- नीरज गुप्ता
तन्त्र कुनै भए पनि मन्त्र चाहिं उही हो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आए पनि नेपाली नागरिकको जीवनस्तरमा कुनै फरक परेको छैन । मुलुकले ३६ वटा प्रधानमन्त्री पाए पनि कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षको कार्यकाल पूरा गर्न सकेका छैनन् । १ वर्षभित्र संविधान बनाउन गठन भएको यो सरकारले पाँच महिना बितिसक्दा पनि संविधानसभाले पूर्णता पाएको छैन ।
दलीय खिचातानीको बावजुद अहिलेसम्म मनोनीत सभासद्को नियुक्ति हुन सकेको छैन । सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिमा विवाद
भएको छ । यो विश्व इतिहासमा सायदै भएको होला । न्यायालय स्वतन्त्र तथा निष्पक्ष हुने ठाउँमा पनि दलीय भागबन्डाबाट अछुतो रहेन । दलीय सिफारिसमा तथा विवादित न्यायाधीशको नियुक्ति सर्वोच्च अदालतमा हुन्छ भने नेपालको न्याय प्रणालीमा सर्वसाधारणले कसरी विश्वास गर्ने ?
कुनै दलको सिफारिसमा कुनै न्यायाधीश नियुक्त भएपछि यदि पीडक उही दलको छ र पीडित अन्य दलको छ भने ती न्यायाधीशले दलको मान्छेलाई सजाय दिने आँट गर्ला ? कदापि गर्न सक्दैन किनभने नुनको सोझो बन्ने सुनौलो अवसर त्यही हो ।
जुन देशमा युवाको सङ्ख्या बढी हुन्छ त्यो मुलुकले छिट्टै आर्थिक प्रगति गर्न सक्छ तर हाम्रो मुलुकको अवस्थामा ठीक विपरीत छ । आज युवाको उल्लेखनीय सङ्ख्या नेपालको लागि टाउको दुखाइको विषय बनेको छ । रोजगारको अभावमा हाम्रो मुलुक विदेशी दास उत्पादन गर्ने राष्ट्र बन्न पुगेको छ । यसको आलोचना विश्व समुदायले गरिरहेको छ । यहाँ दिनहुँ १५ सयभन्दा बढी युवा विदेश पलायन भइरहेका छन् । सस्तोमा आफ्नो श्रम बेच्न बाध्य छन् ।
दैनिक तीनवटा बाकसभित्र विदेशिएका नेपालीको लाश विमानस्थलमा आइरहेको छ ।
विदेशमा ४५ डिग्री सेल्सियसको तापक्रममा नेपाली युवा रगतपसिना बगाएर काम गरिरहेका छन् र विभिन्न किसिम प्राणघातक रोगको शिकार भई घर फर्किरहेका छन् । यो परिवार, समाज र राष्ट्रको लागि अभिशाप हुन पुगेको छ ।
रेमिटयान्सबाट देशको अर्थतन्त्र वर्तमानको लागि सुखद भए पनि भविष्यको लागि खतरनाक हुन सक्छ । आज अधिकांश गाउँघर युवाविहीन बन्न पुगेको छ, मलामीको पनि अभाव छ । खेतहरू बाँझा छन् ।
मुलुकमा जति विद्यालयको सङ्ख्या छैन त्यति रक्सीभट्टी छन् । अधिकांश रक्सीभट्टीमा भाँडा माझ्ने तथा कुचो लगाउने भविष्यका कर्णधार बालबालिका बाल श्रमिकबारे ठूल्ठूलो भाषण र वकालत गर्नेहरूकै घरमा बालनोकर छन् ।
शैक्षिक सत्र शुरु भए पनि नेपालको दुर्गम भेगका विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको छैन । दलित, निमुखा तथा पिछडा वर्गका बाबु तथा आमाको नागरिकता नभएपछि तिनीहरूको सन्तानको जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना हुन पाएका छैनन् ।
प्राकृतिक दृष्टिले हाम्रो देश विश्वमा अगणी छ तर खाद्यान्न, विद्युत्लगायत अन्य सामग्रीहरू विदेशबाट आयात गर्न बाध्य छौं । नीति निर्माताको अदूरदर्शी सोचका कारण नेपाली दिन प्रतिदिन गरीबीको रेखामुनि भासिइरहेका छन् ।
जलविद्युत्मा विश्वको दोस्रो धनी राष्ट्र भए पनि दिनहुँ १० घण्टा लोडसेडिङ भोग्न बाध्य छौं । यसको प्रत्यक्ष असर विद्यार्थीको पठनपाठन, कलकारखाना बन्द हुँदा राज्यले आर्थिक प्रगति हासिल गर्न सकेको छैन ।
देशलाई विचित्र बनाउन हामी नेपालीको प्रमुख योगदान छ । कामभन्दा कुरा बढी गर्ने बानी परेको छ ।
सक्षम सरकार चुन्ने बेला नेताहरूको फोस्रो भाषण र मासुचिउरा, रक्सी र पैसामंै मख्ख पर्छौ । आफ्नो मतको मोलतोल गर्छौ । राजनीतिमा लगानी गरी विजयी उम्मेदवारसँग नाफा असुल गर्ने परम्परा बसेको छ । देश किन बनेन, भ्रष्टाचार बढ्यो, नेताले देश बिगारे भन्दै तथानाम गाली गर्छौ ।
महान् दार्शनिक लियो टोलस्टोयले भनेका छन्– “संसारमा हरेक मानिस विश्वलाई परिवर्तन गर्न चाहन्छ तर कोही पनि आपैंmलाई परिवर्तन गर्न चाहँदैन ।” हामी नेपालीले पहिले आफूलाई परिवर्तन गर्नुपर्छ अनि राष्ट्र स्वयं परिवर्तन हुन्छ ।
छिमेकी वा दाजुभाइले एक इन्च जग्गा मिच्दा हामी भेंडाजस्तै लड्छौं, अदालत धाउँछौं तर छिमेकी देशहरूले हाम्रो सीमा मिच्दा शान्त रहन्छौं ।
समस्याहरू धेरै छन् तर तिनको न्यूनीकरण गर्न सकेनौं भने नेपाली जीवनस्तर कहिले पनि माथि उठ्न सक्दैन । अजब देशको गजब कहानी नेपाल हुनेछ । त्यसैले उठौ, शान्त नबसौं र सन्तुष्ट नरहौं, मेहनत गरौं र आउने पिढीलाई सक्षम पार्न वर्तमानदेखि लागौं ।
– श्रीपुर, वीरगंज