प्रस, वीरगज, १२ माघ/
ंवीरगंज भन्सारले ६२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको उपलक्ष्यमा रक्तदान तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि कैलाशकुमार बजिमयले विगतको समयमा राष्ट्रराष्ट्रबीच राजनीतिक मुद्दा हुने गरेकोमा अहिले आर्थिक मुद्दामा बहस भइरहेको बताए । आर्थिक उन्नति नभएसम्म देश विकास नहुने भएकोले आर्थिक विकासतर्फ पाइला चाल्न उनले सुझाएका थिए । राज्यको स्रोत भनेको भन्सार हो । भन्सारमा विगतको तुलनामा अहिले सुधारको क्रम बढेकोले हातोमालो गर्न जरूरी रहेको प्रजिअ बजिमयले बताए । अन्तर्राष्ट्रियस्तरमा अहिले विश्व व्यापारको होडबाजी चलेको बेला नेपाल पनि क्रमगतरूपमा अगाडि बढिरहेको र यस्तो बेला राजनीतिक स्थिरता भभयो भने आर्थिक विकास हुने प्रजिअ बजिमयले बताए ।
देश विकासमा उद्योगी, व्यापारी, कर्मचारीभन्दा बढी सञ्चारको भूमिका बढिरहेको कारण देश विकासप्रति लक्षित सकारात्मक लेखरचना प्रकाशित गर्न कार्यक्रमका विशिष्ट अतिथि उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक बैदले बताए । भन्सार नियमावली पुरानो भएकोले यसमा सामयिक संशोधन गर्न अति जरूरी देखिएको बैदले बताए । राज्यले तोकेको लक्ष्यभन्दा बढी राजस्व असुल गर्ने वीरगंज भन्सारमा कर्मचारीदेखि सेवाग्राहीसम्मको प्रमुख भूमिका रहेको बताए ।
कस्टमले कस्टमरको व्यवहार गरे वीरगंज भन्सारबाट थप राजस्व उठ्ने उनले बताए । न्यून बिल बिजकीकरण मूल समस्या रहेकोतर्फ राज्यको ध्यान नगएकोले राजस्वमा अपेक्षित वृद्धि हुन नसकेको उनले बताए । वीरगंज भन्सारको आधुनिकीकरण अति आवश्यक रहेको कुरा उद्योगीतर्फबाट बाबूलाल चचान बताए।
आधुनिक प्रविधिको कारण बेलबखत भन्सारमा समस्या आइरहेको बेला व्यापारीहरू धेरै मार्कामा पर्ने गरेको उद्योगपति चाचानले बताए । व्यापारी र भन्सारबीच सुमधुर व्यवहार आवश्यक रहेको उनले बताए । वीरगंज भन्सारका प्रमुख रामहरि अर्यालको सभापतित्वमा शुरू भएको कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष केसी लामिछाने, भन्सार एजेन्ट सङ्घका प्रतिनिधि बालकृष्ण प्रसाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भन्सार दिवसको अवसरमा उत्कृष्ट हुने कर्मचारी तर्फ भन्सार अधिकृत नेपाल खत्री, कार्यालय सहयोगी ओमबहादुर जोगी थारू, भन्सार एजेन्ट सङ्घका तर्फबाट उत्कृष्ट गर्ने सञ्जय श्रेष्ठ, मनोज कुर्मी, जीवनाथ घिमिरेलाई कार्यक्रम प्रमुख अतिथि प्रजिअ बजिमयले माला–टीका लगाई सम्मानपत्र दिएका थिए । त्यसैगरी सञ्चारतर्फ प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्मा, उद्योगतर्फ बाबूलाल चाचान, सुबोधकुमार गुप्ता, अशोक टेमानी तथा सिप्रदि ट्रेडिङ लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा रक्तदान गर्नेहरूको सङ्ख्या ४६ थियो । रक्तदान गर्नेहरूमा भन्सार कर्मचारी, एजेन्ट सङ्घ तथा सशस्त्र प्रहरीलगायत छन् ।