जानेछ । यो युगका मान्छेहरूले के बुझेका छन् भने एक अर्काप्रति विश्वास र शान्ति नै आर्थिक विकासको मूल आधार हो । हरेक देशले आफ्नो देशको आर्थिक विकास गर्न छिमेकी मुलुकहरू सँग मिलेर गर्नुको कुनै विकल्प छैन, यस युगमा।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm