- उमाशङ्कर द्विवेदी
श्रीमद्भागवदगीताको दशौं अध्यायमा विभूति वर्णनको क्रममा श्रीकृष्णजी भन्नुहुन्छ– मासानां मार्गशीर्षोऽहमृतूनां कुसुमाकर: । अर्थात् महिनाहरूमा मार्गशीर्ष र ऋतुहरूमा बसन्त मै हुँ । निस्सन्देह मार्गशीर्ष महिना, जसलाई नेपाली भाषामा मङ्सिर तथा भोजपुरी भाषामा अगहन महिना भनिन्छ,ले धार्मिक महत्व त राख्छ नै किसानहरूका लागि पनि ठूलो महत्त्व राख्छ । जेठ, असार महिनामा खेतमा मानो फाल्ने काम हुन्छ भन्ने मङ्सिर महिनामा मुरी भित्र्याउने चटारो परेको हुन्छ । खेतमा तयार रहेको मुख्य बाली धानको कटाइ, बन्हनी, दाइँ, ओसवनी जस्ता कठिन कार्यहरूको चटारो हुन्छ । यो महिना बाली भित्र्याउने कामका लागि मात्र महत्त्वपूर्ण हुँदैन दलहनी, तेलहनी, तरकारी तथा दोस्रो मुख्य खाद्यान्न बालीको रूपमा रहेको गहुँको बीउ छर्ने मुख्य समय पनि यही महिना हो । धानबाली काटेर खेतमैं सुकेर तयार हुनका लागि लहरै फिजाएर राखिएको हुन्छ, जसलाई भोजपुरी भाषामा ‘पसइ’ भनिन्छ । केही दिन घाममा सुकिसकेपछि धानको झारको सानो सानो खुल्ला मुठा बनाइन्छ, जसलाई भोजपुरी भाषामा ‘पन्जियावल’ भनिन्छ तथा त्यस मुठालाई ‘पान्जा’ पनि भनिन्छ । परालको डोरी (जसलाई भोजपुरी भाषामा ‘गतान’ भनिन्छ)माथि एकपछि अर्को पान्जा विपरीत दिशामा राखेर गतानले कसेर बाँधिन्छ । यस प्रकारले गतानमाथि पान्जा राखेर चार पान्जाको एक बोझा बन्छ । सोलह बोझालाई एक सोरही बोझा भनिन्छ । एक सोरही बोझा धान काटेको, बाँधेको, दाइँ गरेको, ओसवनी गरेको, धान भकारीभित्र राखेको तथा परालको थुप्रो (पुजउल) बनाउने काम गरेबापत मजदुरले धानको दुई बोझा ज्याला पाउँछ । सोलह सोरही धानको बोझालाई एक ‘सोरहा’ बोझा भनिन्छ ।
पुराना दिनहरूमा धानको कटनी कात्तिक महिनाको अन्तिम हप्तादेखि शुरू भएर प्राय: मङ्सिर महिनाको अन्त्यसम्म चलिरहन्थ्यो । त्यसपछि बन्हनी गरेर बोझा खलासम्म ओसारेपछि रबीबालीको रोपाइँ गरेर पुस महिनाको शुरूदेखि शुरू भएर माघ महिनाको बसन्तपञ्चमीसम्म दाइँ चलिरहन्थ्यो । स्मरण रहोस्, त्यतिबेला दाइँ गोरुको बथानले हुन्थ्यो । चार सोरही बोझा खलिहानमा फिजाइन्थ्यो (जसलाई भोजपुरी भाषामा ‘पयर’ भनिन्छ) तथा छ/सात वटा गोरुलाई छ/सात घण्टासम्म हिंडाएर दाइँ हुने गथ्र्यो । यस प्रकारले दाइँ गर्दा एक पयर धान तयार हुनका लागि प्राय: चौबीस घण्टा लाग्ने गथ्र्यो । गाउँमा आधा रातदेखि नै दाइँ गर्ने किसानको ‘हट रे हट’को आवाज निरन्तर सुनिन्थ्यो । बिहानको नौ/दश बजेसम्म दाइँ चली नै रहन्थ्यो । दाइँपछि पराल हटाउने, धान जम्मा गर्ने, अनि ओसवनी गरेर धान तयार पार्ने काममा किसानहरू पूर्णकालिकरूपमा असिनपसिन भएर परिश्रमपूर्वक काममा व्यस्त रहनुपथ्र्यो । स्मरण रहोस्, त्यतिबेला धानका पुराना प्रजातिहरू लगाइने गरिन्थ्यो, जसलाई झारबाट झार्न धेरै समय लाग्दथ्यो । वास्तवमा त्यतिबेलाको कृषिकाम अत्यन्त दुष्कर, दुरुह तथा ढिलो हुने गथ्र्यो । कृषिकाममा प्रयुक्त हुने जम्मै ज्यावल, प्रविधि तथा ज्ञान पारम्परिकरूपमा हुने भएको हुनाले कष्टकर तथा बढी परिश्रम लाग्ने हुन्थ्यो । हालका दिनमा वैज्ञानिक ढ·, उच्च प्रविधि तथा कृषि ज्यावल र यन्त्रहरूका कारण कृषिकाम अत्यन्त सहज, सजिलो तथा द्रुतगतिमा हुने गरेको सुखद स्थिति विद्यमान रहेको अवस्था छ ।
वैज्ञानिक उच्च प्रविधिबाट तयार भएका कृषियन्त्रहरू कृषिकामको प्राय: प्रत्येक क्षेत्रमा आइसकेका देखिन्छन् । जोतनी तथा खेत खन्ने काममा ट्याक्टर व्यापकरूपमा परिचालित छ । ट्याक्टरमा कल्टिभेटर, सिडर, हार्भेस्टर तथा अन्य कृषि उपकरणहरू जोडेर महिनौंमा सम्पन्न हुने काम दिनमा तथा दिउँसभरिमा सम्पन्न हुने काम केही घण्टामा नै हुनसक्ने भएका छन् । महिनौंसम्म चल्ने धानको दवनी अबका दिनमा ‘पैडिथ्रेसर’ले घण्टाभरिमा नै सम्पन्न भइसक्छ । पारम्परिकरूपमा हलोगोरुले रोपिने रबीबाली अब ‘रोटाभेटर’को सहायताले जीरो टिलिङ प्रविधि अनुसार केही क्षणमैं सम्पन्न हुन थालेको छ । रोटाभेटरले रबीबाली रोप्ने कामको खुबी के छ भने एकैचोटिमा खेत खन्ने, बीउ मिसाउने तथा माटो सम्याउने काम सम्पन्न हुन्छ । जोतेको खेतको माटो सम्याउन वा डल्ला फोर्नका लागि अब अलगबाट ‘हेंगा’ चलाउने आवश्यकता नै पर्दैन । त्यस्तै आलीको छेउको माटो वा खेतको कुनाको माटो सम्याउनका लागि कष्टपूर्वक कोदालो खन्न आवश्यकता पनि पर्दैन । रोटाभेटरले बीउ छरेपछि जम्मै काम एकैपटकमा दुरुस्त हुन्छ ।
कृषिकाममा बढ्दो यान्त्रिकीकरणको कारणले दिनानुदिन बढ्दो जनसङ्ख्याका लागि आवश्यक
पर्ने आहारपूर्तिमा ठूलो सहायता प्राप्त भएको स्थिति छ । कृषियन्त्रद्वारा धानको कटाइ हुनु, पैडिथ्रेसरद्वारा खेतमैं धानको दाइँ हुनु, रोटाभेटरद्वारा दलहनी बाली, तेलहनी बाली, गहुँको बीउ छर्ने तथा धान रोप्नका लागि खेतमा हिलो बनाउनु (गजरनी) जस्ता काम सहज र सजिलो तथा छिटोछरितो हुनुले आजका किसानहरू प्राय: आत्मनिर्भर हुँदै गएपनि सरकारी तवरबाट पनि यस्ता कृषक उपयोगी कृषियन्त्रहरूको सहज आपूर्ति तथा व्यापक प्रचारप्रसार र प्रोत्साहन पाउन वाञ्छनीय रहेको देखिन्छ । परिश्रमी किसानहरूलाई जनसङ्ख्याको सुरसाभैंm विस्तारित मुखका लागि अवतारी भगवान्को रूपमा लिन सकिन्छ ।