प्रस, वीरगंज, १३ वैशाख/
अभिभावक सङ्घ पर्साको आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जिल्ला शिक्षा कार्यालय र सरोकारवालाहरूको भूमिका विषयक अन्तक्र्रियामा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्तीले पर्सा जिल्लामा गैरकानुनीरूपमा सञ्चालित विद्यालयहरूलाई बन्द गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नै कार्यालयका केही कर्मचारीहरूको मिलेमतोमा रातारात बाँडिएको निजी विद्यालय सञ्चालन अनुमतिविरुद्ध शिक्षा विभागले अनुसन्धान शुरू गरेको जानकारी गराए । उनले जुनसुकै अवस्थामा पनि गैरकानुनी विद्यालयहरू बन्द गरिने बताए ।
उनले शिक्षा कार्यालयका कर्मचारीहरूले निजी विद्यालयहरूको दर्ता चलानी पुस्तिकासमेत गायब गरेका खुलासा गरे । कारबाईको भयले निजी विद्यालयहरूको तथ्याङ्क गायब पारिएकोले तथ्याङ्कको अभाव भएको उनले बताए ।
रातारात खोलिएका विद्यालयहरूसँग आवश्यक कागजात माग गर्दा सञ्चालकहरूले आलटाल गरिरहेका पनि उनले बताए । एकजनाले दिएको विद्यालयको कागजातको चलानी नम्बरमा विदेशी सामाजिक संस्थालाई पठाएको अनुरोधपत्र दर्ता भएको देखिएको बताउँदै उनले जिल्लामा लगभग ३० भन्दा बढी निजी विद्यालयहरू नक्कली रहेको दाबी गरे ।
शिक्षा नियमावली अनुसार निजी विद्यालयहरूको हकमा कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति तथा अभिभावक समिति गठन हुनुपर्ने बताउँदै जिशिअ वस्तीले निजी विद्यालयका सञ्चालकहरू यही समाजका मानिस भएकाले अभिभावक समिति गठनको लागि पहल गर्न आवश्यक रहेको सुझाव दिए ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले निजी विद्यालयहरूलाई कारबाईको प्रक्रिया अगाडि बढाइए प्रहरीले साथ दिने बताए । उनले निजी विद्यालयहरूले सवारीसाधनमा सिटभन्दा तेब्बर विद्यार्थीहरू राखी लैजाने कार्य अविलम्ब बन्द नगरे कारबाई अगाडि बढाइने चेतावनी दिए । उनले निजी विद्यालयहरूको नाउँमा गुन्डागर्दी गर्नेहरूलाई पनि प्रहरीले बाँकी नराख्ने बताए ।
प्याब्सन पर्साका जिल्ला अध्यक्ष इमामुद्दिन अहमदले निजी विद्यालयहरूले अहिले अभिभावहरूको मन जित्ने प्रयास गरिरहेका बताए । तर निजी विद्यालयहरूमा पनि धेरै विकृति फैलिएको पनि उनले स्वीकारे । उनले गैरकानुनीरूपमा सञ्चालित विद्यालयहरू अविलम्ब बन्द गर्नुपर्ने मागसमेत गरे । निजी विद्यालयहरूले चर्को शुल्क नलिई आफूहरूले दिंदै आएको सेवा सुविधा अनुसार शुल्क लिने गरेको उनले दाबी गरे ।
निजी विद्यालयहरू सेवाको नाउँमा अभिभावकहरूलाई ठगिरहेको नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले आरोप लगाए । उनले शिक्षा नियमावलीविपरीत तोकिएको पसलहरूमा कपडा, पुस्तकलगायत अन्य शैक्षिक सामग्रीहरू खरिद गर्न लगाउने गलत प्रवृत्ति विद्यमान रहेको बताए ।
अभिभावक सङ्घका पर्साका अध्यक्ष अमर गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी नेता
विश्वास द्विवेदी, नेपाल शिक्षक युनियनका अध्यक्ष रामचन्द्र पण्डित, जिल्ला शिक्षक सङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जेसीज भवनमा सम्पन्न कार्यक्रमको सञ्चालन अमित श्रेष्ठले गरेका थिए ।