- सञ्जय संयोग
समझदारी, सहमति अनि संविधान यी तीन शब्दको आफ्नै महत्त्व छ । घरमा सबै सदस्य मिलेर बसेका हुन्छौं । घरमुलीले कुनै निर्णय घरका सदस्यहरूको सहमतिबिना गर्यो भने त्यसको परिणाम नकारात्मक हुन्छ । परिणाममा संयुक्त परिवार फुटेर एकल परिवारमा परिणत हुन्छ । यसको मूल कारण सहमतिबिना एकलौटी निर्णय गर्नु हो ।
यो उदाहरणको रूपमा मैले यहाँ के बताउन खोजेको हुँ भने सहमति र समझदारीबेगर नेताहरूले एकलौटी निर्णय गरे माथिकै परिणाम भोग्नुपर्छ । शीर्ष नेताहरूले राष्ट्रलाई घरको रूपमा हेर्न जरुरी छ । घरका सदस्यमा सम्पूर्ण दललाई लिनुपर्छ । उनीहरूको नेतृत्व संविधानसभामा छ कि छैन, त्यो छुट्याउनुपर्ने अवस्था अहिले छैन किनभने अहिले संविधान निर्माण गर्ने बेला हो । नेपालका सबै दलसँग जनताको पनि सम्बन्ध छ । आआफ्नो हकअधिकारको कुरा छ । यस्तो अवस्थामा कसैलाई काखा कसैलाई पाखा गरेर संविधान निर्माण गरियो भने त्यो अधूरो संविधान हुनेछ ।
२०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भयो र बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यसबेला पनि संविधान परिवर्तन भयो । त्यसबेलामा पनि केही दलहरू असहमत थिए । तत्कालीन नेपाल सद्भावना पार्टीका अध्यक्ष स्व. गजेन्द्रनारायण सिंहले संविधानसभा निर्वाचन हुनुपर्छ भन्ने आवाज उठाएका थिए तर कसैले पनि उनको मागलाई सुनेन ।
तानाशाही राणाशासनको अन्त्य भएपछि २०१७ सालमा प्रजातान्त्रिक व्यवस्थालाई च्युत गरी लागू भएको राजाको प्रत्यक्ष शासन पञ्चायती व्यवस्थाबाट पनि नेपाली जनता दिक्क भएर २०४६ सालमा पुन: प्रजातन्त्र ल्याए । त्यो अधुरो नभएको भए २०५२ सालमा जनयुद्धको आरम्भ हुने थिएन । गणतान्त्रिक नेपालको नारा लिएर नेपालमा शुरू भएको क्रान्ति २०४७ सालको अधुरो संविधानबाट भएको थियो ।
फलस्वरूप एक दशकमैं सबै दल मिलेर देशलाई राजाको शासनबाट मुक्त गराइ गणतान्त्रिक नेपालको स्थापना गराइयो । २०६४ सालमा जनताको सपना पूरा भयो, पहिलो संविधानसभाको निर्वाचन भई संविधानसभा गठन भयो ।
पहिलो संविधानसभाको निर्वाचनबाट नेपालले प्रथम गणतान्त्रिक राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री त पायो तर दुर्भाग्य नेताहरूले जनतासँग गरेका बाचा बिर्सिएर पटक–पटक संविधानसभाको म्याद थपी सत्ता र भत्तामा मस्त रहे । नेताहरूलाई सत्ताबाहेक संविधान र जनताको चिन्ताले छोएन । अन्तत: संविधान नै नबनाई पहिलो संविधानसभाको देहावसान भयो । पुन: जनतासमक्ष जान सबै दल सहमत भए । २०७० मङ्सिर ४ गते दोस्रो संविधानसभाको निर्वाचनमा जनताले उत्साहपूर्वक भाग लिएर आआफ्ना प्रतिनिधि पठाए ।
स्वार्थी नेताहरूभन्दा नेपाली जनता बुद्धिमान छन् । किनभने एकलौटी ढ·ले संविधान लेख्ने अधिकार जनताले कुनै पनि दललाई दिएको छैन । अब जनताले सहमति गर भन्ने सन्देश दिएको छ । बहुमतीय प्रणालीमा नगएर सबै दलले एक/एक पाइला अगाडि बढाए सहमति हुन्छ नै ।
जनआवाजलाई केही दिनको लागि रोक्न सकिन्छ तर सधैंको लागि मेटाउन सकिंदैन । शक्तिको बलमा दबाइएको आवाज चाँडै बाहिर आउँछ । साना वा ठूला दल होस् वा संविधानसभा निर्वाचनमा पराजय भोगेका दल होस्, सबैलाई एक ठाउँमा राखेर समझदारी, सहमति गरेर संविधाननिर्माण गरे त्यसले स्थायित्व पाउँछ । नेपाल र नेपाली जनता शान्तिपूर्वक बाँच्न पाउनेछन् । कुनै जात, समुदाय वा धर्मका सन्ततिले आफ्नो हकअधिकारको लागि पुन: हतियार उठाउने छैनन् । अन्त्यमा भगवान् श्री पशुपतिनाथले यी सत्तास्वार्थी नेताहरूलाई सद्बुद्धि दिएर समयमा संविधान ल्याउन सहयोग गरून् ।