प्रस, वीरगंज, १४ चैत/
रोटरी अन्तर्राष्ट्रिय ३२९२ को आजदेखि वीरगंजमा शुरू भएको तीन दिने पेट्स (प्रेसिडेन्ड इलेक्ट ट्ेरनिङ) सेमिनारको ड्रिस्टिक गर्भनर दिलेन्द्रराज श्रेष्ठले उद्घाटन गरेका छन् ।
स्थानीय होटल भिस्वामा शुरू भएको सेमिनारमा नेपाल तथा भुटानका ८६ जना रोटेरियनहरूको सहभागिता छ । सन् २०१४–१५ (जुलाई–जून)का लागि प्रेसिडेन्ट इलेक्टहरूलाई तीन दिने सेमिनारमा क्लबको गतिविधि र सिद्धान्तबारे जानकारी गराइनेछ ।
उद्घाटन सत्रमा रोटेरियन सञ्जय गिरीले सहभागीहरूलाई स्वागत गरेका थिए ।
उद्घाटन सत्रका प्रमुख अतिथि डिस्ट्रिक गर्भनर श्रेष्ठले तीन दिने प्रशिक्षणले प्रेसिडेन्ड इलेक्टहरूलाई आफ्नो पदभार ग्रहणपछि कुन–कुन कार्यक्रम कुन–कुन क्षेत्रमा गर्ने भन्नेबारेमा सहजता हुने बताए । उनले ‘पद’ ग्रहण गर्ने तर ‘भार’ ग्रहण नगर्ने प्रवृत्ति पन्छाई नयाँ चुनिएका प्रेसिडेन्टहरूले रोटरीको ऐन नियम अनुसार कार्यकालभरि तदारूकताका साथ काम गर्न अनुरोध गरे ।
कार्यक्रममा गोपाल सुन्दरलाल कक्षपतिले कार्यक्रमबारे प्रकाश पारेका थिए भने अतिथि क्लबहरूको तर्फबाट रोटरी क्लब अफ वीरगंजका प्रेसिडेन्ट अभिषेक चौधरीले धन्यवाद ज्ञापन गरेका र डिजी इलेक्ट रवीन्द्र पियाले मन्तव्य व्यक्त गरेका थिए । रोटरी अन्तर्राष्ट्रिय ३२९२ मा नेपालका ८५ र भुटानको १ क्लब सहभागी छन् ।