प्रस, वीरगंज, १३ पुस/
वीरगंज हाफ म्याराथुन–२०७० आज सम्पन्न भएको छ। ‘प्रदूषणमुक्त वीरगंज– जनचेतना दौड’ नाम दिइएको प्रतियोगितामा पुरुषतर्फ प्रिन्स मुखिया प्रथम, अरुण यादव द्वितीय, ललेशकुमार यादव तृतीय र नरेश राउत कुर्मीले सान्त्वना स्थान हासिल गरेका छन्।
त्यसैगरी महिलातर्फ शिवाङगी कार्की प्रथम, विनीता थापा मगर द्वितीय, निशा गुप्ता तृतीय र दीपमाला गुप्ताले सान्त्वना स्थान प्राप्त गरेका छन्।
७ किलोमिटर दूरीको म्याराथुन दौड प्रतियोगितामा ८ वर्षदेखि ४५ वर्ष उमेरसम्मका १३५ जना प्रतियोगीहरूले भाग लिएका थिए।
लायन्स एन्ड लियो क्लब वीरगंज होराइजनको आयोजनामा विभिन्न सामाजिक सङ्घसंस्थाहरूको सहयोगमा सम्पन्न प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा मुख्य अतिथि मधेसी जन अधिकार फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव थिए।
सो अवसरमा अध्यक्ष यादवले युवाशक्ति समाज परिवर्तनको वाहक भएको बताउँदै वीरगंज नगरलाई प्रदूषणमुक्त गर्नका लागि युवाहरू जुटेकोमा प्रशंसा गरे। उनले समाजको नेतृत्वदायी भूमिकामा युवाशक्ति सक्रिय भएमा समाज विकासमा सहज हुने र नगरलगायतका गाउँटोलसमेत प्रदूषणरहित बन्ने विश्वास व्यक्त गरे।
अध्यक्ष यादवले खेलकुदबिना मानवजीवन अधुरो रहने बताउँदै स्वच्छ, अनुशासित, सभ्य र स्वस्थ समाज एवं आत्मीयता तथा भाइचारा सम्बन्ध निर्माणका लागि खेलकुद अपरिहार्य रहेको विचार व्यक्त गरे।
कार्यक्रममा आरएस खेतान, प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडा, पत्रकार रवि दाहाल, प्रवीण जयसवाललगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको संयोजन रजिश चौधरीले र सहजीकरण सौरज प्रधानले गरेका थिए।