प्रस, वीरगंज, १६ माघ/
नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज परिसरमा रहेको शहीद थीरबम मल्ल र गण्डकमा रहेको शहीद तेजबहादुर अमात्यको सालिकमा आज शहीद दिवसको अवसरमा नेपाली काङ्ग्रेस वीरगंज नगर कार्यसमितिले माल्यार्पण गरी शहीदप्रति सम्मान प्रदर्शित गरेको छ ।
नेपाली काङ्ग्रेस वीरगंज नगर कार्यसमितिको आयोजनामा सभासद् राजेन्द्रबहादुर अमात्यलगायतले शहीदद्वयको सालिकमा माल्यार्पण गरेका थिए । नगर कार्यसमितिका सभापति महम्मद सहाबुद्दिनको अध्यक्षतामा सम्पन्न माल्यार्पण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय, पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक हर्कबहादुर रावललगायत नेपाली काङ्ग्रेस पर्सासँग आबद्ध नेताहरू, स्थानीय बुद्धिजीवी, सञ्चारकर्मीहरूको सहभागिता थियो । नारायणी असपतालमा जम्मा भएर थीर बम मल्लको सालिकमा माल्यार्पणपछि मोटरसाइकल र्यालिसहित गण्डकस्थित शहीद तेजबहादुरअमात्यको सालिकमा पुगेको र माल्यार्पण गरेको थियो ।
यसैगरी शहिद दिवसको अवसरमा आज वीरगंंज, युवा स्पोर्ट्स क्लबले घण्टाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ७२ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेमा मनोज भट्टराई, मीना थापा, कन्हैयालाल वर्णवाल, विजय श्रेष्ठ, पुनिलाल साह, सुभाष जोशी, नवीनकुमार सिंह, मनीषा परियार, स·ीता परियार, निर्मला श्रेष्ठ, बिन्दु लामा, गणेश शाही र मुस्तकिम हवारीलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए । रक्तदान कार्यक्रमको उद्घाटन पर्साका प्रजिअ कैलाशकुमार बजिमयले गरेका थिए भने अध्यक्षता प्रमोदकुमार परियारले गरेका थिए । कार्यक्रममा रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक आर्यन चौधरी, विक्की गुप्ता, राजन श्रीवास्तव र अवधेश महतोले सहयोग पुर्याएका थिए ।
प्रस, रौतहट/
शहीद दिवस एवं भारतका महात्मा गाँधीको पुण्यतिथिमा आज महात्मा गाँधी बहुउद्देशीय सर्वोदय विकास केन्द्र, नेपालद्वारा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । निमावि हजमिनिया पताहीमा आयोजित उक्त कार्यक्रममा गाँधी एवंं नेपाल भारतका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै २ मिनट मौन धारण गरिएको थियो । सो कार्यक्रममा नेपाल र भारत दुवै देशको राष्ट्रिय गान प्रस्तुत गरी दुवै राष्ट्रका राष्ट्रिय झन्डा फहराइएको थियो ।
सो अवसरमा नेपालको समग्र विकासमा हिन्दी भाषाको महत्त्व र गणतन्त्र विषय निबन्ध प्रतियोगिता गराइएको थियो जसमा तीनवटा विद्यालयका १८ जना छात्रछात्राहरू सहभागी थिए । जनता सत्यनारायण मावि वसतपुर, राम नरेश लक्ष्मण मावि हजमिनिया र निमावि हजमिनिया पताहीका छात्रछात्राहरूलाई सो प्रतियोगितामा सहभागी रहेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार दिइने महात्मा गाँधी बहुउद्देशीय सर्वोदय विकास केन्द्र नेपालका अध्यक्ष मदनकुमार झाले बताए ।