- विश्वराज अधिकारी
के नेपाल असफल राष्ट्र बन्दै छ ? आजभोलि यो प्रश्न नेपालका राजनीतिकर्मी, बुद्धिजीवी मात्र होइन, सर्वसाधारणहरूको मनमा पनि उब्जिन थालेको छ । दोस्रो संविधानसभाको निर्वाचन भएको दुई महिना बितिसक्दा पनि चुनावी सरकारको बिदाइ र नयाँ सरकार स्थापना हुन नसक्नुले त्यस किसिमको प्रश्न उब्जिनु स्वाभाविक देखिन्छ । तर यसबाहेक अन्य पनि थुप्रै कारणहरू छन्, यस किसिमको प्रश्न उब्जिनका लागि ।
नेपालका नेताहरूमा बढ्दो सत्तामोह र शक्ति प्राप्तिका लागि तल्लोभन्दा पनि तल्लो स्तरको सौदाबाजी गर्न सक्ने संस्कृति मौलाएको हुनाले आफ्नै दलभित्र पनि नेताहरूमा राम्रो समझदारी र समन्वय कायम हुन सकेको देखिंदैन । एउटा दलका नेता तथा कार्यकर्ताहरूको अर्को दलका नेता तथा कार्यकर्ताहरूबीच जहिले पनि बैरीको जस्तो सम्बन्ध हुनु त जगजाहेर कुरा नै हो । यी दुई मूल समस्याले गर्दा २०४७ सालको राजनैतिक परिवर्तनको समयदेखि नै न कुनै सरकार स्थिर हुन सकेको छ, न शक्तिशाली नै । अर्कोतिर, सरकार स्थिर र शक्तिशाली हुन नसकेको कारण राज्यमाथि सरकारको नियन्त्रण खुकुलो हुँदै गएको छ । राज्यमाथि सरकारको नियन्त्रण कमजोर हुँदै गएको हुनाले नै मुलुकले अनेक किसिमका समस्या भोग्नुपरेको छ । जस्तै– राज्य–शक्ति केन्द्रमा बलियो हुनुको साटो राजनैतिक दलका नेता र तिनका कार्यालयहरूमा छरिन पुगेको छ । सरकार बलियो हुनुभन्दा पनि दल र तिनका नेता वा नेताहरूद्वारा संरक्षित व्यक्ति वा समूह बलियो हुन पुगेका छन् । कानुन व्यवस्था क्रमिकरूपमा कमजोर हुँदै गएको छ । कानुनलाई हातमा लिएर मनोमानी गर्ने समूहरूको विकास एवं विस्तारमा तीव्रता आएको छ । न्याय र कानुन गरिब एवं सामान्य जनताको पहुँच भन्दा टाढा पुग्दै गएको छ । महँगीमा सरकारको कुनै पनि किसिमको नियन्त्रण छैन । महँगीले गर्दा कमजोर आय हुनेहरूको जीवनयापन कठिन एवं पीडादायी हुँदै गएको छ । गरिब जनताको क्रयशक्ति वृद्धि गर्न सरकारसँग कुनै किसिमको न लघुकालीन, न दीर्घकालीन योजना नै छ । जनता महँगीको जन्जिरमा जकडिएको छ । रोजगारका औसरहरू खुम्चिएर जनता दैनिक गुजाराका लागि पनि, कामको खोजीमा विदेशिन बाध्य छ । राष्ट्रिय राजनीतिमा विदेशीहरूको हस्तक्षेप बढ्दो छ । नेताहरू सत्ताको दाउपेचमा सफल देखिए पनि राष्ट्रिय राजनीतिमा उनीहरूको पकड कमजोर हुँदै गएको छ । नेपाली जनतालाई सबल नेतृत्व दिन नेताहरू असफल हुँदै गएका छन् । अन्तर्राष्ट्रिय राजनीतिमा नेपाली नेताहरूको प्रभाव त, एक किसिमले शून्यताको स्थितिमा पुगेको छ ।
माथि उल्लेख गरिएका समस्याहरू नेपालमा गम्भीर किसिमले विद्यमान छन् र यी समस्याहरूले गर्दा नै यो मुलुक असफल राष्ट्र हुन सक्छ भन्ने शड्ढा गर्नेहरू धेरै छन् । नेपाल असफल राष्ट्र बन्न थालेको हो भनी शड्ढा गर्नेहरूका लागि माथि उल्लेख गरिएका समस्याहरू बलियो आधार बनेका छन् । तर के नेपाल साँच्चै असफल राष्ट्र हुन थालेको हो त ? वा यो केवल कल्पना मात्र हो ? अथवा यो मात्र नेताहरूले आपूूm शक्तिशाली हुन चलाएको हल्ला मात्र हो ? वा कुनै खास वर्ग, जसलाई यस किसिमको हल्लाले फाइदा हुन्छ, उनीहरूले नै फैलाएको प्रायोजित हल्ला हो ? वा सामान्य जनता त्यसै त्यसै डराएर यस किसिमको शड्ढामा सहमति जनाउन बाध्य भएको हो ? या नेपाल असफल राष्ट्र हुने सड्ढेत प्रस्टरूपमा देखिएकोले त्यसो भनिएको हो ?
नेपाल असफल राष्ट्र हुने सम्भावना छ कि छैन भनी चर्चा गर्नुभन्दा पहिले कुनै एउटा राष्ट्रलाई के कस्तो अवस्थामा असफल राष्ट्र भन्ने गरिन्छ वा कुनै एक राष्ट्रलाई के के कुराहरूले असफल बनाउन विशेष भूमिका खेल्दछ, त्यसबारे छोटो चर्चा गरौं ।
संयुक्त राज्य अमेरिकाको वाशिंगटन स्थित एक स्वतन्त्र एवं गैरमुनाफामूलक अनुसन्धान तथा शैक्षिक संस्था ‘फन्ड फर पिस’ (स्था १९५७) ले निम्न समस्याहरू कुनै पनि राष्ट्रलाई असफल बनाउन सक्ने सूचक (ष्लमष्अबतयचक) वा कारक बन्न सक्छन् भनी उल्लेख गरेको छ । ती सूचकहरू यस प्रकार छन्–
सामाजिक
१. जनसङ्ख्याको चाप बढ्दै जानु
२. ठूलो शरणार्थी समस्याबाट मानवीय समस्या उत्पन्न हुनु
३. समूहहरूद्वारा बदलाका कार्यवाही हुनु
४. नागरिकको निरन्तर विदेश पलायन
आर्थिक
१. असमान आर्थिक विकास हुनु
२. अर्थतन्त्र तीव्र गतिमा ओरालो लाग्नु
राजनैतिक
१. अपराध बढ्नु र कानुन व्यवस्था फितलो हुँदै जानु
२. सार्वजनिक सेवामा तीव्र र्हास आउनु
३. मानवाधिकारको व्यापक उल्लङ्घन हुनु
४. राज्य भित्र पनि राज्यहरू खडा हुनु
५ शक्ति समूहरू उदय हुनु
६. बाहय शक्ति केन्द्रहरूको हस्तक्षेप बढ्नु
नेपालमा सामाजिक समस्या अन्तर्गत निरन्तर नागरिकहरू विदेशतिर पलायन हुनु गम्भीर समस्या हो । यो आम नेपालीले देखेको र भोगेको यथार्थ हो । यसैगरी आर्थिक समस्या अन्तर्गत नेपालको आर्थिक विकास अति नै असमान किसिमले भइरहेको छ । केही व्यक्ति राज्यको फितलो कानुनको फाइदा उठाएर अप्रत्याशितरूपमा अति नै धनी हुन पुगेका छन् भने बहुसङ्ख्यक व्यक्ति जो पहिलेदेखि निर्धन थिए, झनै निर्धन हुन पुगेका छन् । यो अर्को ठूलो समस्या हो । राजनैतिक समस्या अन्तर्गत दुई समस्याहरू प्रमुख रूपमा देखिएका छन्– सार्वजनिक सेवामा तीव्र र्हास आउनु र बाहय शक्ति केन्द्रहरूको हस्तक्षेप बढ्नु । यीबाहेक अन्य समस्याहरू भने गम्भीररूपमा देखिएका छैनन् । यी समस्या नेपालको सामाजिक एवं राजनैतिक व्यवस्थाको कारण जन्मिएका होइनन् । नेपालको समुन्नत एवं प्रभावसाली सामाजिक एवं राजनैतिक व्यवस्थालाई राष्ट्रको विकासमा प्रयोग गर्न नसक्ने राजनैतिक नेताहरूको बौद्धिक दुर्बलताको कारण जन्मेका हुन् । नेताहरूको स्वार्थी र पद लोलुप प्रवृत्तिका कारण जन्मेका हुन् । नेताहरू सुविधाभोगी हुँदा यी समस्याहरू जन्मेका हुन् ।
नेपालको सामाजिक एव राजनैतिक व्यवस्थामा कुनै गम्भीर समस्या छैन, जस्तो कि केही अफ्रिकी राष्ट्रहरूमा देखिएको छ । ती अफ्रिकी राष्ट्रहरूमा जनता धर्म र संस्कृतिको नाममा नराम्ररी विभाजित छन, सङ्घर्षरत छन्, एक अर्काको ज्यान लिरहेका छन् । राजनैतिक रूपमा सरकारले सम्पूर्ण राष्ट्रलाई आफ्नो नियन्त्रणमा राख्न सकेको छैन । देशको विभिन्न भाग विद्रोहीहरूको कब्जामा छ । देशमा शान्ति कायम गर्न अन्य राष्ट्र वा संयुक्त राष्ट् सङ्घबाट सेना बोलाउनुपर्ने स्थिति छ । सङ्घर्षरत ती अफ्रिकी मुलुकमा देखिएका त्यस किसिमका समस्याहरू नेपालमा हाल अस्तित्वमा छैन । र भविष्यमा त्यस्ता समस्याहरू नेपालमा देखिने सम्भावना पनि विस्तारै शून्य हुँदै गइरहेको छ । नेपालमा अहिले शान्ति छ । द्वन्द्वको पीडाले सबैलाई शान्त बस्न सचेत पारेको छ, शिक्षित पारेको छ ।
नेपालमा बरु सकारात्मक कुराहरू धेरै देखिएका छन् । केही स्वार्थी नेताहरूले आफ्नो नितान्त व्यक्तिगत फाइदाका लागि नेपाली जनतालाई राजनीतिक दर्शनको आधारमा, धर्म र संस्कृतिको आधारमा, जातजातिको आधारमा, भूगोलको आधारमा, भाषाको आधारमा विभाजन गर्न खोजे पनि नेपाली जनता ती स्वार्थी नेताहरूको पछाडि लागेको छैन, बरु राम्रो सामाजिक सद्भाव कायम गरी बस्न सफल भएको छ ।
माथि उल्लेख गरिएका तथ्यहरूको विश्लेषण गर्दा नेपाल असफल राष्ट्र हुने सम्भावना देखिंदैन । बरु उल्टो नेपालका नेताहरू असफल हुँदै गएको देखिएको छ । नेपालका नेताहरूमा पनि, पुराना पुस्ताका नेताहरू असफल हुँदै गएको देखिएको छ । नेपाल असफल त होइन, बरु झनै बलियो राष्ट्र हुने दिशातर्फ अग्रसर हुँदै गएको छ । राम्रो नेतृत्व दिने इमानदार नेताहरू अगाडि आउने हो भने नेपाल राजनैतिक र आर्थिक, दुवै किसिमले बलियो हुँदै जाने बलियो सम्भावना छ । नेपाल राजनैतिक र आर्थिक, दुवै रूपमा बलियो हुने पर्याप्त अवसर मात्र होइन, स्रोत एवं साधनले पनि सम्पन्न छ । यसैगरी राष्ट्रिय आय वितरणमा अति असमानता देखिए तापनि समग्ररूपमा राष्ट्र पहिलेभन्दा निकै धनी भएको छ, खासगरी वैदैशिक रोजगारी र सेवा व्यवसायको आयले गर्दा ।
द्यचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm