– सुजित केशरी
मधेसका विभिन्न जिल्लाबाट अध्ययनको लागि भारत जाने परम्परा धेरै पुरानो भए पनि हालका वर्षहरूमा भारतमा अध्ययनको लागि जाने मधेसी विद्यार्थीहरूको सङ्ख्या ह्वातै बढेको छ । काठमाडौं वा पहाडका अन्य शहरमा मधेसी विद्यार्थी भारतीय भनेर हेपिएका कारण, मधेसका अभिभावक आफ्नो छोराछोरीलाई भारतमैं पढाउनु तुलनात्मकरूपमा सुरक्षित ठान्दछन् ।
भारत अध्ययनको सिलसिलामा रहेका मधेसी विद्यार्थीहरूको पीडा भारतीय रेलयात्राबाट शुरु हुन्छ । जसै रेल उत्तरी बिहार र पूर्वी उत्तर प्रदेश नाघ्छ, स्थानीय यात्रुहरूद्वारा भोजपुरी, मैथिली वा अवधि, थारू भाषा बोल्नेहरूलाई बिहारी भन्दै सिटबाट गालीगलौज गर्दै उठाइन्छ । दोस्रो चोट तब लाग्छ, जब गन्तव्यमा पुगेर
बस्नको लागि भाडामा कोठा खोजिन्छ । घरधनीलाई नेपालको बासिन्दा भनी बताउँदा यस्तो शड्ढाको दृष्टिले हेर्छन् मानौं उसको अगाडि आातड्ढवादी उभिएको होस् । जति नागरिकता देखाउँदा ‘तुम तो नेपाली नहीं लगते’ र अवैध नागरिकता लिएको ठानी आतड्ढकारी हो कि भन्ने शड्ढा गर्छ । प्रस्ट्याउँदै जाँदा र प्रमाणहरू देखाएपछि बिहार तथा पूर्वी उत्तरप्रदेशबाट बसाइँ सरेर नेपाल बसेको भगौडा ठान्छ । नेपालका पहाडी इलाकाहरूमा भारतीय भनेर हेपिएका मधेसी विद्यार्थी जब भारतमा पनि सोही सरह व्यवहार पाउँछ, तब ऊ आफ्नो पहिचानबारे अलमलिन्छ ।
तेस्रो झटका तब लाग्छ जब केही समस्या आइपर्दा नयाँ दिल्लीस्थित नेपाली राजदूतावास धाउनुपर्छ । दूतावासका पालेहरू मधेसी अनुहार देख्ने बित्तिकै, जतिसुकै नेपालीमा प्रश्न गरे पनि झर्केर हिन्दीमा जवाफ दिन्छन् । प्राय:जसो मधेसीलाई कार्यालयको ढोकाबाट भित्र छिर्नै दिइन्न । यदि कसैगरी कुनै मधेसीले कार्यालयभित्र प्रवेश पाए पनि त्यहाँका महिला कर्मचारीहरू गालीगलोजको शैलीमा व्यवहार गर्छन् । धेरै कठिनाईपछि दूतावासका सम्बन्धित कर्मचारीसँग भेट भए पनि मधेसीको काम त्यहाँ हुँदैन । पहाडी मूलका साथीहरूको भने नहुने काम पनि भइरहेको हुन्छ । दूतावासले भाषा, संस्कृतिको जर्गेनाको लागि विभिन्न कार्यक्रम राख्दा मधेसी विद्यार्थीको प्रतिनिधित्व गराउँदैनन् । भोजपुरी, मैथिली, अवधि तथा थारू भाषाका कार्यक्रम सञ्चालन पनि गराउँदैनन् । त्यसको कारण दूतावासमा एउटा पनि मधेसी कर्मचारी नहुनु पनि हुन सक्छ ।
चौथो प्रमुख समस्या अध्ययन स्थलमा स्थानीय सहकर्मी तथा शिक्षकहरूमा मधेसी पहिचानबारे अनभिज्ञताका मजाकको पात्र हुनुपर्ने दु:खद अनुभुति हो ।
यी त भए केही सर्वविदित उदाहरण मात्रै । यस्ता हजारौ समस्या केवल आफ्नो पहिचानको अभावमा मधेसी विद्यार्थीहरू भोग्न बाध्य भइरहेका छन् । यस्ता पीडाको मानसिक, पारिवारिक, सामाजिक असरलाई कागजमा उतार्न धेरै गार्हो छ । उच्च शिक्षाको सपना बोकेर विदेशिएका मधेसी विद्यार्थीहरू रातभरि सुत्न सक्दैनन् । यसमा जिम्मेवार पढाइ नभई आफूमाथि भइरहेको अपमानजनक व्यवहार नै हो । धेरै विद्यार्थी पढाइ छाडी घर फर्कन्छन् । उनीहरू पढाइमा कमजोर भएर होइन, अपमानजनय दु:ख र पीडाले पलायन हुन्छन् ।
अब मधेसका हरेक शिक्षित तथा पढेलेखेका व्यक्तिले सोच्नुपर्ने बेला आएको छ कि हामीले स्थानीय स्तरमा शिक्षाको गुणस्तरीयतामा कहिले ध्यान पुर्याउने ? कहिलेसम्म मधेसका सोझासाझा विद्यार्थीले काठमाडौं तथा भारतका विभिन्न शहरमा आफ्नो अमुल्य समय वेदनामा छटपटिएर बिताउने ? मधेसका अभिभावकहरूले सोच्नैपर्ने बेला आएको छ–के शिक्षाको लागि अर्थपूर्ति मात्र गरेर अभिभावकको दायित्व समाप्त हुन्छ ?
पहिचान : कत्तिको आवश्यक नेपालमा पहिचानको मुद्दा एक दशकदेखि नेपाली राजनीतिको केन्द्रमा छ । नेपालको सन्दर्भमा जातीय, भाषिक तथा क्षेत्रीय पहिचानको कुरा नै मुखरित भएर आउँछ । नेपालका शासकवर्गले मधेसी तथा जनजातिहरूले पहिचानलाई षड्यन्त्रपूर्ण तरिकाले विलुप्त पार्न खोजेको आरोप लगाइँदै छ ।
मधेस आन्दोलनपूर्व अधिकांश पहाड तथा हिमालका बासिन्दाले मधेसी भनेको जनकपुरको वरपर बस्ने सानो समुदाय ठान्ने गर्थे । केही कामको सिलसिलामा वीरगंज, भैरहवा, नेपालगंजजस्ता शहरमा आउँदा, त्यहाँको मधेसी समुदायलाई भारतीय ठान्थे र सोही अनुरूप व्यवहार पनि गर्थे । विगत एक दशकदेखि नेपालका अद्र्धशिक्षित मधेसी तथा जनजाति पनि रोजगारका लागि भारत तथा अन्य देश जान थालेका छन् । मधेसीहरूले आफूलाई जतिसुकै नेपालको नागरिक भने पनि पत्याउने कोही भेटिंदैन । कसैले पत्याए पनि भारतको बिहार तथा पूर्वी उत्तरप्रदेशबाट बसाइँ सरेको अनुमान लगाउँछन् । यसको पछाडि विदेशीहरूको अल्पज्ञान र हेपाहा प्रवृत्तिलाई मात्रै दोष दिनु भनेको आफ्नो आङको भैंसी नदेख्नु र अर्काको आङको जुम्रा देख्नुजस्तै हो
वर्तमान नेपाल र नेपालीबारे विदेशीहरूको मानसपटलमा बसेको धारणा शताब्दीयौंदेखि यहाँको खस शासकहरूले गरेको झूट तथा षड्यन्त्रको खेतीको परिणाम हो ।
शोषित, उत्पीडितहरूलाई विदेशी भगोडा बनाई निमुखा र अशिक्षित हरूलाई सदाका लागि दास बनाउने क्रूर तथा लज्जाजनक कायरता हो । अझै पनि समय छ, मधेसका छोराछोरीहरू अझै पनि अशिक्षाको अन्धकारमा बल्झिरहेका छन् । यदि समयमा शासकहरूले यस्तो अक्षम्य भूल सुधारेनन् भने आज अन्धकारमा अन्धो भएका मधेसीहरू भोलि ज्ञानरूपी ज्वालाले ज्वालामुखी नबन्लान् भन्न सकिन्न ।
– (सी.ए.) अन्तिम वर्ष अध्ययनरत दिल्ली