प्रस, वीरगंज, १५ फागुन/
जैन धर्म मान्नेहरूले अणुव्रतको ११ बुँदे आचारसंहिता पालन गरे मात्र सच्चा मानिस हुने श्री महाआश्रमकी विदुषी शिष्या समणी निर्देशिका मलप्रज्ञाजीले बताएकी छन् ।
श्री जैन श्वेताम्बर तेरापन्थी सभाले जैन सभाभवनमा आयोजना गरेको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञाजीले निरपराध प्राणीको सड्ढल्पपूर्वक हत्या गर्ने छैन, आक्रमण गर्नुहुँदैन, हत्या एवं तोडफोड प्रवृत्तिमा लाग्नुहुँदैन, साम्प्रदायिक उत्तेजना फैलाउन हुँदैन, मादक पदार्थ, माछामासु सेवन गर्नुहुँदैन, बोटबिरुवा, बिजुली पानीको दुरुपयोग गर्नु हुँदैनलगायत ११ सूत्रीय आचारसंहिता को शिष्या प्रज्ञाजीले विस्तारपूर्वक व्याख्या गरेकी थिइन् ।
अणुव्रत सड्ढल्प यात्राको क्रममा शिष्या प्रज्ञाजीले जैन भवनमा आफ्ना शिष्यहरूलाई प्रवचन सुनाइन् । भारतको मुम्बईबाट निस्केको अणुव्रत सड्ढल्प यात्रा भारतका विभिन्न शहरको परिक्रमा गर्दै केही दिन पहिले काठमाडौंं पुगेको र फर्कने क्रममा आज वीरगंज आइपुगेको हो । जैन धर्म मान्नेहरूले आज घण्टाघरबाट प्रभातफेरी गरी पुन: जैन धर्मशाला पुगेका थिए । श्री श्वेताम्बर तेरापन्थी सभाका अध्यक्ष विजय सिंह सेठियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीउवासङ्घका अध्यक्ष एवं तेरापन्थी सेवाका सल्लाहकार अशोक बैद, पत्रकार महासङ्घका अध्यक्ष केसी लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।