प्रस, वीरगंज, १२ मङ्सिर/
पर्सा जिल्लाबाट संविधानसभा निर्वाचन २०७० मा विजयी भएका ५ क्षेत्रका नवनिर्वाचित सभासद्हरूले संविधान निर्माण र विकास कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता दोहर्याएका छन् ।
प्रतीकसँग कुरा गर्दै पर्सा क्षेत्र नं. १ बाट विजयी नेपाली काङ्ग्रेसका राजेन्द्रबहादुर अमात्यले संविधान निर्माणलाई पहिलो प्राथमिकता दिने बताए । उनले संविधान निर्माणका साथै स्थानीय विकासलाई पनि प्राथमिकता दिने बताएका छन् । उनले वीरगंजलाई प्रादेशिक राजधानी बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताए । उनले प्रादेशिक राजधानीका साथै पर्सा, बारा औद्योगिक कोरिडोरको घोषणा, आर्थिक राजधानीको मुद्दालाई प्राथमिकता दिंदै वीउवासङ्घले उठाएको ग्रेटर वीरगंजको अवधारणालाई सफल पार्न आफ्नो प्रयास रह्ने बताए । उनले सङ्घीयतालगायत राष्ट्रिय मुद्दाको सन्दर्भमा पार्टीले उठान गरेका विचार नै आफ्नो प्राथमिकतामा पर्ने बताएका छन् ।
यसैगरी पर्सा क्षेत्र नं. २ बाट विजयी एमालेका नवनिर्वाचित सदस्य विचारी यादवले पनि संविधान निर्माणलाईं पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । उनले संविधान निर्माणका साथै स्थानीय विकासमा आफ्नो प्रभावकारी भूमिका रहने बताए । नवनिर्वाचित सभासद् यादवले वीरगंज चिनी कारखानाको सञ्चालन, किसानहरूको लागि मल, खाद, बीउबिजन र सिंचाइको उचित व्यवस्था गराउने, वीरगंज विश्वविद्यालय स्थापनाका लागि प्रयास गर्ने बताए । उनले सङ्घीयताको सवालमा एमाले पार्टीले घोषणापत्रमा उल्लेख गरे अनुसार आफ्नो भूमिका रह््ने बताए । यस्तै क्षेत्र नं. ३ बाट निर्वाचित एमालेकै राजकुमार गुप्ताले भने संविधान निर्माणलाई प्राथमिकतामा राख्नुका साथै स्थानीय विकासलाई प्राथमिकतामा राखेको बताए । उनले आफ्नो क्षेत्रका सम्पूर्ण सडकहरू कम्तिमा ग्राभेल गर्ने प्रतिबद्धता जाहेर गरे । नवनिर्वाचित सभासद् गुप्ताले आफूले निर्वाचनताका आमजनतालाई आफ्नो क्षेत्रमा हिलोबाट हिड्न नपर्ने अवस्था सिर्जना गर्ने वाचा गरे अनुरूप विकासको हकमा पहिलो प्राथमिकता सडक ग्राभलि· गर्ने बताए । उनले वीरगंजलाई प्रादेशिक राजधानीका साथै मधेस तीन प्रदेशको मुद्दा उठान गर्ने र वीरगंज राजधानी हुने गरी भोजपुरा राज्य बनाउने बताए । उनले सङ्घीयताको सवालमा एमालेले अघि सारेको सात प्रदेशको मुद्दा नै आफ्नो मुद्दा हुने बताए ।
यता क्षेत्र नं. ४ बाट विजयी नेपाली काङ्ग्रेसका सुरेन्द्रप्रसाद चौधरीले संविधान निर्माण र विकासलाई समान रूपमा अगाडि लग्ने बताएका छन् । उनले संविधान निर्माण सरह नै विकासका कार्यलाई गति दिने बताए । वीरगंजलाई आर्थिक राजधानी बनाउने, ग्रेटर वीरगंज र वीचिकालि, कृषि औजार कारखाना सञ्चालन आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख भएकोले त्यसमा समान प्राथमिकता दिने प्रतिबद्धता जाहेर गरेका छन् ।
एमालेबाट विजयी क्षेत्र नं. ५ का जयप्रकाश थारूले संविधान निर्माणलाई पहिलो प्राथमिकता दिने बताए । उनले नयाँ संविधान निर्माण आफ्नो पहिलो प्राथमिकता हुने र दोस्रो विकास निर्माणको मुद्दा हुने प्रस्टयाए । स्थानीय मुद्दाका सवालमा आफूले निर्वाचनताका भनेका कुराहरूलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।