- बैद्यनाथ ठाकुर
आजभोलि हाम्रो समाजमा व्यक्तिहरू मनोवैज्ञानिकरूपले अति नै कमजोर हुँदै गएका छन् । बढ्दो बेरोजगारी तथा आकासिंदो महँगीले व्यक्तिहरू रनभुल्लमा परेका छन् । प्रत्येक व्यक्तिलाई आफूभित्रको शक्तिको महसुस नहुनुमा पनि वैज्ञानिक कारण छ । प्रत्येक व्यक्तिले आरामतलबी कामको इच्छा राख्छ । गुणात्मकरूपमा आफू सक्षम नभएको कुराले गर्दा व्यक्तिहरूको आँटमा कमी आइरहेको हुन्छ । आँट नै नभएपछि उसलाई आपैंmप्रति विश्वास हुने कुरै भएन । फलत: अर्काको भर पर्नुको कुनै विकल्प नै रहँदैन । यस्तो अवस्थामा व्यक्तिहरू बिनापरिश्रम रातारात धनी मात्र होइन, धनाढ्य बन्ने सपना देख्न थाल्छन् । फलस्वरूप उनीहरू बेइमानीको बाटोमा अग्रसर हुन बाध्य हुन्छन् । ऊ जहाँ हुन्छ, आफ्नो नैतिकता, मूल्य–मान्यता तथा मानवता सबथोक बिर्सेर केवल कालो धन प्राप्तिको दिशामा अगाडि बढ्न चाहन्छ । आफ्नो क्षमता अनुसारको काममा लाग्नुभन्दा पनि नक्कली कार्यहरू, जुन अन्तत: गैरकानुनी, अनैतिक तथा मानवताविरुद्ध हुन्छ, गर्न उनीहरू निसङ्कोचरूपमा लागिपरेका हुन्छन् । यसक्रममा जो जहाँ जुन हैसियतमा हुन्छ, त्यही स्तरबाट ठग्ने बुद्धिको विकास गरेर अगाडि बढिरहेको देखिन्छ । यसको अपवाद व्यक्तिविशेष भए तापनि यतिबेला राज्य, प्रशासन, समुदाय, वर्ग वा तप्का सबै अनैतिकताको घेराभित्र पर्ने गर्छन् ।
एउटा सामान्य किसान जो खेतीपातीको कार्यमा संलग्न छ, उसले बेमौसमी उत्पादन बढी मूल्यमा बिक्री गर्न नयाँ–नयाँ प्रजातिका बीउबिजनहरू प्रयोग गर्छ र त्यसमा ऊ मानव स्वास्थ्यलाई अहित गर्ने मन्द विष छर्केर उत्पादन बढाउने प्रयासमा लागेको देखिन्छ । म्याद गुज्रेको, हानिनोक्सानी गर्ने खाद्य पदार्थको बजारमा बिक्री वितरण स्वाभाविकजस्तै हुन गएको छ । कार्यालयहरूमा कर्मचारीहरूले घूस माग्नु भनेको उनीहरूको अघोषित अधिकारजस्तै हुन गएको छ । आफूले पैसा आर्जन गर्न अरूलाई मर्कामा पार्न हुँदैन भन्ने विचार करिब करिब लोप नै हुने अवस्थामा पुगिसकेको छ । ‘मस्त राम मस्ती में आग लगे बस्ती में’ भन्ने हिन्दी उखानलाई चरितार्थ गर्न सबै लागिपरेका छन् । यसमा सबैभन्दा बढी समाजको मियो, पथप्रदर्शक, अरूभन्दा बढी जिम्मेवार राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू सम्पूर्णरूपले नैतिकतालाई बेचेर धन कमाउने कार्यमा लागिपरेका हुनाले समाजभित्र मूल्य र मान्यताको अनुकरणीय क्षेत्र नै उदाहरणको रूपमा कतै देखिंदैन । पटकपटक आधुनिकताको नाममा गरिएको खेतीमा मकैको घोघामा दाना नै नलाग्दा करोडौं रुपैयाँको क्षति भएको हामीलाई थाहा छँदैछ । उपचारको नाममा डाँकूजस्तो व्यवहार गर्ने आधुनिक चिकित्सा विज्ञानका चिकित्सकहरूले मृगौलाजस्तो संवेदनशील अ·समेत चोरेर शल्यक्रियाद्वारा झिकी बिक्री गरेका घटनाहरू सञ्चारमाध्यममा आई नै रहेका हुन्छन् । यस्तो अवस्थामा प्रश्न उठ्छ के यही हो आधुनिकता र आधुनिक विकास ?
भारतको उत्तरप्रदेशस्थित गोरखपुरमा एउटा प्राकृतिक चिकित्सा केन्द्र स्थापित छ । विठ्ठल दास मोदीद्वारा स्थापित उक्त प्राकृतिक चिकित्सा केन्द्रमा सबै प्रकारका रोगहरूको हावा, घाम, माटो र वाफ (वाष्प)द्वारा मात्रै उपचार गरिन्छ । आर्थिक दृष्टिकोणले समेत सस्तो पर्ने उक्त उपचार विधिबाट मधुमेह, मोटोपन, जन्डिस (कमलपित्त), उच्च रक्तचाप, दुखाइलगायतका विभिन्न रोगहरूको उपचार गर्ने गरिन्छ । गोरखपुरको प्राकृतिक चिकित्सा केन्द्रबाट स्वास्थ्यलाभ गर्ने थुप्रै व्यक्तिहरू छन्, जसको अनुभवमा शरीरमा प्रतिकूल प्रभाव पार्ने आधुनिक औषधिहरूको सेवन गर्नुभन्दा पनि खानपान, व्यायाम तथा प्राकृतिक किसिमले गरिने उक्त उपचार विधि नै सर्वोत्तम रहेको बताउँछन् ।
अघिल्लो हप्ता प्रतीक दैनिकमा ‘जीरो बजेट प्राकृतिक खेती’ भन्ने शीर्षकमा एउटा लेखमा उत्पादन बढाउने नाममा खेत तथा बालीनालीमा प्रयोग भइरहेका विभिन्न विषहरूले दीर्घकालीनरूपमा हाम्रो शरीरको विभिन्न महत्त्वपूर्ण अवयवहरूलाई बिगार्ने र रोगी बनाउने कार्य मात्रै गर्दछ । साथै त्यसको प्रयोगबाट गरिने खेतीबाट हुने उत्पादनभन्दा बढी उत्पादन झन्डै शून्य लागतमा प्राकृतिक किसिमले आश्चर्यजनक उत्पादन लिन सकिने कुरा बताइएको छ । भारतको नागपुरमा सुवास पालेकरले जापानी किसान मासानोगु फुकुवाको सहयोग र प्रशिक्षणमा शुरू गरेको प्राकृतिक खेती यति बेला भारतका ४० लाखभन्दा बढी किसानहरूले प्रयोग गरिरहेका र सन्तोषजनक उत्पादनसमेत लिइरहेका कुरा उल्लेख छ । हाम्रो अर्थतन्त्र कृषिमैं आधारित छ, यस्तोमा हामीले पनि प्राकृतिक खेतीतर्फ लाग्ने हो कि भन्नेतर्फ सोच्नुपर्ने बेला आइसकेको छ । राज्य स्वयम्ले सहयोग गरेर प्राकृतिक खेतीतर्फ किसानहरूलाई उन्मुख गराउनुपर्ने हो । नेपालमा पनि प्राकृतिक चिकित्सा केन्द्रको स्थापना गरेर नेपालीहरूलाई दीर्घायु बनाउन सहयोग गर्ने हो कि ? निजी क्षेत्रले पनि विभिन्न निजी महँगा अस्पतालहरूमा लगानी गर्नुभन्दा गरिब नेपालीहरूलाई रोगबाट मुक्त पार्न प्राकृतिक चिकित्सा केन्द्र खोल्नुपर्ने हो कि ?
पर्वते समाजमा एउटा उखान छ– ‘हिंडे पुगिन्छ, आँटे गरिन्छ ।’ अर्थात् नाइँ भन्नुहुँदैन । राम्रो कुराको सुरुआत जसले गरे पनि हुन्छ । प्राकृतिक चिकित्साको कुरा होस् वा प्राकृतिक खेतीको हामी गरिब नेपाली साँच्चिकै समृद्धि प्राप्त गर्न चाहन्छौं र स्वस्थ भई दीर्घायु प्राप्त गर्न चाहन्छौं भने प्राकृतिक तवरले नै जीवनयापनको कार्यमा लाग्न जरुरी छ । बढ्दो आधुनिकता र कृत्रिमताले गर्दा हाम्रो जलवायुमा भइरहेको गम्भीर तथा खतरनाक परिवर्तनले हाम्रो भविष्यलाई अन्धकारतर्फ धकेलिरहेको छ । यसर्थ प्रकृतिलाई जिस्काउनुभन्दा प्रकृतिमैं फर्किनु सबैको लागि कल्याण हुनेछ ।