ओमप्रकाश चौधरी, सेढवा, १३ जेठ/
पर्सा, सेढवा गाविस–८ निवासी हेमन्ती देवी थरूनीले नम्बरबिनाको नागरिकताा प्राप्त गरेकी छन् । जिल्ला प्रशासन कार्यालय पर्साबाट मिति २०६८ वैशाख १२ गते थरूनीले वैवाहिक अ·ीकृत नागरिकताा प्राप्त गरेकी थिइन् । लेखपढ गर्न नजान्ने थरूनीले उक्त नागरिकताबाट मोबाइलको सीम लिन खोज्दा दुई वर्ष पछि नम्बर नभएको कुरा खुलेको हो ।
पतिको नेपाली नागरिकता हुँदाहुँदै पनि उक्त नागरिकता प्राप्त गर्न थरूनीले गाविस सचिव र जिल्ला प्रशासनमा निक्कै धाउनुपरेको थियो । बल्लतल्ल बनाएको नागरिकता पनि काम नलाग्ने भएपछि छाँगाबाट खसेझैं भएको थरूनीले दु:खेसो पोखिन् ।
नागरिकता प्रमाणपत्रमा नम्बर चढाइदिन अनुरोध गर्न थरूनी र उनका छोरा विजय चौधरी म·लवार जिल्ला प्रशासन कार्यालय, पर्सा पुगेका थिए । नागरिकता फाँटका कर्मचारीहरूले यो नागरिकतालाई कसरी सक्कली भन्ने भन्दै हप्काएको विजयले गुनासो गरे ।
थरूनीले प्राप्त गरेको नम्बरबिनाको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत नाथु साहको हस्ताक्षर छ । नागरिकताको कार्ड र सरकारी छाप समेत जिल्ला प्रशासनकै छ । तर पनि नागरिकतामा नम्बर चढाउन प्रारम्भिक चरण गाविसको सिफारिस हुँदै आउनुपर्ने बताइएको छ ।
ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएकी थरूनीका छोरो विजय गाउँकै एक प्राथमिक विद्यालयमा परिचारकको काम गर्छन् । वीरगंज आउनजान ऋण काढ्नुपर्ने अवस्था रहेकोले फेरि नागरिकताको शुरु कारबाईमा जाँदा ठूलै समस्या परेको उनले प्रतीकसँग दु:खेसो पोखिन् । “हाम्रो गल्ती केही छैन हजुर, सरकारी हाकिमहरूले गल्ती गर्दा पनि हामीले नै दु:खपाउनु पर्ने किन होला, उनीहरूले नम्बर नहालेर काम बिगारे ।
कारबाइ त उनीहरूलाई हुनुपर्ने होइन र”–हेमन्ती देवी थरूनीले प्रतीकसँग जिज्ञासा राखिन् ।