- गोपाल ठाकुर
साम्यवादी शिक्षा लिने क्रममा गुरुहरूले सुनाउने पुरोहितवादको व्याख्या गर्ने गर्दथे । व्याख्याको क्रममा दोहोरो मापदण्डलाई पुरोहितवादको मेरुदण्ड बताइन्थ्यो । अर्थात् पुरोहितवादले जे भन्छ त्यो गर्दैन र जे गर्दछ त्यो भन्दैन । यस सन्दर्भमा मेरा गुरु हरिहर यादवले एउटा लोक प्रस· सुनाउनुभएको म झल्झली सम्झिरहेको छु । त्यो एउटा लोक प्रचलित प्रस· पनि हो । एउटा लोक अनुभव पनि हो । त्यसमा एउटा श्रीमद्भागवत महापुराणको कथावाचक व्यास र उनकी पत्नीको व्यवहारको वर्णन छ ।
कुनै गाउँमा एकजना पुरोहित व्यासजी कहलिएका श्रीमद्भागवत कथावाचक थिए । कतिपय जिल्लामा उनलाई अब्बल गनिन्थ्यो । तर आफ्नो गाउँमा उनको कथावाचन चलेको थियो वा थिएन उनकी पत्नीलाई थाहा थिएन । एकपटक गाउँलेहरूले उनलाई गाउँमै कथावाचनको लागि अनुरोध गरे । बिचरा पुरेतबाजे अलि दक्षिणाको कुरोमा लोभिए । कथावाचनको क्रममा एक दिन खाद्य–अखाद्य पदार्थको प्रस· चल्यो । व्यासजी वैष्णव थिए । त्यसैले सबैभन्दा पहिले उनले मांसाहारी खानाका दोषहरू फलाक्नु त उनको धर्म नै थियो । शाकाहारी खानामा पनि शुद्ध र अशुद्धबारे उनको प्रवचन शुरु भयो । हरियो सागसब्जीमा उनले सबैभन्दा पहिले लसुनप्याज खानुहुन्न भने । त्यसपछि भन्टा, कुभिन्डो आदि खानुहुन्न भने । त्यसैगरी दालको वर्गीकरणमा मुसुरो र मास खानुहुन्न भने । उनको फेहरिस्त अलि लामै थियो जुन यहाँ विस्तारसँग वर्णन नगर्नु नै ठीक होला । अर्थात् एउटा लामै सूचीमा केही खाद्यवस्तुलाई उनले भगवद्भक्तिको हिसाबले प्रतिबन्ध लगाए । दानदक्षिणा पनि राम्रै हात पर्यो । कुम्लोकटेरो बोकेर उनी घर आए ।
स्वाभाविक छ, लामो प्रवचनपछि उनी भोकाएका पनि मनग्गै थिए । उनकी पत्नीले पनि प्रेमपूर्वक अम्खरामा पानी टक्रयाउँदै भोजनको लागि अनुरोध गरिन् । भोक मेट्न प्रसन्न मुद्रामा उनले आसन जमाए । तर थाल अगाडि आउँदा उनको अनुहार नराम्ररी बिग्य्रो । स्वास्नीमाथि ज·िए र खनिए पनि–“के ताल हो यो ? यति कथा फलाक्दै आएको मान्छेलाई जाउलो र आलुको चोखा मात्रै ? त्यो पनि नुनखुर्सानी मात्रै हालेको ? मीठो परिकारका लागि घरमा लसुन, प्याज, मासको दाल, तरकारीका लागि भन्टा र कुभिन्डो त छँदै थिए नि १ किन नपकाएकी ?’
स्वास्नीको उत्तर आयो–“हजूर, म त अहिलेसम्म घोर पाप गर्दै आएकी थिएँ । शास्त्रपुराणको मर्मविपरीत ती सबै खानेकुरो यहाँलाई ख्वाउँदै आएकी थिएँ । बल्ल आज यहाँको प्रवचन सुन्न जाँदा थाहा भो । ती सबै खानेकुरा त अशुद्ध पो हुन् १’
व्यासजीले हकार्दै भने– “ती सबै त यजमानको लागि पो त १ हामी पुरेत ब्राह्मणहरूको लागि त सबथोक शुद्ध हुन्छ । किनभने हाम्रो मुखै शुद्ध छ । त्यसैले त्यसमा जे परे पनि त्यो आफैं शुद्ध भइहाल्छ । अबदेखि यस्तो गलती नगर्नू १’
यस्ता प्रस·हरू कोट्याउँदै हाम्रा साम्यवादी गुरुहरूले माक्र्सवादमा यस्तो पाखण्डको ठाउँ छैन भनेर सिकाउँथे । असल कम्युनिस्टले यस्ता पाखण्डलाई सबैभन्दा पहिले त्याग्नुपर्दछ भन्थे । क्रान्तिका लागि त्याग र बलिदानको लागि उत्प्रेरित गर्दथे । उहाँहरूको यो अमृत वचनलाई अकाट्य सत्य मानेर किशोरावस्थादेखि प्रौढावस्थासम्म साम्यवादी आन्दोलनका लागि सक्दो गर्दै पनि आएँ ।
तर वैदिकपौराणिक समुद्र मन्थनको कथा त साम्यवादी आन्दोलनमै दोहोरिएको देखियो हामीकहाँ । वर्ग सङ्घर्षको माध्यमले वर्गविहीन र राज्यविहीन संसार बनाउने सपना बोकी हिंडेका हाम्रा गुरुहरू । तीमध्ये बाहुनहरूले त टुप्पी र जनै पनि फालेका थिए । तर ती हाम्रा साम्यवादी गुरुहरूको इजार खुस्केको दुनियाँले देखिसके । हामीले देखेका छौं, २०४६ अगाडि डुङ्डुङ्ती गन्हाउने मोजा र च्यातिएका क्यानभास जुत्तामा तिनीहरू हिंड्थे । तथाकथित बुर्जुवा शिक्षा बहिष्कार गरेकाले स्कूल र कलेज शिक्षामा पनि उनीहरू करिब अनपढजस्तै थिए । तर आजसम्म जनवादी शिक्षा शुरु भएको थाहा भएन । आम नेपालीको स्कूल वा कलेज शिक्षा पनि अझसम्म निकम्मा नै साबित भएको छ । तर जनै र टुप्पी फाल्ने ती पुरोहितहरूको महल खडा भइसक्यो । एकपटक मन्त्री भएपछि आजीवन राज्यको सुरक्षाकवच उनको वरपर झुम्मिइरहन्छ । क्या मजा, उनीहरूले न परम्परागत शिक्षा लिनुपर्यो, न कथित बुर्जुवा आधुनिक शिक्षा । न माक्र्सवादी शिक्षा अनुसार राज्यको कुनै हिस्सा उनीहरूकै अधीन हुँदा पनि चलेको देखिएको छ । तर उनीहरूलाई मोज छ ।
उनीहरूले नै सिकाएका थिए, सामन्तवाद वा पूँजीवादमा सानालाई ऐन र ठूलालाई चैन हुन्छ । आज सामन्तवाद वा पूँजीवाद के चलेको छ कुन्नि ? तर उनीहरूलाई चैन र बाँकीलाई ऐन लागेकै छ । हालका दिनहरूमा त झन् निर्लज्जताका साथ पूँजीवादी काङ्ग्रेस र साम्यवादी एमालेको अति पवित्र गठबन्धनले गजबको खटमिठ्ठी बनाएको छ । अमिलो र गुलियो दुवै स्वादका वस्तुलाई मिसाएर तयार हुने नयाँ खाद्यवस्तुलाई भोजपुरी आदि भाषाहरूमा खटमिठ्ठी भनिन्छ । यो खटमिठ्ठी पनि गजबको छ । किनभने आलोपालो गरी दुवै स्वादको आभास नेपाली जनताले पनि गर्ने गरेको देखिन्छ ।
संविधानसभाको दोस्रो निर्वाचनताका यस गठबन्धनको स्वाद गुलियो थियो । यो गुलियोपनमा अझ महको काम गरेको थियो राजतन्त्रवादी शक्ति राप्रपा नेपालसँगको यिनीहरूको जेन्टलम्यान एग्रीमेन्टले । त्यसैले यी तीनोटै शक्ति ग·ा, जमुना र सरस्वती भएर दोस्रो संविधानसभामा मुखरित भए । तर एमालेले राष्ट्रपतिको निर्वाचनको कुरा उठाएकोले नेपाली काङ्ग्रेसले अमिलो महसुस गर्यो । त्यसैले एमालेले पनि संविधानसभाको पहिलो बैठक तत्कालीन मन्त्रिपरिषद्का अध्यक्षले नै बोलाउने कुरामा ढिपी कस्यो र आखिर भयो पनि त्यही । पछि प्रधानमन्त्री काङ्ग्रेसको र सभामुख एमालेको हुने गरी यिनीहरूले आफ्नो अमिलोपनलाई गुलियोपनमा चाँडै परिवर्तन गर्न पुगे । तर गृह मन्त्रालयका लागि एमालेले सारेको लोकप्रसिद्ध पात्र वामदेव गौतमलाई लिएर फेरि काङ्ग्रेसमा अमिलोपनको सञ्चार भयो । केही समय त यस्तो पनि भयो, यिनीहरू साँच्चै छत्तीसको ठाउँमा फर्किने हुन् कि ? तर होइन यो यिनीहरूको बाध्यता हो । यिनीहरूको मालिकको निर्देशन पनि हो । ती सबैभन्दा मुख्य यिनीहरूबीच आआफ्नै पार्टीको आन्तरिक बेमेल पनि हो । आखिर देउवाको कचि·लले सुशील बाजेले वामदेव गौतमसँग नाता गाँस्न बाध्य हुनुपर्यो ।
२०५४ सालको स्थानीय निर्वाचनमा वामदेव गौतमको गृह मन्त्रालयले कीर्तिमान कायम गरेको अनुभव नेपाली काङ्ग्रेसले कदापि भुलेको छैन । किनभने फेरि स्थानीय निर्वाचनको कुरो चलेकै छ र वामदेव गौतम अब गृहमन्त्री भइ नै सके । त्यसैले आगामी स्थानीय निर्वाचनमा एमालेको पकड सजिलै जम्ने अनुमानलाई गलत भन्न सकिंदैन । तर वास्तविकता बिल्कुलै त्यस्तो होइन ।
नेपाली काङ्ग्रेस नेपालको सबैभन्दा लामो इतिहास बोकेको पार्टी हो । तर इतिहासले त सकारात्मक मात्रै होइन, नकारात्मक सम्झना पनि समेटेको हुन्छ । नेपाली काङ्ग्रेसले २०१५ सालको आम निर्वाचनमा तीन चौथाईभन्दा पनि बढी बहुमत पाएको थियो । तर सरकार दुई वर्ष पनि चलेन । सरकार मात्रै होइन, प्रजातन्त्रको पनि यिनकै सत्ताकालमा घाँटी निमोठिएको थियो । २०४८ सालको आम निर्वाचनले पनि नेपाली काङ्ग्रेसलाई एकमना सारकार बनाउने अवसर दिएको थियो । त्यसै क्रममा २०४८ सालमा नेपाली काङ्ग्रेसकै गृहमन्त्रीले स्थानीय निर्वाचन गराएका थिए । नेपाली काङ्ग्रेसले त्यस निर्वाचनमा राम्रै पकड जमाएको थियो । तर सरकारले फेरि पनि तीन वर्ष काट्न सकेन । बर्बरता पनि नेपाली काङ्ग्रेस वृत्तले राजा र राणाबाट सिकेकै हो । त्यसैले २०५४ सालमा स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसले नराम्ररी हार बेहोर्यो । हो, यसमा वामदेव गौतमको गृह प्रशासनले पनि पक्कै हातमा दही जमाएर बसेको थिएन होला । तर त्यस बेलाको परिणामको प्रवृत्तिलाई विश्लेषण गर्ने हो भने कुरा स्पष्ट हुन्छ । अपवादमा बाहेक २०४८ सालको परिणाम पल्टिएको मात्रै थियो । अर्थात् जहाँ पहिले नेपाली काङ्ग्रेसका स्थानीय जनप्रतिनिधि थिए त्यहाँ नेकपा (एमाले) ले जित्यो र जहाँ एमालेका थिए त्यहाँ काङ्ग्रेसले । त्यसैले भावी स्थानीय निर्वाचनलाई लिएर धेरै चिन्ता गर्ने बेला आइसकेको छैन ।
तर कुरो छ नियतको, स्वार्थको पराकाष्ठाको, निस्स्वार्थ भावसँग जनताको सेवा गर्न हिंडेका माक्र्स र लेनिनको चेलो भनाउँदो एमालेको । सामान्यतया प्रधानमन्त्रीलाई अनुकूल हुने गरी कम से कम गृह, रक्षा र अर्थ मन्त्रालयहरू हुनु पर्दछ । विगतमा माधव नेपालको प्रधानमन्त्रीत्वकालमा नेपाली काङ्ग्रेसले त्यसै अनुकूलताको आधारमा एमालेलाई निश्शर्त सघाएकै हो । तर अहिले एमालेको इमानदारी त्यस उचाइमा देखिएन । हुन पनि कसरी होस् त ? जसले आफ्नै कार्यकर्ता, समर्थक र वर्गसँग बेइमानी गर्छ, बाँकीले ऊसँग इमानदारीको अपेक्षा कसरी गर्ने ? किनभने अर्ति त अरूको लागि हुन्छ, आफूले त्यसको पालना नगरेकै बेस १
वाणस्थली, महादेवस्थान(७, काठमाडौं