प्रस, वीरगंज, १३ वैशाख/
नेपाल निजामती कर्मचारी युनियन पर्साको छैटौं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।
प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले अधिवेशनको उद्घाटन गर्दै राष्ट्रनिर्माणमा राष्ट्रसेवक कर्मचारीहरूको भूमिका अतुलनीय रहेको बताए ।
राजनीतिक अस्थिरताको बेला सरकारले गरेको निर्णय नागरिकसम्म पुर्याउने कार्यलगायत पदीय
जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने राष्ट्रसेवक कर्मचारीहरू धन्यवादका पात्र हुन्, उनले भने ।
कार्यक्रममा विशिष्ट अतिथि पूर्वसभासद् अजय द्विवेदीले लोकतन्त्र बलियो भए कर्मचारी पनि बलियो हुने बताए । जनताले देशमा पटकपटक लोकतन्त्र ल्याए पनि संस्थागत गर्न नसक्नु राजनीतिक दलहरूको कमजोरी भएको बताए ।
जनताले कुनै पनि काम सिफारिस गर्न खोज्छन् तर आफूले सिफारिस गर्न नजानेपछि आफू आफ्नो क्षेत्रमा पराजित भएको उनले बताए ।
व्यवस्था परिवर्तन भएपछि जनताको सोचमा पनि परिवर्तन आउनु जरुरी रहेको द्विवेदीले बताए । नेपालमा जुनसुकै व्यवस्था आए पनि जनता उही नै हुने भएकाले लोकतन्त्रलाई संस्थागत गर्न जनतालाई मानसिकरूपमा तयार गर्न जरुरी रहेको बताए ।
कर्मचारीहरूको हकहितका लागि खोलिएका स·ठनहरूले अहिले बाटो बिराएको जिविस पर्साका पूर्वसभापति जनाद्र्धन सिंह क्षत्रीले बताए । नेपाल निजामती कर्मचारी युनियनले पेशागत हकहितको लागि सकारात्मक भूमिका निर्वाह गर्नु अपरिहार्य रहेको पनि क्षत्रीले बताए ।
पर्सा जिल्ला विकासको मामिलामा धेरै पछाडि रहेकोले जिल्लाको विकास गर्न कर्मचारीहरू अग्रसर हुनुपर्नेमा स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरले जोड दिए ।
युनियनका अध्यक्ष सच्चिदानन्द सिंहको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, नेपाल निजामती कर्मचारी स·ठन पर्साका अध्यक्ष सुबेदार यादव, बारा अध्यक्ष अशोक रौनियार, राष्ट्रिय कर्मचारी स·ठन पर्साका अध्यक्ष विनोद चौधरी, केन्द्रीय सचिव मनोज तिवारी, नेपाली काङ्ग्रेस नगर सभापति महम्मद सहाबुद्दिनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय, स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुर, मनोज तिवारी, राजेन्द्र जयसवाल, सत्यनारायण प्रसाद, अनितादेवी क्षेत्री, रामबाबू चौरसियालगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन राजेश्वर साहले गरेका थिए ।
अविधेशनले सच्चिदानन्द सिंहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । समितिको उपाध्यक्षमा राजेश्वर साह तेली, प्रदीप मेहता, सचिव ईश्वरदेवी यादव, कोषाध्यक्ष कुलोत्तम पोखरेल, सहसचिव दामोदर अधिकारी र सदस्यहरूमा अनितादेवी क्षेत्री, सरिताकुमारी कार्की, झमकबहादुर रेग्मी, शत्रुघ्न यादव, कृष्ण थपलिया, रामनारायण झा, रामपुकार पडित, द्वारिकाप्रसाद कानु र सुनीता प्रसाईं रहेका छन् ।