$type=ticker$count=12$cols=4$cate=0

जनकवंशी राजाहरू

SHARE:

- शीतल गिरी
   हेर्दा हेर्दै यो समाचार जनकपुरमा फैलियो ।
    नगरजन हर्षोन्मत्त भए । जनकपुरमा म·लवाद्य बज्न थाल्यो । राजमार्ग सजिए, नगरभवन, कलश, पताकाले सुशोभित भएको थियो । फूलका मालाहरू, तोरणहरूले सम्पूर्ण घर भरिएका थिए । म·लगान, वेणुवाद्य, शङ्ख आदि बज्न थाले । राजमार्ग दर्शकहरूले भरियो । वारा·ना नृत्य गर्न थाले । विविध होम, पूजा र म·ल अनुष्ठान हुन थाले । सुरभित, सुगन्धित पदार्थहरूको गन्धले चारै दिशा मगमगाए । प्रत्येकको मुखमा जनक विदेहको बहुदक्षिणा यज्ञको चर्चा थियो । नगर–नागर एक हजार गाई र तिनीहरूको सिङमा बाँधेको तामाको सिक्का कसको हुने इत्यादि चर्चा गर्दै थिए ।
    बहुदक्षिणा यज्ञ अनुष्ठानमा आफ्नो विद्वत्ता प्रदर्शन गर्न पञ्चालराज , मद्रदेश, कुरुदेश आदिबाट याज्ञवल्क्य, जारत्कारव आन्र्तभाग, भज्युलाहयापनि, उषीस्त चाक्रायण, कहोल कौषीतकेय, गार्गी वाचकनवी, विदग्ध साकल्य, जित्वा शैलिनि, उदंक शौल्वायन, वर्क वार्षा, गर्दभीविपीत भारद्वाज, सत्यकाम जालव आदि आएका थिए ।
    जनक विदेहको घोषणा थियो— ब्राहमणहरूमा सर्वश्रेष्ठ को हो ? जो श्रेष्ठ ब्राह्मण हो, उसले सिङमा तामाको सिक्का बाँधेको एक हजार गाईहरू प्राप्त गर्नेछ । ब्राह्मणहरूमा सर्वश्रेष्ठ म हुँ भनेर अघि सर्ने हिम्मत कसैको भएन । तब याज्ञवल्क्यले शिष्य सोमस्रवाको सहयोग लिएर गाई हाँके । जनक विदेहका होता अश्वल रिसाउँदै याज्ञवल्क्यसँग कर्मबारे प्रश्न गर्न थाले ।
    याज्ञवल्क्य वैदिक कर्मकाण्डका ठूला पण्डित थिए, उनको तार्किक र साम्प्रदायिक व्याख्याको अगाडि होता अश्वल चुप भए । अनि जारत्कारव आर्तभागले मृत्यु भक्षकबारे प्रश्न गरे । तब उनले यो तत्त्व हामी दुईबाहेक अरूलाई थाहा छैन भनेर चुप गराए । भृज्यु लाहयायनिलाई अश्वमेघ याजिकहरूको वायुद्वारा त्यस लोकमा आश्वमेघाजिकहरू जान्छन् भनेर चुप लगाए । उषीस्त चाक्रायन बुद्धि भएका र तिखो स्वभावका थिए । उनलाई आत्मा नै सर्वान्तर हो, योभन्दा फरक आर्त हुन्छ भनेर चुप गराए ।
    कहोल कौषीतकेयले सर्वान्तरात्माबारे प्रश्न गरे । सर्वान्तर भोक, प्यास, शोक, मोह, रोग, मृत्युभन्दा पर छ भनी चुप गराए । गार्गी वाचक्नवीको ब्रहमलोक सम्बन्धी प्रश्नलाई शास्त्रबलद्वारा उत्तर दिन नसकेपछि शस्त्रबलको सहायता लिए । “प्रश्नको सीमा न नाघ गार्गी, नत्र तिम्रो टाउको काटिने छ ।” शास्त्र होइन शस्त्रद्वारा व्याकरणाचार्य , विद्वान् शाकल्यको टाउको सदाको लागि याज्ञवल्क्यले भूमिमा खसाले । शाकल्यको अन्त भएको देखेर सबै ब्राह्मण डराए । सो सभामा ब्रह्म संवादमा याज्ञवल्क्य विजयी ठहरिए । त्यो समागममा जुन दार्शनिक वार्तालाप भएको थियो, त्यसलाई वृहदारण्यकको चौथो अध्यायमा सुरक्षित राखिएको छ । याज्ञवल्क्यले जनकलाई आत्मा, ब्रह्म र सुषुप्तिबारे उपदेश दिए ।
    “म राजमार्गमा हिंड्छु, यहाँबाट हट्दिनँ”–व्यक्तिले दृढ स्वरमा भन्यो । राजाको सुविधाको लागि प्रजाको आवश्यक काम रोक्नु अनुचित हो । म राजमार्गबाट हट्दिनँ ।” आठ ठाउँमा बा·िएका कुरूप व्यक्तिको मुखबाट निस्केको शब्द सुनेर राजसेवकहरूले उसलाई राजाज्ञा अपहेलना गरेको अपराधमा थुनिदिए ।
    यो कुरा थाहा पाउने बित्तिकै मिथिलेशले त्यस कुरूप व्यक्तिसँग माफी माग्दै भने — “राज्यमा राजालाई दण्ड गर्न सक्ने सत्पुरुष राजगुरु बने मात्र राजाबाट अन्याय हुन पाउँदैन ।” आठ ठाउँ बा·िएका कुरूप व्यक्ति अष्टावक्र थिए । विद्वान् कहोलका पुत्र अष्टावक्र आफ्नो समयका महान दार्शनिक थिए । एकपटक उनी श्वेतकेतुसँग मिथिलाको जनकवंशी राजा महावंशीका राजसभामा पुगे । उनको आठ ठाउँमा बा·िएको कुरूप शरीर देखेर सभासद्हरू हाँसे ।
    अष्टावक्र विद्वान् ऋषि थिए , दुर्वासाजस्ता रिसाहा थिएनन् । उनले सभासद्हरूको उपहासलाई अपमान ठानेनन् । उनी पृथ्वीजस्तो सहनशील र आकाशजस्तो विशाल अर्थात् विशाल हृदयका थिए । उनले सहजतासाथ भने — “तपाईंहरू मलाई देखेर हाँस्दै हुनुहुन्छ ? तपाईंहरूले यो नश्वर शरीरभन्दा परको नित्य सत्य चिन्ने प्रयत्न गर्नुभएको छ ?” अष्टावक्रको यो गम्भीर वाणीले सभासद्हरूमा गहिरो प्रभाव पार्‍यो । सबै स्तब्ध भए । अष्टावक्रले महावंशी जनकको राजसभामा धेरैपटक आध्यात्मिक संवाद गरे, जुन उनको विद्वताको दृष्टान्त हो । शरीरको नश्वरता सम्बन्धमा उनको संवाद अकाट्य छ । कुरूप अष्टावक्रले सुप्रभाजस्ती सुन्दरी ऋषिपुत्रीसँग विवाह गरे । विवाहको पनि रोचक प्रस· छ । उद्दालक मुनिका समकालीन वदन्यकी छोरी सुप्रभासँग अष्टावक्रले विवाह गर्न चाहे । वदन्यले आफ्नी सुन्दरी छोरी दिन नचाहेर एउटा असम्भव प्रस्ताव राखे ।
    दृढ आत्मबल भएका अष्टावक्रले प्रस्ताव स्वीकार गरी अन्तत: सुप्रभालाई पत्नी बनाइछाडे । वास्तवमा जनकपुरका राजा (गणपति) हरूले धारण गरेको ‘जनक’ नाम नभएर उपाधि थियो । सबै जनक महाज्ञानी, परमसहिष्णु र कर्मशील थिए । जनताको माया र जनकपुरको उन्नति उनीहरूको प्रिय थियो । किंवदन्ती अनुसार ऋषिहरूले निमिको शरीर मन्थन गर्दा उत्पन्न भएको युवक नै जनक भयो । ऊ आमाको उदरबाट उत्पन्न नभएको हुँदा उसलाई विदेह भनियो । शरीर मन्थन गरिएको हुँदा मिथिल भन्न थालियो । यस राज्यका राजाहरूलाई जनक अथवा विदेह भनियो । मिथिलाका राजा शिरध्वज जनकको यस्तो प्रण थियो– जुन पुरुषले जनकपुरमा रहेको पिनाक धनुषबाट वाण चलाउन सक्छ , उसलाई नै उनी आफ्नी कन्या सीता दिनेछन् । यस धनुष यज्ञको निम्ता हरेक राजाकहाँ पठाइएको थियो र मुकुटधारी, छत्रधारीहरूको चतुर·ी सेनाको चहलपहल र हात्ती, घोडा, रथ र अन्य सवारीहरूका भीडले जनकपुर भरिएको थियो ।
    देश देशान्तरबाट वेदवेत्ता ऋषिहरू पनि आएका थिए । उनीहरूका निवास स्थानमा सयकडौं गोरुगाडाहरू र गोरुहरू खडा थिए । सबै आफ्नो–आफ्नो सुविधा अनुसार सानुकूल स्थानमा डेरा जमाएका थिए । महामुनि विश्वामित्र पनि राम, लक्ष्मणलाई लिएर आएका थिए । उनका साथमा सयकडौं वेदपाठी वटुक, मुनि र अनेक ऋषिहरू थिए । मुनि विश्वामित्रले सयवटा गोरु नारिएको गाडाहरू ल्याएका थिए । शिरध्वज जनकले सबै ऋषिमुनि र छत्रधारीहरूको यथायोग्य सत्कार गरे । सबैलाई आवश्यकता अनुसार निवास र आवश्यक सामग्री दिए । नगरमा प्रत्येक दिन धूमधामका साथ उत्सव हुन थाल्यो र अन्तमा त्यो दिन पनि आयो, स्वयंवर निम्ति धनुषयज्ञ आयोजनाको दिन । धेरै राजाहरू थुप्रै सेना लिएर शान देखाउँदै आएका थिए । राजर्षि शिरध्वज जनकले घोषणा गरे — “हे नृपतिगण, तपाईंहरू आफ्नो बल र सौभाग्यको परीक्षा दिनुस्, उत्तीर्ण हुने वीर पुरुषले मेरी पुत्री सीता वरण गर्नुहोस् ।” यो सुनुर छत्रधारी नृपतिहरू पालैपालो परीक्षा दिन थाले । रामले हजारौं राजाहरूले हेर्दाहेर्दै धनुषलाई आफ्नो दृढ हातमा उचाली, निधारमा छुवाएर प्रत्यञ्चा चढाउन थाल्दा बज्रपातजस्तो घोर शब्द गर्दै धनुष भाँचियो ।
    मिथिलाका राजा धर्मध्वज पनि ज्ञानी, कर्मशील, प्रजापालक थिए । अन्नपात प्रशस्त फलाई प्रजामा कुनै किसिमको दु:खकष्ट हुन नदिन ठाउँठाउँमा ठूल्ठूला पोखरीहरू खनाएका थिए । राज्यको ठाउँठाउँमा हाट बजार लाग्दथ्यो । क्रेता र विक्रेताको सभ्य भीड बजारमा देखिन्थ्यो । धर्मध्वज राजाको राज्यमा प्रजा सुखी थिए, दरबारको कोष भरिभराउ थियो साथै राजासँग बलियो सेना पनि थियो । कसको सामथ्र्य थियो मिथिलासँग लड्ने ? अर्को कुरा धर्म र ज्ञानले छिमेकी देशका राजा र जनताको मन जितेकै थिए । त्यतिखेरको समयमा राजा धर्मध्वजको सम्पन्नताको चर्चा चारैतिर थियो । तर पनि सो राज्यमा एक समयमा अकाल पर्‍यो । जनता भोकले बेहाल भए । यो कुरो थाहा पाएपछि राजाले सम्पूर्ण कर माफ गरिदिए । राज्यको ठाउँठाउँमा ठूल्ठूला पोखरी खन्न लगाए । पोखरीको पानीले खेतमा सिंचाइ गर्न लगाए । राजाले प्रजाको हितको खातिर आफ्नो खजाना रित्याइदिए तर यस प्रयासबाट पनि जनताको स्थितिमा सुधार आएन । जनता एकएक दाना अन्नको लागि आपसमा झगडा गर्ने स्थिति बनिसकेको थियो । राजा प्रजा कसैकहाँ पनि अन्नको गेंडो थिएन, सिद्धिसकेको थियो ।
    भोकले जनता मर्न थालेको थियो । जनतासरह नै दु:खकष्ट उठाइरहेका राजाले इन्द्रको आराधना गरेपछि घनघोर वर्षा भयो । राजा धर्मध्वजले जनहित निमित्त देखाएको त्याग ‘जट र जटिन’ लोकनाटकमार्फत् अभिव्यक्त भएको पाइन्छ । ‘जट’ वरको रूपमा ‘जटिन’ वधूको रूपमा सिंगारिएका हुन्छन् । आधा जति युवतीहरू जटतिर र आधा जटिनतर्फ भएर बाँडिएका हुन्छन् । एक अर्काको सामुन्ने उभिन्छन् र गीतिनाटक शुरु गर्छन् । साधारणत: जटिनको समूहबाट गीत शुरु हुन्छ । जटिनको समूहका सबै युवतीहरूले आपसमा स्वर मिलाएर जट समूहबाट विभिन्न शृ·ार प्रसाधन माग गर्छन् ।
    जट समूहले पनि त्यस्तै मीठो स्वरमा उस्तै लयमा, रसिलो गीत गाएर जटिन समूहको माग पूर्ति सम्बन्धी विवरण दिन्छन् । दुवैतर्फबाट दोहरी गीत गाइन्छ । अनेकौं किसिमका प्रश्नहरू एकदम मीठो लयमा सोधिन्छ र प्रश्नको उत्तर पनि उत्तिकै मीठो लयमा दिइन्छ । गीत गाउनुका साथै गीतको भाव अनुसार युवकयुवतीहरूले हातले पार लाउँदै नाचेको बडो मनमोहक देखिन्छ । गीत गाउने समूह गीत गाउँदै अगाडि बढ्छ र गीत सकिने बेला पछाडि सर्छ । स·ीतको आरोह–अवरोहसँग यसको राम्रो ताल मिलेको भान हुन्छ । जुहारी किसिमको यस गीतिनाटकमा जट र जटिन दुई नवविवाहित युवकयुवतीको प्रेममा आधारित कथा छ । धर्मध्वज राजाको मिथिला राज्य कडा अकालको चपेटमा पर्‍यो ।
    पारिवारिक समस्या समाधान गर्न देवकोटाको मदन झैं घरको दुई छाक जुटाउन नसक्दा भर्खर नवविवाहिता पत्नीलाई छाडेर जट विदेश जान कम्मर कस्छ र जटिनलाई फकाउँछ, सम्झाउँछ तर जटिन पनि पति जटलाई छोड्न चाहँदिन । तर पनि जटिनलाई छोडेर विदेश जान जट विवश छ र जटिन आँसुको घुटका पिएर भए पनि जटलाई विदेश पठाउन विवश हुन्छे । जनतासरह दु:ख उठाइरहेका राजा धर्मध्वजले जनताको साथमा इन्द्रको आराधना गर्छन् र घनघोर वर्षा हुन्छ । विदेश गएका जनता फर्कन्छन् साथै जट पनि आइपुग्छ । घरमा नटिन हुँदिन । माइत गएकी हुन्छे । जटले कुनै चिठ्ठीपत्र र समाचार नपठाएको हुँदा जटिन रिसाएकी हुन्छे । जटले शृ·ार सामान दिन्छ र फकाउँछ । अनि दुवै घर फर्कन्छन् र आनन्दपूर्वक बस्छन् । जट र जटिन घर फर्कंदा कोशी नदी तर्ने बेला माझी र जटिनबीचको संवाद बडो मनमोहक छ, दोहरो अर्थ लाग्ने । यस गीतिनाटकमा जटिनलाई आफ्नो घरमा रहेको अभावबाट निकै पिरोलिएको देखाइएको छ । अनेक कष्ट सहेको वर्णन छ । पति–पत्नीबीच हुने कलह पनि देखाइएको छ । यो गीति नाटक श्रावण पूर्णिमादेखि शुरु हुन्छ र भाद्र पूर्णिमामा सम्पन्न गरिन्छ । वर्षाको देवता इन्द्रको आराधना गर्दै वर्षाऋतुमा खेलिने यो गीति नाटक कृषि नै प्रमुख पेशा अपनाएको समाजमा अत्यन्तै उत्साह साथ मनाइन्छ ।
    जनकवंशी राजा महाज्ञानी भएको हुँदा आध्यात्मिक संवाद गराउँदथे । स्पष्टवक्ता कुरूप अष्टावक्रलाई महावंशी जनकले सम्मान गरेका थिए । प्रजाको हितको खातिर शिरध्वज जनक हलो जोत्न पनि पछि परेनन् । जनता सरह दु:खकष्ट झेल्ने धर्मध्वज जनकलाई हामी गीति नाटक ‘जट–जटिन’ मा सम्झिरहेकै छौं । तर सबै जनक प्रजापालक चाहिं भएनन्, प्रजाकी राम्री छोरी–बुहारीको अस्मितासँग खेल्ने पनि बने । अति भएपछि खति हुन्छ, त्यसै हुँदा जनताले अति कामुक कराल जनकको हत्या गरी वंश नै लोप गराइदिए ।
हाल— भीमसेनगोला, ९८४९७०७४७८
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : जनकवंशी राजाहरू
जनकवंशी राजाहरू
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/01/blog-post_4523.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/01/blog-post_4523.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy