- उमाशङ्कर द्विवेदी
भोज राजा वा भोज नामधारी विश्वामित्रका यजमानहरू अथवा भोज उपाधिधारी अन्य मानिसहरूको वासस्थानको नाम भोजपुर रहन गएको हो । अनि निश्चयत: भोजपुरमा प्रयोग हुने भाषाविशेषलाई भोजपुरी नाम दिइएको हो । भारतमा इस्ट इन्डिया कम्पनीको शासनताका नै ग·ा घाटीको उत्तरी सिरान वा नेपालको दक्षिणी वन्य प्रदेश आबाद भएको हो तथा सम्भवत: नेपालमा भोजपुरी भाषाको प्रवेश पनि त्यसै बेला नै भएको हो । सीमावर्ती भारतीय प्रदेशको भाषा, संस्कृति र छिमेकी नेपाल तराईको भाषा र संस्कृतिको ऐक्यलाई यस कुराको ठोस प्रमाण मान्न सकिन्छ ।
डा. गियर्सनले ‘लि·विस्टिक सर्भे अफ इन्डिया’मा भोजपुरी भाषा बोलिने क्षेत्रको स्पष्ट उल्लेख गरेका छन् । यसमा भोजपुरी भाषा बोलिने क्षेत्रको सिमाना तोक्दै लेखिएको छ– उत्तर हिमालयको तराईदेखि दक्षिण मध्यप्रान्तको जसपुर राज्यसम्म तथा पूर्वमा मुजफ्फरपुरको उत्तर–पश्चिम बस्तीसम्म यसको विस्तार छ । (लि·विस्टिक सर्भे अफ इन्डिया, डा. गियर्सन, भाग ५/पृ २,३) यस अनुसारले विहार राज्यको शाहाबाद, भोजपुर, बक्सर, सारण, पूर्वी तथा पश्चिमी चम्पारण, आरा, छपरा, सिवान, गोपालगंज, राँची, पलामू तथा मुजफ्फरपुरको उत्तर–पश्चिमी भागमा र उत्तर प्रदेशमा बनारस, मिर्जापुर, गोरखपुर, आजमगढ, देउरिया तथा बस्ती जिल्लाको हरैया तहसीलसम्म भोजपुरी भाषाको क्षेत्र पर्न आउँछ ।
एक अर्को उल्लेख अनुसार विहारको तीन प्रमुख भाषाहरूमध्ये सबैभन्दा बढी बोलिने भाषा भोजपुरी हो, जो केवल भारतको उत्तर प्रदेश र विहारको एक विशाल भूभाग तथा अन्य नगरहरूमा बसेका भोजपुरीभाषीद्वारा मात्र प्रयोग हुँदैन कि नेपाल, मौरिसस, सुरिनाम, क्यारेबियन द्वीप समूहका देशहरू तथा फिजी, घाना र दक्षिण अफ्रिकामा वर्षौंपूर्व प्रवासित भारतीय मूलका निवासीका वंशजहरूद्वारा आज पनि घर–घरमा बोलिन्छ । (कादम्बिनी, मई १९८१, पृ. १६३) । विश्वभरिमा करिब पचास करोड मानिसले भोजपुरी भाषा प्रयोग गर्दछन् । नेपालमा तेस्रो सबैभन्दा बढी जनसङ्ख्याद्वारा बोलिने भाषा भएको हुनाले नेपाली र मैथिलीपछि भोजपुरी तेस्रो स्थानमा आउँछ ।
वि.सं. २०२९ सालमा भोजपुरी साहित्यिक पत्रिका देखा परेको थियो । सनेस नामक यस भोजपुरी पत्रिकाको सम्पादन पं. दीपनारायण मिश्र तथा रामचन्द्र गुप्ताले संयुक्तरूपमा गरेका थिए । यो पत्रिका दुई वर्षसम्म प्रकाशित भएर बन्द भयो । पछि पं. दीपनारायण मिश्रकै सम्पादकत्वमा समाद नामक पत्रिकाको एक अड्ढ निस्केर बन्द भयो । नागेन्द्रप्रसाद कानु र विजयप्रकाश विनको संयुक्त सम्पादकत्वमा सगुन नामक पत्रिकाको केही अड्ढहरू निस्के । वि.सं. २०४४ सालमा एउटा कवि सम्मेलनमा पढिएका कविताहरूको एउटा स·ालो निस्कियो सनेस भनेर । पत्रिकाहरूको विकासकै क्रममा गोपाल अश्कको सम्पादकत्वमा गमक भन्ने पत्रिका तीन वर्षसम्म अनवरतरूपमा निस्किएर वि.सं. २०५४ सालमा अचानक बन्द हुन पुग्यो । गोपाल ठाकुर, दिनेश गुप्ता तथा भउचप्रसाद यादवको सम्पादकत्वमा क्रमश: मोजर, अँजोरिया तथा दियरी नामक पत्रिकाहरूको एक/एक अड्ढ निस्किए र बन्द भए । पछिल्लो समयमा बारा जिल्लाको सदरमुकाम कलैयाबाट रामप्रसाद साहको सक्रियतामा भोजपुरी त्रैमासिक पत्रिका निस्किदैछ । हालसम्म यस पत्रिकाको नौवटा अड्ढ प्रकाशित भइसकेका छन् । यसका सम्पादक रामप्रसाद साहको कर्मठता देखेर यस पत्रिकाको भविष्य उज्ज्वल रहेको अनुमान लगाउन सकिन्छ ।
भोजपुरी साहित्य लेखन र प्रकाशनको क्षेत्रमा पं. दीपनारायण मिश्रको नाम अग्रगण्य छ । मिश्रका अजामिल (भोजपुरी खण्डकाव्य), अजुरीके फूल, फूलझरी (कविता सङ्ग्रह), ए घरी के घरनी, असली नेता हम कहाइ, ससुरार (व्यङ्ग्य कविता), करनी भरनी (कथा सङ्ग्रह) तथा दोहा नीतिसार गरी आठवटा साहित्यिक कृतिहरू प्रकाशित भएका देखिन्छन् । पं. मिश्रपछि भोजपुरी साहित्यिक क्षेत्रमा उमाशड्ढर द्विवेदी ‘दधीचि’को नाम आउँछ । वि.सं. २०३८ सालमा उनको ‘बिदागिरी’ नामक खण्डकाव्य प्रकाशित भएको पाइन्छ । भोजपुरी साहित्य सृजनमा गोपाल अश्क, मुकुन्द आचार्य, नागेन्द्र साह कानु, आशनारायण अशोक, दिनेश गुप्ता, विणा सिन्हा, रामप्रसाद साह, भउचप्रसाद यादव प्रभृति साहित्यकारहरू उज्ज्वल नक्षत्रका रूपमा देदिप्यमान रहेका पाइन्छन् । यसमध्येका साहित्यकारहरूमध्ये गोपाल अश्कले महाकाव्य (धधोर), खण्डकाव्य (कजरी), फुलवा (उपन्यास), नइहर के चुनरी (कथा सङ्ग्रह) तथा थुप्रै गीत, गजल, तथा काव्यको रचना गरेर भोजपुरी साहित्यलाई ठूलो गुन लगाएका छन् । मुकुन्द आचार्यले त भोजपुरी रामायण, गीता तथा डाढ एक पात अनेक नामक धारावाहिक उपन्यास लेखेर छपाएर भोजपुरी साहित्य भण्डारलाई पुष्ट पारेको देखिन्छ । नेपाली–भोजपुरी साहित्यमा हालसम्म एउटा महाकाव्य, पाँचवटा खण्डकाव्य, चारवटा कथा सङ्ग्रह, पाँचवटा उपन्यास तथा थुप्रै गीत, गजल, कविता, काव्य रचनाहरूको लेखन प्रकाशन भइसकेको सुखद स्थिति रहेको छ । भोजपुरी लेखक साहित्यकारहरूको सङ्ख्या उल्लेख्यरूपमा रहे पनि पुस्तक प्रकाशनप्रति कुनै पनि सङ्घसंस्थाले उत्तरदायित्व नलिनाले कृतिहरूको प्रकाशनमा ठूलो समस्या विद्यमान रहेको देखिन्छ ।
हालका दिनहरूमा भोजपुरी साहित्य सृजनमा सशक्त हस्ताक्षरको रूपमा पं. दीपनारायण मिश्र, उमाशड्ढर द्विवेदी ‘दधीचि’, गोपाल अश्क, मुकुन्द आचार्य, दिनेश गुप्ता, रामप्रसाद साह, भउचप्रसाद यादव तथा अन्य साहित्यकारहरूले सक्रिय भूमिका निर्वाह गरिरहेकाले नेपाली–भोजपुरी साहित्यको भविष्य अत्यन्त उज्ज्वल रहेकोमा विश्वस्त हुन सकिन्छ ।
संस्कृत वंशीय अन्य भाषाहरूको तुलनामा भोजपुरी भाषाको शब्दभण्डार विपुल छ । एउटा क्रिया जनाउनलाई धेरै पर्यायवाची शब्दहरू विद्यमान रहेका पाइन्छन् । जस्तै दुख्ने क्रिया व्यक्त गर्नका लागि भोजपुरी भाषामा दुखाता, अङरता, बथता, टभकता, बिसबिसाता, छनछनाता आदि प्रयोग गरिन्छ । खानु क्रिया व्यक्त गर्ने शब्दहरूमा घेपता, घोटता, लीलता, हुरता, खाता आदि थुप्रै शब्दहरू प्रयोग हुन्छन्, जसले वास्तवमा त्यस क्रियाको प्रकार बोध गराउँछ । भोजपुरी शब्दभण्डारको अर्को विशेषता के हो भने यसको विशेषणको पनि विशेषण रहेको हुन्छ । जस्तै– करिया (कस्तो) कूचकूच, लाल टेश, पियर दगदग, उजर धपधप आदि । भाषा वैज्ञानिकहरूका मतानुसार शब्दभण्डारको विशेषताको कारणले नै भोजपुरी भाषालाई समृद्ध भाषा मानिएको पाइन्छ ।