प्रस, वीरगंज, १३ माघ/
नारायणी उपक्षेत्रीय अस्पतालमा प्रसूति (गाइनो) विभागमा कार्यरत डाक्टर रणवीर सिंहमाथि चोरीको अभियोगमा अस्पताल प्रशासनले आज स्पष्टीकरण सोधेको समाचार प्रकाशमा आएको छ ।
डा. सिंह आफू बसेको अस्पताल क्वाटरको काठको ढोका चोरी गरी घर लगेको आरोप अस्पताल प्रशासनको रहेको छ ।
दुई दिन पहिले अस्पताल क्वाटरका लागि खरिद गरिएको सालको काठको ढोका रिक्सामा लोड गरी घर पुर्याई घरको प्लाइउडको ढोका रिक्सामा राखी ल्याएको प्रत्यदर्शीहरूले देखेका थिए । घटना लगत्तै नारायणी उपक्षेत्रीय अस्पताल प्रहरी बिटका प्रहरीले डा. सिहको घर पुगी घटनाको पुष्टि गरेको छ ।
घटना लुकाउन चौतर्फी दबाब परेपछि अस्पतालका मेसु डाक्टर रामशड्ढर ठाकुरले कारबाईमा आलटाल गरे पनि कारबाई गर्न दबाब दिएपछि स्पष्टीकरण सोधेको स्रोतले बतायो ।
स्रोतका अनुसार सालको काठको ढोका डा.सिहको क्वाटरका लागि खरिद गरिएको तर खरिद गरिएको ढोका अहिले उनको कोठामा लगाएको ढोका फरक छ ।
यसबारे अस्पतालका मेसु डा. ठाकुरसँग बुझ्दा घटनालाई फरक ढ·ले बताउँदै घटनाको वास्तविकता थाहा पाउन डा. सिंहसँग स्पष्टीकरण सोधिएको बताउँदै चित्तबुझ्दो जवाफ नआए कारबाई गर्ने बताए ।
चोरीको अरोपमा पक्राउ परेपछि हिजो धरौटीमा रिहा भएका कर्मचारीहरूलाई हाजिर गराउन चौतर्फी दबाब हुन थालेपछि अस्पतालका मेसु डाक्टर रामशड्ढर ठाकुर अहिले मानसिक तनावमा परेका छन ।
उनीहरूलाई अस्पतालमा हाजिरी गराउन एमाले निकट युवा तथा नेताहरूको दबाब आउन थालेपछि मेसु ठाकुर अहिले आत्तिएर सम्पर्कविहीन भएका छन् ।
सधैं अस्पतालमा घुमफिर गर्ने, सजिलै भेटिन सक्ने मेसु ठाकुर अहिले कसैसँग भेट्न नचाहेको कर्मचारीहरूलाई बताउन थालेका छन् । मेसुसँगै काम गर्ने एकजना नजिकका कर्मचारीका अनुसार धरौटीमा रिहा भएका कर्मचारीद्वय सन्तोष सिंह तथा नरेन्द्र कुशवाहालाई काममा नफर्काए अवस्था गम्भीर बन्ने कसैले धम्की दिएको छ ।
मेसु ठाकुरले नियम अनुसार काम गर्ने बताउँदै अदालतको निर्णय नआएसम्म कुरेर बस्ने मन्सायमा रहेको कर्मचारी स्रोतले बताएको छ । यसबारे मेसु ठाकुरसँग बुझ्दा यसबारे केही बताउन चाहेनन् ।
हाजिरी गराउन दबाबबारे मेसु ठाकुरले काम गर्दा यस्ता दबाब आउनु स्वाभाविक रहेको बताउदै दबाब दिने व्यक्तिको नाम खुलाउन चाहेनन् ।
अस्पतालमा बिग्ेरको डाइलेसिस मेसिन मरम्मतका लागि खरिद गरी ल्याएको केमिकल रिक्सामा लोड गरी चोरबाटो प्रयोग गरी लगिरहेको बेला उनीहरू पक्राउ परेका थिए । सोही राति वडा प्रहरी कर्यालयका प्रहरीले दुवैजनाविरुद्ध चोरी मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो ।
अनुसन्धान पछि प्रहरीले अदालतको जिम्मा लगाएपछि जिल्ला अदालले जनही १ लाख २१ हजार धरौटी मागेपछि उनीहरू, तत्काल धर्रौटी बुझाई हिजो रिहा भएका छन ।