सिकेन्द्र पासवान, कलैया, १४ जेठ/
बारा, हरैया गाविसमा लगाइएको परवरको बजार व्यवस्थापन नहुँदा किसानहरू उचित मूल्य नपाई मारमा परेका छन् ।
गाविसको वडा नं १ रामनगर, वडा नं. ६ नयाँबस्तीमा करिब ७० बिघामा किसानहरूले स्थानीय जातको परवर खेती गरिरहेका छ तर बिक्री वितरणको लागि बजार व्यवस्थपन नभएकोले उत्पादित परवरले उचित भाउ नपाउँदा किसानहरू चिन्तित बनेका हरैया–१ पिपरलडाडका किसान बुद्धिमान थिङले दु:ख व्यक्त गरे । उक्त स्थानमा एमआरसी नेपालको प्राविधिक सहयोग तथा ओफिड संस्थाको आर्थिक सहयोगमा उन्नत परवर खेती गरिएको प्राविधिक सहजकर्ता सुरेश चौधरीले बताए ।
यहाँ व्यवस्थित बजार तथा बाटोघाटोको असुविधाको कारण किसानले उत्पादन गरेको परवर तरकारी अन्यत्र लैजान नसकेको स्थानीय कृषक बिन्दु लामाले बताइन् । उनका अनुसार बजार व्यवस्थपनको अभावले गर्दा स्थानीय व्यापारीहरूलाई सस्तो मूल्यमा परवर बिक्री गरिरहेको बताइन् । यहाँ दैनिक ५० क्विन्टलको हाराहरीमा परवर उत्पादन हुने गरेको भए पनि सो क्षेत्रमा बजार व्यवस्थापन नहुँदा
किसानले चाहेर पनि गरेको मिहिनेत अनुसार फल पाउन नसकेको किसान मानबहादुर तामाङले बताए । उनका अनुसार सो क्षेत्रमा परवर खेती व्यवस्थापन गर्न र उत्पादित तरकारीको प्रवद्र्धन गरी निर्यात गर्नका लागि बाटोघाटोको सुविधाका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।