ओमप्रकाश चौधरी, सेढवा, १२ जेठ/
पर्साको सेढवा र महादेवपट्टी गाविसको दोसाँधमा स्थित चमरी खोलामा पुल निर्माण कार्य शुरु भएको छ ।
क्षेत्र नं. ५ का सभासद् जयप्रकाश थारूले आज उक्त पुल निर्माण कार्यको उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभासद् थारूले जनसहभागिताबिना विकास निर्माण कार्य असम्भव हुने बताए । स्थानीय आवश्यकता अथाह रहेको र त्यसलाई पूरा गर्ने स्रोत साधन सीमित रहेकोले सबभन्दा महत्त्वपूर्ण कार्यको निक्र्योल जनसमुदायले गर्नुपर्ने र सर्वसम्मतरूपमा योजना माग भएमा योजना विनियोजन गर्ने निकायलाई पनि सजिलो हुने बताए । महत्त्वपूर्ण योजनालाई राननीतिक आस्था, क्षेत्रीयताको आधारमा बिथोल्ने, असहयोग गर्ने कार्य समाजमा हुन नहुने भन्दै नेता थारूले योजना परेपछि निर्माण र निर्माण पश्चात् संरक्षण तथा मरम्मत सम्भारमा समेत जनसहयोग, जनचासो र जनश्रम आवश्यक पर्ने बताए ।
जिल्ला विकास समिति पर्साको २५ लाख रुपियाँ र स्थानीय जनश्रम ३ लाख समेत २८ लाखको लागतमा चमरी पुल निर्माण हुन लागेको निर्माण समितिका अध्यक्ष रामशरण खवास थारूले जानकारी गराएका थिए । यही आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष थारूले बताए । पुल उद्घाटन समारोहमा नेपाली काङ्ग्रेस पर्साका नेता तथा महासमिति सदस्य बृहस्पतिकृष्ण श्रेष्ठ, नेविसङ्घ पर्साका सदस्य सन्तोष चौरसिया, सेढवा माविका प्रधानाध्यापक जितेन्द्रप्रसाद गौरो, शशिकपुर राय, एमाले पर्साकी नेतृ उषा चौधरीलगायतले मन्तव्य प्रकट गरेका थिए । चमरी पुल निर्माणपछि महादेवपट्टी, सुवर्णपुर, निर्मलबस्ती, ठोरी गाविसका बासिन्दालाई वीरगंज आवतजावत गर्न प्रत्यक्ष फाइदा पुग्नेछ भने वीरगंज–ठोरी सडक केही छोटिने छ ।