प्रस, वीरगंज, १२ पुस/
नारायणी र·शालामा आजदेखि शुरू भएको उदय कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानज्योति उच्च माविले गौतम माविलाई पराजित गरेको छ । गौतम मावि ३५ रनको अन्तरले पराजित भएको हो ।
टस हारेर ब्याटिङ गरेको ज्ञानज्योतिले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।
१३७ रनको विजयी लक्ष्य लिएको गौतम माविले १८ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो । उद्घाटन खेलमा ज्ञानज्योति उच्च माविका ऋतिक सर्राफ ‘म्यान अफ द म्याच’ घोषित भए । यसैगरी क्षेत्ररक्षणमा गौतम माविका नदिम हुसेनले ‘कमाल क्याच’ लिएका थिए । ‘उत्कृष्ट छक्का’को उपाधि ज्ञानज्योतिका राकेश कलवारले पाएका थिए ।
युनाइटिङ डेभलपमेन्ट एन्ड युथ क्लबद्वारा आयोजित उदय कप अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा पाँचवटा विद्यालय सहभागी छन् । प्रतियोगिता लिगका आधारमा खेलाइने आयोजक क्लबले जनाएको छ । भोलिको खेल बिहान ९ बजेदेखि सेन्ट जोन्स र ज्ञान निकेतन तथा दोस्रो खेल दिउँसो १ बजेदेखि होलील्यान्ड र ज्ञानज्योति उच्च माविबीच हुनेछ । प्रतियोगिताको उद्घाटन पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले ब्याटिङ र राष्ट्रिय अनुसन्धानका उपरीक्षक राजेन्द्र जीसीले बलिङ गरी गरेका थिए ।