प्रस, वीरगंज, १३ जेठ/
पोखरिया गाविसलाई नगगरपालिका घोषणा नगरेको विरोधमा गठित सङ्घर्ष समितिको नेतृत्वमा राजधानी पुगेको टोलीले आज सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन बुझाएको छ ।
सङ्घर्ष समितिका तर्फबाट संयोजक रामेश्वर रौनियारले मन्त्री सिंहलाई ज्ञापन बुझाउँदै नेपाल सरकारले नगरपालिका घोषणाको लागि २० हजार जनसङ्ख्या, सदरमुुुकामसँग जोडिएको बाटो, उच्च शिक्षा, खानेपानी, सुरक्षा निकायको उपस्थिति, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, अस्पताल, राजधानीसँग जोड्ने सवारी साधन सञ्चालित सडक हुनुपर्ने मापदण्ड पोखरियामा विद्यमान भएको जानकारी गराएका थिए । ज्ञापनपत्र बुझ्दै मन्त्री सिहले ७२ वटा नगरपालिका घोषणा गरिनु उपलब्धिपूर्ण कार्य भए पनि पोखरिया गाविस नगरपालिका घोषणा नभएकोमा आफ्नो ध्यानाकर्षण भएको बताए । उनले पूर्वाधार तयार रहेका थप केही गाविसलाई नगरपालिका घोषणा गर्न सरकारले प्राध्यापक केशवानन्द गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको र सो समितिले अध्ययन गरी प्रतिवेदन बुझाएपछि मापदण्ड पूरा गरेका पोखरियासमेत नगरपालिका घोषणा गरिने प्रतिबद्धता जाहेर गरे ।
मन्त्री सिंहले पोखरिया गाविसलाई नगरपालिका घोषणा गर्ने आफ्नो प्रयास रहने टोलीलाई आश्वासन दिएका थिए । उनले गिरीको नेतृत्वमा बनेको समितिले दुई सातामा आफ्नो प्रतिवेदन बुझाउने जानकारी गराएको सङ्घर्ष समितिका संयोजक रौनियारले प्रतीकलाई बताए ।
पोखरिया नगरपालिका घोषणा गराउन गएको टोलीमा सभासद् राजेन्द्रबहादुर अमात्य, बिचारी यादव, जयप्रकाश थारू चौधरी, नागेन्द्र चौधरी, जुनैद अन्सारी, रमेश पटेल, विमल केडिया, पूर्व सभासद् रमेश रिजाल, अजय द्विवेदी, प्रद्युम्न चौहान, शोभाकर पराजुुली, अजय चौरसिया, ठाकुरराम बहुमुखी क्याम्सका प्रमुुुख ललन द्विवेदी, मधेसी जन अधिकार फोरम पर्सा अध्यक्ष प्रदिप यादव, एमाले पर्साका अध्यक्ष चिरञ्जीवी आचार्य, एमाओवादीका बलिराम साह, सद्भवना पार्टीका केन्द्रीय सदस्य निजामुद्दीन समानीलगायत पोखरियाका स्थानीय नेता, समाजसेवी र सञ्चारकर्मीसहित प्रतिनिधिमण्डलमा ७० जना सहभागी छन् ।