- चन्द्रकिशोर
नेपाल नदीहरूको देश हो । यहाँ पहाड होस् कि मधेस, नदीसँग जोडिएर जीवन पद्धति विकसित भएको छ । आम मानिसको जीवनमा सांस्कृतिकरूपमा नदी एउटा भरोसा हो र एउटा परम्परा पनि । नदीलाई आजको भागदौडको जीवनमा सम्पूर्णतामा हेर्नुपर्ने र बुझ्नुपर्ने आवश्यकता हुँदै आएको छ । प्रकृतिले पनि मानिसलाई नदीको संरक्षक, सहयोगी र सेवाग्राही बन्ने अवसर दिएको छ । हाम्रा परम्पराहरूलाई केलाउने हो भने यी कुराहरू छर्ल· हुन्छ ।
नदीहरूको सन्दर्भमा चर्चा चल्दा वर्तमान राजनीतिले त्यसलाई जलस्रोत, जलविद्युत्, जलपर्यटन, जलपारवहन जस्ता विषयहरूसँग मात्र जोडेर हेर्छ । नदीको पानीको वितरण र बाँडफाँडबारे पनि थोरबहुत चर्चा चल्छ, भोलिको प्रान्तीयताको सन्दर्भमा वा भारतको सिमानामा जाने नदीहरूबारे । तर नदी सम्बन्धी बहस यतिमै पर्याप्त छैन ।
नदीलाई जोगाउनुपर्छ भन्ने अवधारणा पुरानो हो तर अहिलेको समयले त्यसको उपेक्षा गरेको छ । उपभोक्तावादी शैली र सोचले नदीको दोहन गरेको छ । पुराना समयमा नदी बलियो थियो, त्यसैले त्यसको सामाजिक वर्चस्व थियो, हाम्रो समाजमा यससँग जोडिएको लोककथाहरू प्रशस्त पाइन्छ । नदीको पूजा गरियो, भक्ति गरियो र नदीबाट प्रशस्त लाभ उठाइयो । तर अहिले नदीमाथि थिचोमिचो बढ्यो । नदीमाथि नियन्त्रण हुन थाल्यो, नदीले जीवनलाई सहजीकरण गर्न लागेकोमा त्यसलाई आफ्नो इशारामा चलाउने दुस्प्रयत्नहरू हुन थाल्यो । त्यसैले अबको समयमा नदी आतड्ढ सृजना गर्न थालेको छ, उत्पात मचाउन थालेको छ । मानवीय जीवनमा दुस्स्वप्न भएर देखा पर्न थालेको छ । तर आउने दिनहरूमा पनि नदी बेगरको नेपाली समाजको परिकल्पना गर्न सकिंदैन ।
हामीकहाँ जलस्रोत नीति छ, पानीको उपयोग सम्बन्धी कुराहरू छ तर समग्रमा ‘नदी नीति’ छैन । आज आवश्यकता छ नदी नीति निर्माणबारे राष्ट्रिय बहसको, यसका लागि मधेसदेखि पहाडसम्म समझदारी विकास गरिनुपर्छ । नदी नीति भनेको नदीको स्वच्छता, मुहानको सुरक्षा, जलको गतिशीलता, नदी क्षेत्रको अनतिक्रमण र स्थान अनुकूल किनारा बन्दोबस्त हो । नदी नीतिले पानीको वितरण र त्यसको अधिकतम उपयोगको कुरालाई पनि जोड्छ । नदीमा पानीको सड्ढट हुन थाल्यो, नदीको धारा नालाको रूपमा परिवर्तन भयो, नदीको पानी फोहोर भयोजस्ता सवालहरूबारे गम्भीर दृष्टि राख्ने काम नदी नीतिबाट सम्भव हुन सक्छ । आज नदी मर्दै गएको अवस्था छ, नदी हराउँदै गएको अवस्था छ, उसको अस्तित्व सड्ढटमा परेको छ । नदीहरूको सिमाना भत्कँदै गएका छन् । नदीले बहाव क्षेत्र परिवर्तन भइराखेको छ । नदी नीतिले जल संरक्षण र प्रवद्र्धनको पारम्परिक प्रणालीहरूको अध्ययन तथा प्रयोगलाई पनि समेट्छ । पानीको गुणस्तर मूल्याड्ढन एवं प्रवद्र्धन तथा नदी किनार (बेसिनमा बसेका बजार, बस्ती, शहरको व्यवस्थापन सम्बन्धी एकीकृत दृष्टिकोणलाई पनि आबद्ध गर्दछ । भूजलको रिचार्जिङका सवालहरू पनि यससँग जोडिएर आउँछ । त्यसैले नेपालमा नदी नीति निर्माणका लागि आवश्यक दबाब सबै क्षेत्रबाट सृजना गरिनुपर्छ ।
भोलि मुलुक सङ्घीयतामा गयो भने पनि पानीको वितरण, जलस्रोतको उपयोगिता, जलपर्यटन, जलपारवहन जस्ता सवालहरू ज्युँदो नै रहने छ.। नदी जोगाउने प्रयत्न कुनै एउटै भूगोलको बासिन्दाको दायित्व होइन । उपल्लो तट वा तल्लो तट, वारी वा पारी बसोवास गर्ने सबैको साझा जिम्मेवारी हुन आउँछ । नदी मासिने काम जोगाउन सकिएन भने नेपाली समाजमा द्वन्द्वको बहुआयामिक रूप देखा पर्न सक्छ । नदी केवल एउटा बहँदो पानीको स्वरूप होइन, यो सामाजिक, आर्थिक र पर्यावरणीय चक्रको आधार पनि हो । नदीको अस्तित्व खलबलिंदा सबैतिर असन्तुलन निम्त्याउन सक्छ ।
काठमाडौंमा यतिखेर वाग्मती बचाउ अभियान चलिराखेको छ । वाग्मती राजधानीको नदी हो, त्यस कारण त्यसको बचाउको लागि बढी प्रयत्न हुनु पनि स्वाभाविक हो । तर नेपाल भनेको काठमाडौं मात्र होइन, न सबै नदीनालाहरू काठमाडौं खाल्डोमैं छ । वाग्मतीकै सवालमा काठमाडौंमा देखिएको सक्रियता तलको रौतहट–सर्लाहीसम्म पुग्न सकिरहेको छैन । तराईका नदीहरू प्रदूषित भएका, स्वाभाविक बहाव रोकिएको, स्वरूप बिग्रेको, जलसतह र जलप्रवाह न्यून हुँदै गएको, नदी सुक्दै गएको प्रशस्त उदाहरण छ ।
मूर्तिहरू फिर्ता गर
नेपालका विभिन्न भूगोलबाट पुरातात्त्विक महत्त्वका मूर्तिहरू चोरी भएका छन् । त्यसबारे भइराखेको प्रयत्न केवल काठमाडौं केन्द्रित छ अर्थात् अधिकांशरूपमा काठमाडौंबाट चोरी भएका मूर्तिहरूबारे कुरा उठाइन्छन् र यस सम्बन्धी कार्यक्रमहरू पनि त्यहीं हुन्छ । निश्चितरूपमा मन्दिरै मन्दिरको शहरको रूपमा चिनिएको काठमाडौंबाट बढी मूर्तिहरू हराएका छन् तर देशको बाँकी भूगोल पनि त्यसै प्रकारको पीडाको साक्षी छ ।
तराईको एउटा प्रमुख सांस्कृतिक केन्द्र सिमरौनगढ त्यसै क्रममा जोडिएको नाम हो । सिमरौनगढ इतिहासको एउटा कालखण्डमा तिरहुत राज्यको राजधानी थियो । यो सबै दृष्टिकोणबाट सम्पन्न थियो । यसको कला र संस्कृति उत्कृष्ट खालको थियो । ई.स. १०९७ मा नान्यदेवले यसलाई राजधानीको रूपमा स्थापित गरेपछि यो एउटा स्वतन्त्र राज्यको राजधानीको रूपमा संसारमा प्रसिद्ध हुन गयो । नान्यदेवका अन्तिम उत्तराधिकारी हरिसिंहदेवको नाम आउँछ । ई.स. १३२६ मा दिल्लीका बादशाह गयासुद्दीन तुगलकको सेनाले आक्रमण गरी सिमरौनगढलाई ध्वस्त पारेका थिए । अहिले सिमरौनगढ बारा जिल्लाको सदरमुकाम कलैयाबाट अन्दाजी २२ किलोमिटर पूर्वमा पर्दछ ।
सिमरौनगढका मूर्तिहरूको चर्चासँगै यो पनि उल्लेख गर्नु आवश्यक छ कि सिमरौनगढ राज्यकालीन मूर्ति निर्माणको आफ्नै विशेषता थियो र अहिले पनि पर्सादेखि सप्तरीसम्मका विभिन्न ठाउँहरूमा त्यस कालखण्डका मूर्तिकलाका उत्कृष्ट उदाहरणहरू देख्न सकिन्छ । सिमरौनगढको मूर्तिकलामा कालो चिप्लो ढु·ामा मूर्तिहरू कुँदिएको, अण्डाकार पुष्ट अनुहार भएको, आ·िक अनुपात मिलेको, प्रशस्त गहनाहरू प्रयोग भएको, पारदर्शी लुगा प्रयोग भएको, मूर्तिहरूमा खाली हुने स्थानमा हात्ती, घोडा, परी, भक्त सेवक आदि अड्ढित गरिएको, आ·िक अनुपात मिलाइएको विज्ञहरू बताउँछन् । कतिपयले सिमरौनगढकालीन मूर्तिकलालाई आठौं शताब्दीपछि ब·ालमा पाल र सेनकालमा भएको मूर्तिकलाको विशेषताले निरन्तरता पाएको बताउँछन्।
अहिले सिमरौनगढका मूर्तिहरू कति हराइसकेका छन् कति चोरी भएका छन् त्यसको लगत छैन, यसबारे खासै देशीविदेशी अध्ययनहरू थोरै भएका छन् । सिमरौनगढ भनेको एउटा खुला सङ्ग्रहालय हो । तराईमा सिमरौनगढ जस्तै खुला सङ्ग्रहालय अन्यत्र पनि छ, सर्लाहीको मूर्तिया होस् वा मोरङको बुद्धनगर । तर कतै पनि यी मूर्तिहरूको संरक्षण र संवद्र्धनमा सरकारी स्तरबाट वैज्ञानिक र व्यवस्थित चासो देखाइएको छैन । त्यसैगरी गैरसरकारी सङ्घसंस्थाबाट यी सम्पदाबारे अध्ययन अनुसन्धानको बलियो परम्परा खडा हुन सकेको छैन ।
स्थानीय रूझानमा कमी
सिमरौनगढबारे विभिन्न भाषामा किताबहरू लेखिएका छन् । तर वर्तमानमा त्यसको ऐतिहासिक आलोकमा खोजी गर्दा निकै निराश हुनुपर्ने अवस्था छ । सिमरौनगढ क्षेत्रको ऐतिहासिक सम्पदा लुट गर्ने काम त्यहींका बासिन्दाहरूबाट बढी भइराखेको छ । सरकारी सहयोगमा निर्माण गरिएको एउटा सानो मूर्तिघरमा राखिएका मूर्तिहरू र त्यसको परिसरको व्यवस्थापनमा पनि स्थानीयहरूबाट प्रशस्त हेलचेक्रयाइँ भइराखेको छ । आफ्नो क्षेत्रको सम्पदाको अवमूल्यन गर्ने र त्यसप्रति गौरव बोध नगर्ने प्रवृत्ति केवल सिमरौनगढमा मात्र छैन अरू क्षेत्रतिर पनि देखिएको छ । यसैको परिणति हो पुराना धरोहरहरू समाप्त हुँदै जानू । आज आवश्यकता छ आफ्नो पहिचान प्रति गौरव गर्नको लागि त्यससँग जोडिएका पक्षहरूको त्यतिकै संंरक्षण र संवद्र्धनमा समर्पित हुनु । स्थानीयहरूको सक्रियता र जागरुकताले नै भएका सम्पदाहरूको सुरक्षा, मूर्ति फिर्ता गराउने अभियानलाई बल र सरकारी संरक्षणका लागि रचनात्मक पहल गर्न सकिन्छ ।