गताङ्कको बाँकी
छोरो पाएको छैंटो दिन आज छठियार गर्ने चालन अनुसार भोजभतेर तयार गरिंदै छ । पूजाआजाका सामानहरू पनि जुटाइँदै छ । छठियारको पूजापछि माछा, भात, सलाद, पापड, चार किसिमका मिठाइ ख्वाउने चलन अनुसार भोजभतेर गरियो । चार गाँउका मानिस त्यहाँ भोज खान, मुरलीलाई बधाई र बालकलाई आर्शीवाद दिन आएका थिए ।
छ दिनको दिनमा छठियारको पूजा गरिए पनि कलवारहरूमा बार्ह दिनसम्म जूठो बार्ने चलन छ ।
दिन बित्दै गए । आज १२ दिन पुगेर नुहाइधुवाइ गरी माया र नयाँ बालक चोखो भए । आज घरमा मुरलीका कुल पुरोहित तिवारी बाबा आउनुभएको छ । पण्डितजी नयाँ बालकको नामाकरण गर्न आउनुभएको हो । पात्रो पल्टाएर उहाँले त्यस बालकको शुभ नाम जगदीश राख्नुभयो । सबैजना खुशी भए । “मेरो जगदीश” माया र मुरलीले एकैचोटि भने र मायालु आँखाले बालकतिर मुस्कुराएर हेरे ।
पण्डित बाजेलाई सम्मानका साथ भोजन गराइयो र दान–दक्षिणा दिएर, आशीष लिएर बिदाइ गरियो ।
बेलुकी तीनैजना छोराहरूलाई सुताएर माया बार्ह दिनमा घरमा कता के सामान बिग्ेरछ–भत्केछ हेर्न कोठाहरूमा पसिन् । चारैतिर सफासुग्घर थियो । कुनै वस्तु पनि बीसबाट उन्नाइस भएको थिएन । “गेनहरियाले घर कति राम्ररी सम्हाली छे । साँच्चै जुन घरमा जान्छे, रोशनी गर्छे ।” सोच्दै माया माथिको कोठानेर पुगिन् । त्यहाँ उनले मुरली र गेनहरियालाई हाँसीहाँसी कुरा गरिरहेका सुनिन् ।
कोठाभित्र पस्नै लागेकी थिइन् । तब उनले मुरलीले गेनहरियालाई भनेको सुनिन्– “तैंले भनिस् भने म जे पनि छोड्न सक्छु, यो जाबो सुर्ती त के हो ? म त तेरो गुलाम भइसकें । खान पनि तेरै कृपाले पाएको छु ।”
“अँ...हो र १ तपाईं जमिनदारहरूले यस्तै भन्नुहुन्छ । म एउटी गरिबकी छोरी, तपाईं यस्ता साहु, कसरी मेरो गुलाम हुुनुभयो ?” अलि नख्ेर स्वरमा गेनहरियाले मस्केर भनी ।
यति सुनेपछि मायालाई माथिको आकाश फाटे जस्तो र धर्ती घुमेजस्तो उनलाई महसुस भयो । बसन्तको मौसममा पनि उनको आँखाबाट मुसलधारे वर्षात् हुन थाल्यो । उनको ह्दय छियाछिया भयो, विश्वास टुट्यो, सहन नसकी उनी त्यहीं बेहोस भएर लडिन् ।
आवाज सुनेर मुरली र गेनहरिया त्यहीं आइपुगे । उनीहरू मायालाई देखेर एकछिन त तर्से तर बेहोस हालतमा भएकीले उनलाई उठाएर हड्बडाउँदै कोठामा लगे ।
“मायाले कतै हाम्रो कुराकानी सुनेकी त छैन ? सुनिसकेकी छे भने मैले उसलाई के जवाफ दिउँला,” भन्ने सोची मुरली डराए । “म उसलाई ह्दयबाटै प्रेम गर्छु,” यो गेनहरिया त एक क्षणका लागि मात्र हो ।
मायाले केही पनि सुनेकी छैनन् होली । सुनेकी छे भने पनि मलाई प्रश्न गरिहाल्छे, सम्झाइबुझाइ दिउँला । मेरी माया मदेखि धेरैबेरसम्म रुष्ट रहनै सक्दिन, न त म नै ऊबिना कहाँ बाँच्न सक्छु । आखिर ऊ मेरी अर्धाङ्गीनी हुन्, सोच्दै मुरलीलाई अलि चैन आयो ।
चेतना आएपछि मायाले मुरली, आफ्ना छोराहरू र गेनहरियालाई आफ्नो वरिपरि उभिरहेको देखिन् । “अहिले कस्तो महसुस हुँदैछ ? यस्तो कमजोरीको अवस्थामा किन सिंढी चढेकी होली ?” मुरलीका यी प्रश्नहरू सुनेर माया एकनासले उनलाई हेरिरहिन्, आँसु चुहाइरहिन् मानौं कुनै सदमा लागे जस्तो ।
यो देखेर ओमले मायाको गाला दुवै हातले समाउँदै भन्यो–“आमा, कसली लड्नुभा’को ? किन लोको ? दुखेछ ?” यी प्रश्नहरू सुुनेर मायाको दृष्टि मुरलीबाट हटेर ओममाथि पर्यो । अनि पागल भनौं कि टुहुराझैं आफ्ना तीनै रत्नतिर हेर्दै बरबरी आँसु झार्न थालिन् । सबै छक्क परे । “आराम गर,” भन्दै मुरली कोठाबाहिर गए । मायाले उनको कुरो सुनिसकेको शङ्का उनलाई भयो तर उनले ध्यान दिएनन् ।
सबै आआफ्नो काममा लागे । माया भने त्यही कोठामा मुरली र गेनहरियाको कुराकानी सम्भिंmदै, आफ्नो र छोराहरूको भविष्यबारे सोच्दै थिइन् । आफ्नै पतिको यस्तो रूप देखेर उनको ह्दय टुक्रा–टुक्रा भयो र असहाय, अबला, परजीवी माया रोइरहिन् । दु:खका दाग आँसुले धोइरहिन् ।
मुरली गेनहरियालाई जिस्काउँथे मात्र । तर मायाको शङ्का परसम्म पुगिसकेको थियो ।
सन्ध्याको ४ बज्यो । आँसु समस्याको समाधान होइन भन्ने विचार गर्दै माया ओछ्यानबाट उठिन् । सर्वप्रथम उनले गेनहरियालाई आफ्नी आमालाई डाक्न पठाइन् । गेनहरिया झस्की तर आज्ञा नमान्ने कुरै भएन ।
केसरिया काकीले आउने बित्तिकै मायाको हालखबर सोधिन् र जगदीशलाई तेल मालिस गरिन् । अनि मौका छोपेर मायाले भनिन््,“अब गेनहरियालाई लैजानू । तपाईंलाई पनि खेतीपाती गर्न गार्हो परिरहेको होला । अब म निको भइसकें ।”
यो सुनेर केसरियाले सामान्य प्रतिक्रिया जनाइन् । “हुन्छ” भनेर टाउको मात्र हल्लाइन् । तर गेनहरियालाई त्यहाँको मीठो–मसिनो दाना र पङ्खा, टिभीको हावा र अझ मुरलीलाई छोडेर जानै मन थिएन । त्यसैले उसले भनी,“होइन आमा, भाउजू त आजै लड्नुभएको थियो । धेरै कमजोर भइसक्नुभएको छ । म केही दिन अझ सेवामा बस्छु ।”
केही दिन बसेपछि शायद मुरलीले विवाहको प्रस्ताव राख्लान् कि भन्ने गेनहरियाको आशा थियो । “त्यसै पनि बुबाआमाले कुनै दीनहीनकै चाकरी गर्न पठाउने हुन्,” यस्तै अनेक तर्कना गेनहरियाको मनमा घुमी रह्यो।
अनि मायाले अलि झर्केर आँखा रातो पार्दै भनिन्,“हैन, म अब आफ्नो घर चलाउन सक्छु । तँ आफ्नो घर गई हाल् । मलाई तेरो सेवा र दया चाहिएको छैन ।”
यो सुनेर केसरिया डराइ । “छोरीले केही गल्ती गरेकी छे भने क्षमा गरिदेऊ बुहारी । तिम्री छोरी समान छे,” यति भनेर केसरिया र गेनहरिया आफ्नो झुपडीतिर लागे ।
माया फेरि घोरिएर सोच्न थालिन् । केही बेरपछि मुरली खेतबाट फर्के । “गेनहरिया, ए गेनहरिया, खै, पानी ल्या ।” मायाले एक लोटा पानी ल्याएर समीप राखिदिइन् । “गेनहरिया कहाँ गई छे ? तिमीले किन पानी ल्याएकी ? आराम गर । अहिले तिमीलाई कस्तो छ ?”
जवाफमा माया टुहुुरा आँखाले आफ्ना पति मुरलीलाई हेरिरहिन् र गेनहरियासँगको उनको कुराकानीको दृश्य मायाको मगजमा नाँचिरह्यो । यो देखेर मुरली पनि चिन्तित भए । क्रमश: