- ई. गोपाल श्रेष्ठ
वर्तमान शताब्दीको अन्त्यपछि पृथ्वीमा १० अर्ब जनसङ्ख्या पुग्ने प्रक्षेपण गरिएको छ । १० अर्बमध्ये ८.५ अर्ब त शहर केन्द्रित नै हुने अनुमान छ । शहरीकरण हुनु भनेको खाद्यान्न उत्पादनको लागि उपयुक्त जग्गा खोसिनु हो । अनि आवास, सडक, खानेपानी, ऊर्जालगायत विभिन्न सुविधाको माग बढ्नु हो । यी विषयमा हामीले अहिलेदेखि नै सोचेनौं भने हामीले भावी पुस्तामाथि अन्याय गरेको ठहर्छ । बढ्दो जनसङ्ख्याको लागि खाद्यान्न आपूर्ति गर्न हामीले एकातिर खाद्यान्न उत्पादन बढाउनुपर्छ भने अर्कोतिर खाद्यान्नको नोक्सानी रोक्न सक्नुपर्छ । खाद्यान्न उत्पादन वृद्धि गर्न आधुनिक कृषि प्रणाली अवलम्बन गर्नुपर्छ र खाद्यान्न नोक्सानी रोक्न मुसा, चराचुरु·ी तथा खाद्यान्न ओसारपसारबाट हुने नोक्सानी रोक्नुपर्छ । साथै हामीले खाना खाने शैलीमा पनि सुधार ल्याई खानाको नोक्सानी शून्य पार्नुपर्छ । खानाको नोक्सानी शून्य गर्नु भनेको खाद्यान्नको उपलब्धता बढाउनु हो र फोहरमैला व्यवस्थापनलाई पनि सहयोग गर्नु हो ।
बढ्दो जनसङ्ख्याको लागि खानेपानीको थप आपूर्ति चाहियो । वनज·ल मासिंदै गए पानीको स्रोत पनि सुक्दै जान्छ । तसर्थ वनज·लको संरक्षण तथा संवद्र्धन गर्नुपर्छ । पानीको खपत पनि यथासम्भव कम गर्दै लानुपर्छ । र एकपटक प्रयोग भएको पानीलाई पनि उपचार गरी पुन: प्रयोगमा ल्याउन सक्ने व्यवस्था गर्नुपर्छ । बढ्दो जनसङ्ख्याको लागि थप पानी चाहिएजस्तै थप ऊर्जाको पनि आवश्यकता पर्छ । ऊर्जा अहिले नै अपुग छ । त्यसैले ऊर्जाको नयाँ नयाँ स्रोतको पनि खोजी गर्नुपर्छ । साथै ऊर्जाको खपत पनि होशियारीका साथ गर्नुपर्छ । अहिले नवीकरणीय ऊर्जाको अध्ययन–अध्यापन तथा अन्वेषण भइरहेछ । यो सुखद शुरुआत हो । हावा, पानी, घाम/सूर्य आदिबाट ऊर्जा उत्पादन गर्न सके पेट्रोलियम पदार्थ, कोइला आदिको आवश्यकता पर्दैन । हावा, पानी, घाम/सूर्य आदि नवीकरणीय ऊर्जाका स्रोत हुन् भने पेट्रोलियम पदार्थ, कोइला आदि नवीकरणीय होइनन् । कालान्तरमा यी स्रोत सुक्छन् ।
बढ्दो जनसङ्ख्याको लागि थप सडकको आवश्यकता पर्नु पनि स्वाभाविक नै हो । तर अहिलेको जस्तो कार, ट्रक आदिको प्रयोगले सडक जति थपे पनि कम नै हुन जान्छ । बरु सडकको बदला रेलमार्गको विकास भयो भने धेरै मानिस आवागमन गर्न सक्छन् । साथै धेरै सामान/कार्गो पनि ओसारपसार गर्न सकिन्छ । शहरमा जति खाली ठाउँ भयो उति पार्क/बगैंचा बनाउन सकिन्छ र शहरवासीको जीवनस्तर तथा गुणस्तर बढाउन सकिन्छ । मानिसपिच्छे कार, मोटरसाइकल, साइकल हुनु र प्रयोग गर्नुभन्दा ठूला–ठूला पब्लिक बसहरू चलाइनु राम्रो हो । यसो गर्दा सडक दुर्घटना, वातावरण प्रदूषण तथा ट्राफिक समस्या पनि कम हुन्छ । मानिसको जनसङ्ख्या बढेपछि फोहरमैला व्यवस्थापन पनि जटिल हुँदै जान्छ । फोहरमैला साधारणतया अर्गानिक हुन्छ । त्यसैले यसबाट बायोग्याँस उत्पादन गर्नुपर्छ । अन्य फोहरलाई पुन: प्रयोग गर्नुपर्छ । र सम्भव भएसम्म यसलाई गालेर/पगालेर यसको रूप परिवर्तन गर्नुपर्छ । धातु शीशालाई गाल्न/पगाल्न सकिन्छ भने कागज, कार्टुनलाई प्रशोधन गरी पुन: कागज बनाउन सकिन्छ ।
प्रविधिले विश्वलाई एउटा सानो गाउँको अवधारणा प्रदान गरिसकेको छ । अहिले जस्तो पसलपसलमा गएर खाद्यान्न तथा दैनिक उपभोग्य र प्रयोगात्मक वस्तु/सामानहरू खरिद गर्नुको साटो ती वस्तु/
सामानहरू घर/निवासमा नै होम डेलिभरी दिने दिन पनि आउन थालिसकेको छ । रोगले ग्रस्त रोगीहरूको मुटु, कलेजो, फोक्सो, मृगौला आदि पनि फेरिएला । तर मानिस दिनानुदिन एक्लै हुने दिन पनि आउला । यो परिस्थितिले मानसिक रोग विशेषज्ञको महत्त्व अझ बढ्ला । अन्वेषणले चालक बिनाको सवारी साधन सडकमा गुड्ला या आकाशमा उड्ला । कम्प्युटरको दुनियाँ व्यापक हुदै गई रोजगारको बजार खुम्चिएला । साथै पारिश्रमिक वृद्धिलाई पनि धक्का देला । चन्द्रमाजस्तो अर्को ग्रहमा बसाइँ सर्ने दिन आयो
भने अर्को शताब्दीको मानिसहरूलाई फलिफाप नै होला । तर यही पृथ्वीमा कुञ्जिनुपर्यो भने भावी सन्तति हामीभन्दा अभागी नै ठहरिएला ।