यसपालिको निर्वाचनमा आचारसंहिता पालनको सन्दर्भमा खर्चको मदमा बाहय तडकभडक नदेखिए पनि आन्तरिकरूपमा करोडौं खर्च भएको व्यापक चर्चा छ। निर्वाचन आचारसंहिता अनुसार प्रत्यक्षतर्फका एकजना उम्मेदवारले निर्वाचन प्रयोजनका लागि रु १० लाखभन्दा बढी खर्च गर्न नपाउने थियो। यसले यसपटक चुनाव प्रचारको बाहय गतिविधि शिथिल देखिएको थियो। पम्पलेट, पोस्टर, माइक, सवारीसाधन, भोजभतेर आदिमा खर्च नियन्त्रित देखिएको थियो, तर पर्सा जिल्लाको एउटा निर्वाचन क्षेत्रमा दुईजना प्रतिस्पर्धी उम्मेदवारहरूले दुई–दुई, तीन–तीन करोड खर्च गरेको सुनिएको छ। केही विपन्न उम्मेदवारहरूको कुरा छाडिदिने हो भने, अलि नाम चलेको राजनीतिक दलको हुँदोखाँदो उम्मेदवारले पनि कम्तिमा ५०/६० रुपियाँ खर्च गरेको छ। यसरी नगद रकम निर्वाचनको पूर्वसन्ध्यामा भोट गरिद गर्नका लागि खर्च भएको हो। नोट लिएर भोट दिने अति विपन्न समुदायका व्यक्तिहरू हुन्। तर के तिनको हातमा उम्मेदवारले दिएको सबै पैसा पर्यो होला त ?
जसरी किसानले उब्जाएको अन्न, अन्य खाद्य पदार्थ उपभोक्तासम्म पुग्दा किसानले पाएको मूल्य दोब्बर हुन पुग्छ, त्यसैगरी यस्तो बेला दलालहरूले धेरै पैसा खाइदिन्छन् र असल मतदातासम्म रकमको सानो अंश मात्र पुग्छ। अर्थात् यसरी पैसा खर्च गरेर भोट पाउने उम्मेदवारले धेरै मूल्य तिरेर थोरै भोट पाउँछ। त्यही उम्मेदवार आफ्नो मतदातालाई अन्य बेला सहयोग गर्न अघि सर्दैन। अहिले जाडोले सबैलाई अतिशय दु:ख दिइरहेको छ। खासगरी विपन्न समुदायका वृद्धवृद्धा अथवा बालबालिकाहरू यस जाडोको बढी प्रहार सहन बाध्य छन्। यस्तो बेला त्यस समुदायलाई सहयोग गर्न अघि सर्ने हो भने पाँच वर्षसम्म बर्सेनि खर्च गर्दा पनि करोड पुग्दैन। एउटा उम्मेदवार उठ्ने क्षेत्रमा बढीमा १५ ओटासम्म गाविस होला। प्रत्येक गाविसमा विपन्न परिवार ५० वटा पनि छ र परिवारमा पाँचजना मानिस छन् र प्रतिव्यक्ति एकोटा कम्बल दिने हो भने रु ११ लाख खर्च पर्छ। एउटा कम्बल कम्तिमा चार–पाँच वर्ष चल्छ। यस हिसाबले बर्सेनि तीनवटा गाविसका विपन्न परिवारहरूलाई एकएकपटक कम्बल वितरण गर्ने हो भने आफ्नो निर्वाचन क्षेत्रका सबै विपन्नले जाडोका लागि न्यायो उपहार त पाउने नै थिए, निर्वाचनका बेला पैसा दिएर उनीहरूको भोट खरिद गर्ने आवश्यकता पनि रहने थिएन। पाँच वर्षमा एकजना उम्मेदवारले यसरी खर्च गर्दा बढीमा १० लाख मात्र खर्च हुने देखिन्छ।
यो राजनीतिको सन्दर्भमा भएको खर्च हो। निर्वाचनको बेला खर्च गरेको पैसाले निश्चय नै एउटा उम्मेदवारले नैतिक र कानुनी कुनै पनि जस पाउँदैन, उल्टै त्यो काम अपराधको श्रेणीमा पर्छ । तर यसरी जाडोको बेला वा अन्य कुनै यस्तै विपत्ति परेका बेला थोरैथोरै खर्च गर्ने हो भने परोपकारको जस पाउनुका साथै निर्वाचनमा पनि सहयोग पुग्न जान्छ। त्यो व्यक्ति चुनाव जितेपछि मात्र अरूका लागि सम्माननीय बन्दैन, सदाका लागि सम्माननीय बन्न सक्दछ। गरीब, विपन्नलाई उसको परिआएको बेला सहयोग गर्नु धार्मिक तथा नैतिक दृष्टिले पनि उत्कृष्ट कर्म हो। आफ्नै स्वार्थपूर्ति हुनेगरी अरूको पनि भलो हुने काममा सामान्यतया कसैको ध्यान नपुगेको देखिन्छ। यसरी गरीब, दीनदु:खीको सेवा गर्ने सोच राजनीतिक व्यक्तिहरूले राखिदिने हो भने पाँच वर्षमा पटकपटक गरी उसको १० देखि १२ वा बढीमा १५ लाख खर्च होला, उसले नाम जस र भोट सबै हासिल गर्न सक्छ।