प्रस, वीरगंज, १३ माघ/
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप तथा ११ औं राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।
वीरगंज घडिअर्वास्थित जिल्ला खेलकुद विकास समितिको प्रा·णमा सञ्चालित तीन दिने सो प्रतियोगितामा सहभागी २० जिल्लाका कुस्तीबाजहरूमा बाराले चार, पर्साले दुई र नवलपरासीले १ स्वर्णपदक प्राप्त गरी क्रमश: प्रथम, द्वितीय र तृतीय भए । ६७ केजीमा बाराका मुख्तार आलम, ९६ केजीमा सन्देश पडित, १२० केजीमा सत्येन्द्र यादव र ७४ केजीमा बुनीलाल राउत अहिरले स्वर्ण पदक प्राप्त गरेका थिए । यसैगरी पर्साबाट ५५ केजीमा जयम·ल यादव र ८४ केजीमा सुनीलकुमार साहले स्वर्णपदक जितेका थिए भने ६० केजी तौलमा नवलपरासीका वैद्यनाथ यादवले स्वर्ण जितेका थिए । बाराका बुनीलाल यादव, ७४ केजी समूहका प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
प्रथम हुने बाराका कुस्तीबाजहरूलाई नेपाल कुस्ती सङ्घका केन्द्रीय अध्यक्ष विनोदकुमार चौरसियाले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए भने दोस्रो हुनेलाई सङ्घका उपाध्यक्ष एवं मुख्य प्रशिक्षक विद्यासागर पोखरेलले र तेस्रो हुनेलाई कोषाध्यक्ष अजयकुमार मिश्रले पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट हुने बाराका बुनीलाल यादवलाई पुराना कुस्तीबाज धर्मदेवप्रसाद यादवले ५ हजार नगदसहित सम्मानित गरेका थिए । समापन समारोहमा महासचिव मुमताज अलि, बाराका प्रशिक्षक ब्रह्मदेव यादव उपस्थित रहेको स्वयंसेवक प्रशिक्षक विशेश्वर पटेलले जानकारी गराएका छन् ।