अकर्मण्य मानिसले सधैं उदाहरणीय पात्रको खोजी गरिरहन्छ । लामो समयसम्म नेपालमा व्याप्त हत्या–हिंसा र सङ्क्रमण हटाउन बुद्धको खोजी गरिएको थियोस बुद्धजस्ता व्यक्ति एकपटक मात्र जन्मन्छन् भन्ने हेक्का बिर्सेर । देश आर्थिक, राजनीतिक, सामाजिक तथा अन्यान्य क्षेत्रमा पटक्कै उँभो लाग्न नसक्दा एकपटक छिमेकी राजनेता नीतीशकुमारको खोजी गरियो । खोजी अभियान यतिसम्म तीव्र भयो कि नेपालका तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नै तारतम्य मिलाएर नीतीशलाई भेट्न गए । त्यसपछि भारतमा अन्ना हजारेको भ्रष्टाचारविरोधी अभियान भइरहँदा नेपालमा पनि अन्ना हजारेको खोजी गरियो । केही मानिसले अन्ना हजारे बन्ने कोशिश पनि गरे । अहिले नेपालमा अरविन्द केजरीवालको खोजी भइरहेको छ । यस खोजीको पछाडि बुद्धजस्तै काम गर्ने, नीतीशजस्तै नियम कानुनको परिपालना गराएर आफ्नो राज्यलाई प्रतिष्ठित बनाउने, अन्ना हजारेजस्तै प्राणपणले भ्रष्टाचारविरोधी अभियान चलाउने वा केजरीवाल कसरी एकाएक राजनीतिक पटलमा देखिए भन्ने कुरालाई आत्मसात् गर्न होइन, अपितु उनका कुरा चलाएर उनीहरूजस्तै बन्ने धोको नेपाली मानसिकतामा छरिएको हो ।
बुद्धले बुद्ध हुनका लागि आफ्नो समस्त स्वार्थ, सुख–साधन त्याग गरेका थिए । नीतीशकुमारले बिहार राज्यको भविष्य चम्काउन सबै स्वार्थ त्यागेर, कर्मचारीतन्त्रलाई बलियो बनाएर विधिको शासन स्थापना गर्न सघाएका थिए । अन्ना हजारेको सम्पूर्ण जीवन सादगीमा बित्यो, स्वतन्त्रता सेनानी रहे तथा लौकिक सुखसुविधाको साटो परमार्थका लागि अहर्निश खटे । उनकै अनुयायी अरविन्द केजरीवालले आम जनताको मनोभाव बुझे, सामान्य जनताको पीडाबोध गरे, आम मानिसको पीडा हटाउने, आम मानिसलाई राज्यप्रदत्त प्राथमिक सुविधा प्राप्त हुन नसकेको रहस्य बुझे र त्यसकै लागि क्रियाशील हुने वाचा गरे । सामान्य मानिसको समस्या बुझ्न सकेकाले उनीहरूको आत्मोन्नतिका साथै लोकप्रियतामा वृद्धि भयो । उनीहरूले तदनुरूप काम गरेर देखाउन सके । अरविन्द केजरीवालले भने काम गरेर देखाउन बाँकी छ । तर हामीकहाँ अरूको कामले मानिस तर·ित हुन्छन्, आफूलाई उनीहरूजस्तै भएको कल्पना गर्छन् तर उनीहरूको जस्तो कार्य, सोच, बुद्धिलाई भने यिनको व्यक्तिवादी स्वार्थले थिचिदिन्छ ।
नेपाली राजनेताहरू आफ्नो कर्तव्य अनावश्यक वाचा गर्नु, सामुन्ने प्रशंसा सुन्नुलाई ठान्छन् । आफ्नोपछाडि पनि मानिसले प्रशंसा गरून्, आफ्नो कामबाट जनता र राष्ट्रको हित होस् भन्ने सोच विकसित गर्न सकेकै छैनन् । अनि यिनका लागि कोही पनि प्रशंसित व्यक्ति आदर्श बन्न पुग्दछ । यद्यपि सत्य के हो भने कोही पनि अरू बन्न सक्दैन । न कोही बुद्ध बन्न सक्छ, न नीतीशकुमार, न अन्ना हजारे, न अरविन्द केजरीवाल नै । खान अब्दुल गफ्फार खाँलाई ‘सीमान्त गाँधी’ भनियो, महात्मा गाँधी भनिएन । अमेरिकी अश्वेतहरूको अधिकारका लागि लड्ने मार्टिन लुथर कि·लाई ‘अश्वेत गाँधी’ भनियो, महात्मा गाँधी नै भनिएन । तसर्थ कसैले पनि काम गरेर आफ्नो व्यक्तित्व चम्काउन सक्छ, नीतीश वा केजरीवाल बन्न सक्दैन । नीतीश र केजरीवाल बन्नुको साटो उनीहरूले के काम गरे, कति सङ्घर्ष गरे, अलग–अलग परिस्थितिमा अलग काम गर्नुपर्छ भन्ने बुझेर त्यही अनुरूप सङ्घर्ष र त्याग गर्न सके अप्रतिम बन्न सकिन्छ । बुद्ध कृष्ण बन्न चाहेनन्, नै राम बन्न चाहे । कृष्ण र रामको जीवनबाट प्रेरणा लिए र बुद्ध बने । हाम्रा राजनेताहरूले पनि अरु होइन, आफूलाई त्यस्तै बनाउनुपर्छ, आफू अप्रतिम बन्नुपर्छ अरूको प्रतिच्छाया होइन ।