प्रस, वीरगंज, १६ चैत/
विन्दवासिनी मन्दिरमा आजदेखि रामकथा तथा सप्तचण्डी महायज्ञ शुरु भएको छ । यज्ञको पहिलो दिन आज बाजागाजासहित सयौंको सङ्ख्यामा महिला तथा पुरुष, युवाहरु तिलावे नदीमा पुगी जल भरेका थिए । मन्दिर परिसरबाट निस्केको जलयात्रा टोली विन्दवासिनी तथा बर्वा गाउँ परिक्रमा गरी नदीमा पुगेको थियो । यज्ञको पहिलो दिन जलयात्राका प्रमुख अतिथि जगताचार्य नेपाली बाबा, पण्डित तेजनाथ शर्मा रहेका यज्ञ सञ्चालक समितिका अध्यक्ष लक्ष्मीकान्त तिवारीले बताए ।
जलयात्रामा सहभागीहरूलाई बर्वा गाउँ निवासी गया चौरसियाले भोजनको व्यवस्था गरेको यज्ञ व्यवथापन समितिका कोषाध्यक्ष चन्द्रकिशोर चौरसियाले बताए । सोही अवसरमा एक कार्यक्रमबीच वीरगंजका सत्यनारायण क्यालले मन्दिरका लागि इनभर्टर तथा पानी टयाड्ढी सहयोग गरेको अध्यक्ष लक्ष्मीकान्त तिवारीले बताए । तिवारीका अनुसार यज्ञ सफल बनाउन एस डेभलपमेन्ट बैंकले २५ हजार आजै सो कार्यक्रममा सहयोग गरेको थियो । चैत २५ गतेसम्म चल्ने महायज्ञमा भारतमा ख्यातिप्राप्त प्रवचनकर्ता तथा खेलकुदको व्यवस्था गरिएको मन्दिरका पुजारी पुरुषोत्तम अधिकारीले बताएका छन् ।