नीरज गुप्ता
भारतीय टेलिभिजनको बहुचर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’ मा अमिताभ बच्चनले कार्यक्रम सञ्चालनको क्रममा विभिन्न प्रश्नहरू सोध्ने गर्छन्। सबै प्रश्नको उत्तर दिने प्रतियोगी भारु ७ करोड जितेर करोडपति बन्छन्। प्रतियोगीहरूलाई प्रश्नको सही उत्तर दिन विभिन्न किसिमको जीवनरेखाको पनि व्यवस्था गरिएको हुन्छ ।
यो प्रसङग जोड्नुको कारण हरेक चार/पाँच वर्षमा नेपाल सरकारले ‘को बन्छ प्रधानमन्त्री’को प्रतियोगिता अर्थात् निर्वाचन गराउँछ र विजयी हुने दलको एक उम्मेदवार प्रधानमन्त्री बन्छन् ।
‘कौन बनेगा करोडपति’ र हाम्रो देशमा हुने ‘को बन्छ प्रधानमन्त्री’को बीचमा केही अन्तर छ भने त्यो हो ‘कौन बनेगा करोडपति’ कार्यक्रम वर्षैभरि हुन्छ तर ‘को बन्छ प्रधानमन्त्री’ भन्ने निर्वाचन हरेक चार/पाँच वर्षको मध्यावधिमा हुन्छ ।
कौन बनेगा करोडपतिका प्रतियोगीहरू मिहिनेत, बौद्धिक ज्ञान, अध्ययन र धैर्यताले करोडपति बनेका हुन्छन् भने हाम्रो देशमा प्रधानमन्त्रीका उम्मेदवारहरू छलकपट, विपक्षीलाई तह लगाइ, विदेशी प्रभुको अगाडि शिर निहुर्याइ, गरिब निमुखा जनतालाई भ्रम र आश्वासनमा पारेर प्रधानमन्त्री भई करोडपति बन्छन्।
गत मङ्सिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनपछि अहिलेसम्म पनि सभा र सरकार बन्न सकेको छैन । सभा पूर्णताको लागि प्रत्यक्ष २४०, समानुपातिक ३३५ र २६ जना मनोनीत सदस्य गरी ६०१ जना सदस्य चाहिन्छ।
पहिलो संविधानसभा र दोस्रो संविधानसभामा कुनै खास भिन्नता छैन । त्यतिखेर पनि नेपाली जनताले सबैलाई मिलेर अगाडि बढ्न जनादेश दिएका थिए भने दोस्रो निर्वाचनमा पनि त्यही जनादेश दिएका छन्। मात्र केही गणितीय समीकरण तलमाथि भएको छ।
निर्वाचनमा विजयी दल नेपाली काङ्ग्रेस, एमाले र एमाओवादीले दलीय तथा व्यक्तिगत स्वार्थका कारण सभा र प्रधानमन्त्री नबनाउन विभिन्न सर्त र षड्यन्त्र गरिरहेका छन्। नेपाली काङ्ग्रेस पहिलो दल भएकोले त्यसैको नेतृत्वमा सरकार बन्नुपर्छ तर त्यस पार्टीभित्र पनि प्रधानमन्त्रीको रूपमा त्रिमूर्तिले आआफ्नो दावेदारी गर्न थालेका छन्। त्यस्तै एमालेले शक्ति बाँडफाँटको समीकरण नमिलेको कारण विभिन्न किसिमको मोलमोलाइ गरिरहेको छ। एमाओवादीले आफूलाई काङ्ग्रेस र एमालेले ‘बाइपास’ गर्यो भने केन्द्रबाट आफ्नो पकड नगुमोस् भन्दै उच्चस्तरीय राजनीतिक समितिको स्थायी अध्यक्ष पदको लागि दाबी गर्दैछ।
घुमिफिरी जेजति टीकाटिप्पणी गरे पनि आखिर यी तीनै दललाई प्रधानमन्त्रीको कुर्सी नै चाहिएको छ। तर विचार गरौं, राष्ट्रको पहिलो जननिवार्चित प्रधानमन्त्री वीपी कोइरालादेखि बाबुराम भट्टराईसम्मले राष्ट्रका लागि के के गरे, सिवाय सिंहदरबारमा आफ्नो फोटो झुन्ड्याउनुबाहेक। यिनीहरूले सकारात्मक योगदान दिएको भए राष्ट्रको यो दुर्गति हुने थिएन ।
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भनेका छन्– “एउटा व्यक्तिको भिजनले हामी वल्र्डकपसम्म पुग्न पायौं ।” उनको भनाइले पुष्टि गरेको छ, यदि स्वच्छ छवि, इमानदार, दूरदर्शी, राष्ट्रवादी व्यक्ति यदि व्यवस्थापक अर्थात् प्रधानमन्त्री भएको खण्डमा राष्ट्रको कायापलट हुनसक्छ।
गरिब दिन प्रतिदिन गरिब र धनी दिन प्रतिदिन धनी हुँदैछन्। दिनहुँ हजारौं युवाहरू रोजगारीका लागि खाडी जान बाध्य छन्। खेतीयोग्य जमीन बाँझो हुन पुगेको छ। छिमेकी राष्ट्रले देशको भूमि अतिक्रमण गर्दैछ। विदेशी चलखेल बढेको छ। आज पनि दलित, निमुखा महिलाले बोक्सीको आरोपमा मलमूत्र खानुपरेको छ । नागरिकता बनाउन हप्तौं दिन खर्चिनुपरेको छ। तर केही ठालू वर्गका लागि देशमा कुनै समस्याहरू छैनन्। तिनीहरू सजिलै सरकारी स्रोत र साधन उपभोग गर्दैछन्। जहाँ अभाव हुन्छ, त्यहाँ विभेद हुन्छ र जहाँ विभेद हुन्छ, त्यहाँ द्वन्द्व हुन्छ र जहाँ द्वन्द्व हुन्छ, त्यहाँ विनाशबाहेक केही हँुदैन। तसर्थ विनाश हुनुपूर्व एउटा असल व्यवस्थापकको आवश्यकता छ। जसले यी सबै खाल्डो पुरेर राष्ट्रलाई सही दिशातिर अग्रसर गरोस्।
अन्तत: राष्ट्रको लागि वर्तमान परिवेशमा एउटा असल व्यवस्थापकको खाँचो छ, जसले सबै समस्यालाई समाधान गर्न सकोस्। सुशासन, शान्ति, सुरक्षा र समान अवसर पाए सम्पूर्ण नेपाली नागरिक आपैंm सक्षम हुन सक्छन्। त्यसैले नागरिकले असल प्रधानमन्त्रीको अपेक्षा यी दलहरूबाट गरिरहेका छन्।