$type=ticker$count=12$cols=4$cate=0

संविधानसभाको पहिलो बैठकपछिको निराशा

SHARE:

- अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    संविधानसभाको दोस्रो निर्वाचन भएको २ महिना ४ दिनपछि माघ ८ गते बल्लतल्ल पहिलो बैठक बस्यो । पहिलो बैठकमा जुन उत्साह, उम· र सहभागिता हुनुपथ्र्यो, त्यो त देखिएन नै, बैठकपछि पनि जुन किसिमको उत्साह आम जनतामा सम्प्रेषित हुनुपथ्र्यो, त्यो पनि भएन । एक त बैठक आह्वानका निम्ति राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्षबीच चलेको मनोवैज्ञानिक युद्धको कारण पहिलो बैठकको उत्साह खल्लो भयो । त्यसमा पनि राष्ट्रपति र उपराष्ट्रपति फेर्ने खालको बेतुकको अडानले झनै निराशा बढायो । पहिलो बैठकमा दलहरू महत्त्वपूर्ण मुद्दाहरू प्रस्तुत गर्ने मनस्थितिमा नहुँदा पनि खासै उम· सिर्जना भएन । बैठकअघि दल तथा सरकारको कछुवाको गतिको कामले निराश त बनायो नै बैठकपछि झन् चिन्तित तुल्याएको छ । पहिलो बैठकमा खासै कुनै मुद्दा पारित नहुनु दु:खद त छ नै पुरानै असफल नियमावली मुताबिक तत्काल बैठक सञ्चालन गर्ने निर्णय पनि कम दु:खदायी थिएन । पहिलो संविधानसभाले गणतन्त्र जस्ता ऐतिहासिक निर्णय गरे पनि यो बैठकले खासै केही निर्णय गर्न नसक्नुले असफल संविधानसभा जतिको महत्त्व पनि वर्तमान संविधानसभाले नपाएको हो कि भन्ने आशड्ढा उब्जेको छ । बैठकको अध्यक्षता महापञ्चले गरेको कुराले पनि कम अर्थ राख्दैन । जुन ठूलै चिन्ताको विषय हो । पहिलो संविधानसभाजस्तै ऐतिहासिक निर्णय गर्ने अवसर यो संविधानसभासँग पनि थियो । अर्थात् जसरी गणतन्त्र घोषणा गरेर कििर्तमान कायम गरिएको थियो, त्यसैगरी पहिलो संविधानसभाको उपलब्धिको स्वामित्व ग्रहण गर्ने निर्णय पहिलो बैठकबाट भएको भए ठूलो उपलब्धि मात्र हुँदैनथ्यो, एक वर्षभित्र संविधान निर्माण गर्ने ठूलो आधार पनि बन्ने थियो । ८० प्रतिशत संविधानको काम सम्पन्न भएको पुष्टि हुन्थ्यो र बीस प्रतिशत काम पूरा गर्न सबै दलको सहमति पनि बाध्यात्मक हुन्थ्यो । विगतको उपलब्धिको स्वामित्व ग्रहण गर्न खासै अवरोध पनि थिएन, किनभने ती उपलब्धि मुख्यरूपमा काङ्ग्रेस, एमाले, एमाओवादी तथा मधेसवादीले ल्याएका थिए । यस संविधान सभामा पनि यिनै चार शक्तिको वर्चस्व रहेकोले खासै अवरोध हुने अवस्था थिएन तर पनि उपलब्धि को स्वामित्व ग्रहण गर्ने प्रस्तावसम्म पेश नभएकोले यी चार शक्तिबीच विगतजस्तै ठूलो विमति अद्यापि रहेको पुष्टि हुन्छ । यो वर्तमान संविधानसभाको असफलताको ठूलो कारक हुन सक्छ । यही नै आम जनताका लागि चिन्ता र निराशाको विषय हुन् ।
    संविधानसभाको पहिलो बैठकपछि पनि संविधान निर्माणमा जति गम्भीर हुनुपथ्र्यो त्यति चार शक्ति नदेखिनु पनि चिन्ताको कुरा हो । विडम्बना कति छ भने मुलुक यत्रो सड्ढटबाट गुज्रेर पनि ठूला दलका ठूला नेताहरूमा त्यागको भावना छैन । काङ्ग्रेसजस्तो ठूलो दलमा संसदीय दलको नेता चुन्न सहमति बन्न सक्दैन, दोस्रो ठूलो दल एमाले पनि त्यही रोगबाट ग्रसित छ । एमाओवादी त झन् विभाजनकै सँघारमा छ भने मधेसवादीहरूले एकताको नाटक मञ्चन गरे पनि त्यो एकता आफ्नैविरुद्ध देखिन्छ । मधेसवादीलाई दुई शक्तिमा विभाजन गरेर एक अर्कालाई पछार्ने ध्याउन्न छ । जुन दलका नेताहरू आफ्नै दलको नेतालाई सहमतिमा ल्याउन सक्दैनन्, उनीहरूले सबै दललाई कसरी राष्ट्रिय सहमतिमा ल्याएर एक वर्ष भित्र संविधान देलान् ? आम जनताको मनमा हुँडलिइरहेको प्रश्न हो । यसले राष्ट्रिय सहमति गरेर एक वर्षभित्र संविधान बन्नेमा पहाड जस्तो चुनौती रहेको स्पष्ट देखिन्छ । यसर्थ जनतामा निराशा अस्वाभाविक छैन । यसैमा माओवादी सहित ३३ दल संविधानसभा असफल बनाउने रणनीतिमा छन् । उनीहरूलाई सहमतिमा नल्याई न संविधान टिकाउ हुन सक्छ, न शान्तिले नै स्थायित्व पाउन सक्छ । तर वैद्य समूहलगायतसँग संवाद पनि कुनै दल वा नेताले चलाएको छैन । यहाँ ठूलो कमजोरी हुँदैछ । चुनाव भएको दुई महिना बितिसक्दा पनि सरकार कसले र कसरी बनाउँछ कुनै छनक छैन । संविधानको कुन कुन विषय टु·ो लागेको र कुन कुन विषय टु·ो लगाउन बाँकी छ, त्यसलाई कसरी निचोडमा पुर्‍याउने बहस पनि भएको छैन । वर्तमान संविधानसभाको प्रमुख विवादित मुद्दा सङ्घीयता हो, तर सङ्घीयताबारे पनि बहस नहुनु दु:खद नै हो । एक वर्षभित्र संविधान बनाउने वाचासहित संविधानसभा गठन भएको छ । अर्थात् एक वर्षमा संविधान बन्यो भने यही समयावधिभित्र मुलुक सङ्घीय संरचनामा जानुपर्छ । यदि एक वर्षभित्र सङ्घीय संरचनाको संविधान दिने हो भने संविधान नबनेसम्म स्थानीय निकायको निर्वाचनको औचित्य छैन, तर निर्वाचन आयोग र ठूला दलहरू स्थानीय निर्वाचनको रट लगाएको लगायै छन् । यसबाट कही सङ्घीयतालाई सखाप पार्ने रणनीति त छैन ? आम जनतामा ठुलो आशड्ढा छ । पहिचानको लडाइँ चरमचुलीमा रहेको अवस्थामा ठूला दलहरूले ‘एक भाषा एक वेश’लाई बढावा दिने सड्ढेत पहिलो बैठकमा दिएका छन् । यसले ठूला दलहरू विगत उपलब्धि संरक्षणको सट्टा सखाप पार्ने रणनीतिमा त छैनन् आम आशड्ढा छ । यदि यस्तो भयो भने आम जनतासँग ठूलो धोका हुनेछ । जसले अहिलेको ठूला दल फेरि तल झर्न सक्छन् । चुनावलगत्तै वर्तमान सरकारले पनि विवादयुक्त काम गर्न थालेको छ, जुन आफैंमा संविधानसभाको लागि अवरोधक हो । बैठक आहवान गर्ने अडान, त्रिविमा पदाधिकारी नियुक्ति र बर्खास्तगीजस्ता अदूरदर्शिता देखाएको छ ।
   जे होस यस्तो सड्ढटपूर्ण अवस्थामा सर्वोच्च अदालतले सकारात्मक निर्णय गरेको छ । राष्ट्रपति र उपराष्टपतिलाई पदमुक्त गर्न परेको रिट खारेज गर्दै मुलुकलाई सघाएको छ, यदि अदालतको फैसला मान्ने हो भने । यसले तत्काल राष्ट्रपति र उपराष्ट्रपति फेर्ने अडान छोड्न निर्देशन दिएको मान्नुपर्छ, जसले दलहरू अब उप्रान्त त्यस विषयमा अल्झनु हुँदैन । यस निर्णयले संसदीय सर्वोच्चतालाई बढावा दिने र हरेक समस्याको समाधान न्यायालयलाई ठान्ने मनोविज्ञानमा पनि रोक लगाउने देखिन्छ । ससले राजनीतिक विवाद अदालत प्रवेश गर्न रोक लाग्न सक्छ र शक्ति पृथकीकरणको सिद्धान्तको जर्गेना मात्र गर्दैन, न्यायालय उपर हुने टीकाटिपणी पनि रोकिन्छ । सबभन्दा चिन्ताजनक विषय के छ भने यो संविधानसभाले पनि विगतकै गलती दोहोर्‍याउँदैछ । पहिलो संविधानसभाको बैठक अधूरो अवस्थामा बसेजस्तै यस पालि पनि भयो । २६ सभासद्को मनोनयनबेगर बस्यो । पहिलो संविधानसभामा पनि २६ सभासद्को चयन चुनाव गराउने सरकारले गरेन भने अहिले पनि नयाँ सरकारले नै गर्ने अवस्था देखिंदैछ । जुन ठूलो संविधानिक त्रुटि हो । यस्तो त्रुटि सच्याएर, पहिलो संविधानसभाको उपलब्धिको स्वामित्व ग्रहण गरेर आम जनताको धेरै चिन्ता हटाउन सकिन्छ । यस त्रुटिलाई दोस्रो बैठकबाट पनि सच्याउन सकिन्छ । आशा गरौं संविधानसभाको दोस्रो बैठकमा यस सच्याउने काम होला ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : संविधानसभाको पहिलो बैठकपछिको निराशा
संविधानसभाको पहिलो बैठकपछिको निराशा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi4MapGIQAzJZWE1MmM7dzKrxisGCpUFblSQlQo66RfxkLyswzBihle724bNsuINSHxoBNs8LFZ5PrW-xc7ZGCJcUwc86GuosmxSt-YOJL_iy4KrfAG218W8NZl2ol073AaWh4h3ZuPve2m/s1600/virendraprasad+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi4MapGIQAzJZWE1MmM7dzKrxisGCpUFblSQlQo66RfxkLyswzBihle724bNsuINSHxoBNs8LFZ5PrW-xc7ZGCJcUwc86GuosmxSt-YOJL_iy4KrfAG218W8NZl2ol073AaWh4h3ZuPve2m/s72-c/virendraprasad+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/01/blog-post_7394.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/01/blog-post_7394.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy