$type=ticker$count=12$cols=4$cate=0

गणतन्त्र संस्थागत नहुँदा जनता निराश – प्रजिअ बजिमय

SHARE:

प्रस, वीरगंज, १५ जेठ/
    सातौं गणतन्त्र दिवसको अवसरमा आज वीरगंज, घण्टाघरमा नागरिकको गणतन्त्र दिवस मनाइएको छ ।
    जवाफदेहिताको लागि युवा अभियानको आयोजना तथा विकास नेपाल पर्सा र नेपाल पत्रकार महासङ्घ पर्साको समन्वयमा घण्टाघरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले जनाताको बलबाट ल्याइएको परिवर्तनलाई उत्कर्षमा पुर्‍याएर गणतन्त्र स्थापना भए पनि संस्थागत हुन नसक्दा नेपाली जनता निराश भएको बताए । उनले राष्ट्रको परिवर्तन र हितको लागि शहीदहरूले देखाएको बाटो बिर्से फेरि तानाशाह जन्मने खतरा रहेको बताए ।
    नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं मध्यमाञ्चल संयोजक शीतल महतोले गणतन्त्र ल्याउन वीरगंजको उल्लेखनीय योगदान रहेको चर्चा गरे । उनले  गणतन्त्र जोगाउन पनि यस क्षेत्रका जनताको योगदान उत्तिकै हुनुपर्ने बताए । महतोले जनताको बलमा स्थापित गणतन्त्रमा शहीद परिवार र घाइतेहरूले अहिले पनि राहत नपाएकोमा तत्काल राहत उपलब्ध गराएर गणतन्त्रको अनुभूति दिन माग गरे । पत्रकार महासङ्घका अध्यक्ष श्याम बञ्जाराले जनता सामु वाचा गरे अनुसार राजनीतिक दलका नेताहरूले गरेको प्रतिबद्धताभन्दा पनि जनताको घरघरमा गणतन्त्रको आभास भएको हेर्न चाहेको बताए । उनले सञ्चारकर्मीहरूको तर्फबाट खेल्नुपर्ने भूमिकाको लागि पत्रकार महासङ्घ सदैव क्रियाशील रहने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा नेपाल मानव अधिकार स·ठन पर्साका अध्यक्ष कमलमोहन पोखरेलले मेलमिलापको नीति लिएर संविधान निर्माण गर्नुपर्ने र संविधान निर्माणपछि नै देश विकासले गति लिने बताए । नेपाल रेडक्रस पर्साका सभापति एवं विकास नेपाल पर्साका अध्यक्ष फूलमहम्मद मियाँले जनतामा अझै गणतन्त्र स्थापना भएको अनुभूति हुन नसकेको बताए ।
    कार्यक्रममा पर्साका प्रजिअ कैलाशकुमार बजिमयले जनान्दोलन २०६३ मा शहादत प्राप्त गरेका बाराका हीरालाल गौतमकी घर्मपत्नी गायत्री देवी गौतमलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
    जवाफदेहिताको लागि युवा अभियानका संयोजक शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासङ्घ पर्साका पूर्व अध्यक्ष केसी लामिछाने, सदस्य मायामितु न्यौपाने, सुरेश विडारी, कविता खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रमको संयोजन नीरज पीठाकोठेले गरेका थिए ।
दुई माओवादी निकट विद्यार्थीको एउटै कार्यक्रम
    गणतन्त्र दिवसको अवसरमा एमाओवादी र नेकपा–माओवादी निकट विद्यार्थी स·ठनले संयुक्त कार्यक्रम गरेका छन् । अखिल क्रान्तिकारी र अनेरास्ववियु क्रान्तिकारीले आज साँझ ठाकुर राम बहुमुखी क्याम्पस परिसरमा संयुक्तरूपमा मैनबत्ती बालि गणतन्त्र दिवस मनाए ।
    सो अवसरमा विद्यार्थी नेताहरू प्रभाकर गुप्ता, राकेश यादव, सन्तोष घिमिरे, ठाराब स्ववियुका निवर्तमान सभापति मुकेश द्विवेदीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा दुवै माओवादी निकट विद्यार्थी नेताले यथाशीघ्र दुई दलबीच एकीकरण हुनुपर्नेमा जोड दिएका थिए । वामपन्थी एकताबिना समाज परिवर्तन सम्भव नभएको उनीहरूको धारणा थियो ।
पथलैया वृद्धाश्रमलाई खाद्यान्न
प्रस, जीतपुर/
    गणतन्त्र दिवसको पूर्व संध्यामा सञ्चालनमा आएको गढीमाई नगरपालिका कार्यालय, जीतपुरका कार्यकारी अधिकृत कृष्णप्रसाद चापागाईं, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प जीतपुरका प्रमुख नरेन्द्र सिंह धामी, इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख अरुणकुमार कुशवाहाले गणतन्त्र दिवसको अवसरमा पथलैयास्थित जेष्ठ नागरिक वृद्धाश्रमलाई रु १५ हजार मूल्य बराबरको खाद्यान्न एक समारोहबीच आज वितरण गरेको छ ।
    गणतान्त्रिक मुलुकमा जेष्ठ नागरिक तथा वृद्धवृद्धाहरूलाई सम्मानसहित राहत सामग्री वितरण गर्नु यस भेगकै लागि प्रशंसनीय कार्य भएको पथलैया विकास समितिका अध्यक्ष रामदास धौजुले बताए ।
फलफूल वितरण
सिकेन्द्र पासवान, कलैया/
    सातौ गणतन्त्र दिवसको अवसर पारेर जिल्ला विकास समिति बाराले कलैया अस्पतालमा बिरामीहरूलाई फलफुल वितरण गरेको छ ।
    प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न फलफूल वितरण कार्यक्रममा बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरी, जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी जितेन्द्र कर्ण, अस्पतालका प्रमुख डा. सुन्दरश्याम झा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी कार्यालयका प्रमुखहरूको सहभागितामा फलफूल वितरण गरिएको जिल्ला विकास समितिका नायब सुब्बा बद्री बहादुर थापाले जानकारी गराए ।
    उनका अनुसार बेलुका सम्पूर्ण सरकारी कार्यालयहरूमा दिपावली गरी गणतन्त्र दिवस मनाउन प्रमुख जिल्ला अधिकारी अर्यालले कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : गणतन्त्र संस्थागत नहुँदा जनता निराश – प्रजिअ बजिमय
गणतन्त्र संस्थागत नहुँदा जनता निराश – प्रजिअ बजिमय
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgrW2NjqaVpDPGmpquSpD0qbW2vILmHIvHwuLgmPte7_CKq2rcpyYjgDJVNembs2X9U_mv24rKO7I7rTRwYBIUt0zSSF-4-ijm1gLKSva_MV5o4AGyVhA_Oyu-x1ePabidGzcg-cx0Sv8JL/s1600/gantanradiwas.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgrW2NjqaVpDPGmpquSpD0qbW2vILmHIvHwuLgmPte7_CKq2rcpyYjgDJVNembs2X9U_mv24rKO7I7rTRwYBIUt0zSSF-4-ijm1gLKSva_MV5o4AGyVhA_Oyu-x1ePabidGzcg-cx0Sv8JL/s72-c/gantanradiwas.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/05/blog-post_4605.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/05/blog-post_4605.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy