- उमाशङ्कर द्विवेदी
नेपालमा तेस्रो ठूलो जनसङ्ख्याले बोल्ने भाषा भोजपुरी हो । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा भोजपुरीभाषीको जनसङ्ख्या पन्ध्र लाख चौरासी हजार नौ सय अन्ठाउन्न अर्थात् कुल जनसङ्ख्याको करिब ६ प्रतिशत रहेको छ । यस अनुसार भोजपुरी भाषा नेपाली र मैथिली भाषा पछि तेस्रो स्थानमा आसीन रहेको सुखद अवस्था छ । भाषाशास्त्रीहरूको भनाइको समन्वय गरेर हेर्दा आर्य–युरोपेली वा भारोपेली भाषा परिवारको आर्य–इरानेली शाखाको एउटा भेदलाई आर्य भाषा मानिएको छ । यसलाई पनि तीन भागमा बाँडिएको छ– प्राचीन आर्य भाषा, मध्यकालीन आर्य भाषा तथा आधुनिक आर्य भाषा । यसै आधुनिक आर्य मागधी प्राकृतको मागध अपभ्रंशरूपबाट असमी, मैथिली, अवधी तथा मगहीको साथमा भोजपुरी भाषाको उत्पत्ति भएको हो भन्ने मान्न सकिन्छ ।
अतीत र वर्तमानकालसमेतमा भोजपुरीभाषी शोषित, पीडित र उपेक्षित रहेको कारणले भोजपुरी भाषाको लिखित साहित्यको राम्रो विकास हुन पाएन । हुनत भोजपुरी भाषाको लोकसाहित्य विपुल तथा अपरिमेयरूपमा लोककण्ठमा अद्यावधि पनि विद्यमान रहेको अवस्था छ, जसको नक्कल अन्य भाषाभाषीहरूले गरेर यो हाम्रो लोकसाहित्य हो भन्ने नाक फुलाउन चुक्दैनन् तर भोजपुरीभाषी स्वयम् अथवा कुनै सङ्घसंस्था वा सरकारी तवरमा त्यसको उचित संरक्षण, संवद्र्धन गर्न सकिरहेका छैनन् । भोजपुरी भाषा तराईमा बोलिने अन्य भाषाहरूभन्दा अति प्राचीन समयदेखि नै अस्तित्वमान रहेको प्रमाणहरू फेला परेका छन् । अतीतमा भोजपुरी भाषा मल्लकाल तथा शाही राज्यकालमा विभिन्न पत्र, अभिलेखहरूमा लेखिएको पाइएको भएपनि पुस्तकाकार रूपमा भने कुनै साहित्यिक कृति प्रकाशित भएको पाइँदैन । विगतमा भोजपुरी भाषामा लिखित साहित्यको अभाव रहेको भएपनि हालका केही दशकदेखि भोजपुरी साहित्यका विभिन्न विधामा अबाध गतिले कलम चलिरहेको देखा परिरहेको छ, जुन वास्तवमा परम सन्तोषको कुरा हो । अतीतमा भोजपुरी साहित्यसृजनमा जस्तोसुकै अनिकाल, खडेरीको अवस्था देखिए पनि हालको स्थिति पर्याप्त सन्तोषजनक रहेको कुरामा दुई मत नहोला । महाकाव्य, खण्डकाव्य, गीत, गजल, उपन्यास, कथा, लघु कथा, निबन्ध जस्ता साहित्यिक विधाहरूमा भोजपुरी साहित्यकारहरूको कलम अबाध गतिमा चलिरहेको पाइएकोले अब भोजपुरी साहित्यको पनि दिन फिरेको छ कि जस्तो लाग्छ ।
आधुनिक भोजपुरी साहित्यको थालनी वि.सं. २००९ मा ठाकुर राम कलेजको स्थापनाकालदेखि शुरू भएको देखिन्छ । यसका सम्पादक रामदेव द्विवेदी ‘अलमस्त’ले ‘तोहरा घरवा मे पइसल बाटे चोर’, ‘अँजोर क के देख भइया ना...’, ‘इ कनहा राजा देश के बिगाड देलख...’, ‘तनी बइठे द हुरपेट मत’, ‘इ हमर ह लपेट मत...’, जस्ता भोजपुरी गीतकविताहरू विभिन्न गोष्ठीहरूमा वाचन गरेर भोजपुरी साहित्यको सुरुआत गरेको देखिन्छ । त्यसपछि वि.सं. २०१९ मा रामप्रसाद राय थारूद्वारा लिखित ‘‘बउआ आ बहुरिया’नामक उपन्यास देखा पर्दछ, जसले हालका दिनमा थारू भाषाको पहिलो उपन्यास कि भोजपुरी भाषाको पहिलो उपन्यास भन्ने विवाद उत्पन्न गराएको छ । त्यसको दश वर्षपछि वि.सं. २०२९ सालमा भोजपुरी साहित्यिक पत्रिका देखा पर्दछ । सनेस नामक यस भोजपुरी पत्रिकाको सम्पादन पं. दीपनारायण मिश्र तथा रामचन्द्र गुप्ताले संयुक्तरूपमा गरेका थिए । यो पत्रिका दुई वर्षसम्म प्रकाशित भएर बन्द भयो । पछि पं. दीपनारायण मिश्रकै सम्पादकत्वमा समाद नामक पत्रिकाको एक अड्ढ निस्केर बन्द भयो । नागेन्द्रप्रसाद कानु र विजयप्रकाश विनको संयुक्त सम्पादकत्वमा सगुन नामक पत्रिकाका केही अड्ढहरू निस्के । वि.सं. २०४४ मा कवि सम्मेलनमा पढिएका कविताहरूको एउटा स·ालो निस्कियो सनेस भनेर । पत्रिकाहरूको विकासकै क्रममा गोपाल अश्कको सम्पादकत्वमा गमक भन्ने पत्रिका तीन वर्षसम्म अनवरतरूपमा निस्किएर वि.सं. २०५४ सालमा अचानक बन्द हुन पुग्यो । गोपाल ठाकुर, दिनेश गुप्ता तथा भउचप्रसाद यादवको सम्पादकत्वमा क्रमश: मोजर, अजोरिया तथा दियरी नामक पत्रिकाको एक/एक अड्ढ निस्किए, बन्द भए । पछिलो समयमा बारा जिलाको सदरमुकाम कलैयाबाट रामप्रसाद साहको सक्रिय सम्पादकत्वमा भोजपुरी त्रैमासिक पत्रिका निस्किैदछ । हालसम्म यस पत्रिकाको चौधवटा अड्ढ प्रकाशित तथा प्रशंसित भइसकेका छन् ।
हाल आएर गत भदौ महिनाको गणेश चतुर्थीको दिनदेखि अति उत्साही तथा कर्मठ व्यक्ति जीतेन्द्र साह प्रियांशुको अथक परिश्रमबाट ‘भोजपुरी पाती’ नामक दैनिक पत्रिका प्रकाशित भइरहेको छ । अतीतमा दिग्गज व्यक्तित्वहरूको प्रयासले मासिक, त्रैमासिक वा साप्ताहिक पत्रिका प्रकाशित हुन सकेन । यस्तो स्थितिमा दैनिकरूपमा पत्रिका प्रकाशित गर्ने आँटलाई निश्चय नै प्रशंसा गर्नुपर्दछ । जानकारीमा आए अनुसार आर्थिक समस्याको कारणले त्यस पत्रिकाको अवस्था दिनानुदिन दयनीय हुँदै गइरहेको छ तथा त्यसमा मुक्तहस्तले सहायता गर्न महालक्ष्मीको वास भएको वीरगंज जस्तो आर्थिक रूपेण समृद्ध शहरमा कोही पनि भोजपुरीप्रेमी व्यक्तित्व हौंसिएको नदेखेर त्यस पत्रिकाको भविष्य के हुने हो यसबारे केही पनि भन्न सकिने अवस्था छैन । हामी भोजपुरीप्रेमीहरू एकचोटि छातीमाथि हात राखेर सोचौं कि त्यस पत्रिकालाई सक्दो सहयोग गर्ने बेला आएको छैन र ?